• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 20th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

रत्ननगर बन्यो पूर्ण खोपयुक्त नगर

March 28th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
रत्ननगर बन्यो पूर्ण खोपयुक्त नगर

चितवन, १४ चैत : चितवनको रत्ननगर नगरपालिकालाई पूर्ण खोपयुक्त नगर घोषणा गरिएको छ ।रत्ननगर नगरपालिकाको सबै वडाका बालबालिकालाई आवश्यक पर्ने सबै प्रकारका खोप लगाएपछि मंगलबार पूर्ण खोपयुक्त नगर घोषणा गरिएको हो । विगत पाँच महिनादेखि घरघरमै टोली परिचालन गरी खोप अभियान चलाइएको थियो । सो अभियानमा नगपालिकाभित्रका एकदेखि १५ महिनासम्मका एक हजार ३४० बालबालबालिका र १६ महिनादेखि २३ महिनासम्मका ७२१ बालबालिकालाई सबै प्रकारका खोप लगाइएको छ ।

वडाका घरघरमा लगत संकलन गरेर खोप लगाउन छुटेकालाई समेत सो अवधिमा खोप लगाइएको रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शिवप्रसाद घिमिरेले जानकारी दिनुभयो ।उहाँका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालयले रत्ननगर नगरपालिकालाई छ वटा स्वास्थ्य संस्थासमेत मंगलबार नै हस्तान्तरण गरिएको घिमिरेले जानकारी दिनुभयो । यसरी हस्तान्तरण गरिएकामा पिठ्वा स्वास्थ्य चौकी, बछौली स्वास्थ्य चौकी, पञ्चकञ्या स्वास्थ्य चौकी छन् ।

यस्तै टरौली, नरकटिया र जिरौना शहरी स्वास्थ्य केन्द्रसमेत आजै नगरपालिकालाई हस्तान्तरण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विजय झाले जानकारी दिनुभयो ।सो क्रममा जिल्ला खोप समन्वय समितिका संयोजक कृष्णकुमार डल्लाकोटीले पूर्ण खोप घोषणा गर्ने काम महत्वपूर्ण भएको भन्दै स्वास्थ्य क्षेत्रमा अझै सुधारको खाँचो रहेको औँल्याउनुभयो ।पूर्ण खोपयुक्त नगर घोषणामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने वडा कार्यालय, स्वास्थ्य संस्था, महिला स्वयंसेविकालाई मंगलबारै कदरपत्रसहित सम्मान गरिएको थियो । अब चितवनको कालिका नगरपालिका र भरतपुर महानगर पूर्ण खोप घोषणा हुन बाँकी छ । (रासस)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यसकारण हुन्छ महिनावारीमा गडबढ
Next article डान्स, रेन्टुराँमा काम गर्ने महिलालाई पाठेघरको समस्या

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 19th 8:15 AM
समाचार

आयुर्वेद विभागद्वारा बालबालिकाका लागि ’स्वर्णप्रासन’ थोपा खुवाउने कार्यक्रम प्रारम्भ

Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

Aug 12th 4:13 PM
समाचार

कोटेश्वर क्याम्पसको आयोजनामा ब्रम्हखेलमा एक दिने नि : शुल्क स्वास्थ्य सिविर र रक्तदान सम्पन्न

Aug 7th 11:04 AM
समाचार

नसर्ने रोगबाट हुने मृत्यु घटाउन जनचेतना फैलाउनु पर्नेमा सरोकारवालाको जोड

Jul 27th 8:00 AM
समाचार

बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : जलवायु प्रमुख मुद्दा

Aug 4th 9:00 AM
समाचार

नेपाल औषधी उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित

Jul 23rd 7:49 AM
समाचार

कालीमाटी तरकारी बजार भित्रिने रायो सागमा ८० प्रतिसत भन्दा बढी विषादी भेट्टियो

Jul 21st 12:33 AM
समाचार

भक्तपुरको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा सुरु भयो सीटी स्क्यान सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131763
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web