• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 18th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

उपक्षेत्रीय अस्पतालमा फिजियो थेरापी सेवा विस्तार

April 1st, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
उपक्षेत्रीय अस्पतालमा फिजियो थेरापी सेवा विस्तार

डडेल्धुरा, १८ चैत : उपक्षेत्रीय अस्पताल डडेल्धुराले आधुनिक मेशिनसहित फिजियो थेरापी सेवा विस्तार गरे सँगै डडेल्धुरासहित ७ नं प्रदेशका पहाडी जिल्लाका बिरामीलाई थेरापी गर्नका लागि सहज भएको छ । प्रदेश नं ७ का पहाडी जिल्लालाई लक्षित गरी पहिलो पटक उपक्षेत्रीय अस्पताल डडेल्धुरामा फिजियो थेरापी सेवा विस्तार भएसँगै पहाडी जिल्ला डडेल्धुरासहित डोटी, बैैतडी, दार्चुला, बझाङबाट थेरापीका बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।थेरापी गर्नाका लागि वृद्धदेखि युवायुवती पनि आउने गरेका छन् । आधुनिक मेशिन जडान गरी उपक्षेत्रीय अस्पताल डडेल्धुराले फिजियो थेरापी सेवा शुरु गरेपछि उपचारका लागि नेपालगन्ज वा भारत जानुपर्ने बाध्यता हटेको बिरामीको भनाइ रहेको छ ।

उपक्षेत्रीय अस्पतालले लेजर, अल्ट्रासाउण्ड, ट्याक्सन मेशिनबाट फिजियो थेरापी सेवा दिइरहेको छ । प्यारालाइसिस, नसा, ढाड र खुट्टाको समस्याका साथै बाथ रोगका बिरामीले सेवा लिइरहेकोे उपक्षेत्रीय अस्पताल डडेल्धुराकी फिजियो थेरापी अधिकृत डाक्टर सदीक्षा मुलेपतीले बताउनुभयो । सेवा सञ्चालन भएदेखि नै बिरामीको संख्या बढ्न थालेको छ ।फिजियो थेरापी सेवा शुरु भए सँगै बिरामीमा चेतना जागेपछि थेरापी गराउन आउने बिरामीको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । थेरापीका बारेमा जानकारी नहुँदा र औषधि सेवनका कारण पहाडी जिल्लामा नसा, ढाड, हातखुट्टा दुख्ने, कम्मरको समस्या भएका बिरामीको संख्या धेरै रहेको चिकित्सकको भनाइ छ । (रासस)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपाल प्रहरी अस्पतालको प्रादेशिक भवन शिलान्यास
Next article स्वास्थ्य मन्त्रालयको नयाँ संरचना यस्तो छ

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132117
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

49
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

9
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web