• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 11th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चितवनका स्वास्थ्य संस्था स्थानीय सरकारलाई हस्तान्तरण

April 1st, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चितवनका स्वास्थ्य संस्था स्थानीय सरकारलाई हस्तान्तरण

हेल्थ टुडे,

चितवन, १८ चैत :  जिल्ला जनस्वास्थ्य चितवनको मातहतमा रहेका सवै स्वास्थ्य चौंकी र केन्द्रहरुलाई स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार जिल्लाका ७ वटा स्थानीय तहमा रहेका सवै स्वास्थ्य चौकी एवम् केन्द्रहरु हस्तान्तरण भैसकेको छ । राप्ती नगरपालिका भित्र रहेका स्वास्थ्य चौंकी र केन्द्रहरुलाई हस्तान्तरण गरेपछि जिल्लाका सबैं स्थानीय तहमा हस्तान्तरणको प्रकृया सकिएको कार्यालयका प्रमुख विजयकुमार झाले जानकारी दिए । 

राप्ती नगरपालिकामा रहेका ७ वटा स्वास्थ्य केन्द्रलाई मेयर प्रभा बराल मार्फत नगरपालिकालाई हस्तान्तरण गरिएको प्रमुख झाले जानकारी दिए । जसमा ६ वटा स्वास्थ्य चौंकी र १ सामुदायिक स्वास्थ्य इकाइ केन्द्र छन् । कार्यालयले भरतपुर महानगरपालिकामा रहेका २३ स्वास्थ्य सम्वन्धी संस्थाहरु महानगरलाई हस्तान्तरण गरिसकेको छ । जसमा १३ वटा हेल्थपोष्ट, ८ वटा नगर स्वास्थ्य केन्द्र, १ सामुदायिक स्वास्थ्य इकाई केन्द्र र एक प्राथमिक उपचार केन्द्र छन् । रत्ननगर नगरपालिका क्षेत्रका ६ वटा स्वास्थ्य संस्था हस्तान्तरण भैसकेको छ । बछौली स्वास्थ्य चौकी, पिठुवा स्वास्थ्य चौकी, पञ्चकन्या स्वास्थ्य चौकी, टरौली शहरी स्वास्थ्य केन्द्र, नरकटिया शहरी स्वास्थ्य केन्द्र र जिरौना शहरी स्वास्थ्य केन्ऽ नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

हस्तान्तरणसंगै स्वास्थ्य संस्थाको नगद, भौतिक संरचना, जिन्सी सामान र कर्मचारी नगरपालिकाको मतहतमा आएका छन् । यसैगरी कार्यालयले कालिका नगरपालिका क्षेत्रमा रहेका ४ वटा स्वास्थ्य संस्था नगरपालिकालाई हस्तान्तरण गरेको छ । पदमपुर, शक्तिखोर, सिद्धि गरी ३ वटा स्वास्थ्य चौंकी र जुटपानी प्राथमिक स्वास्थ्य केन्ऽमा रहेका सबै भौतिक संरचना तथा कर्मचारीहरुको विवरण उल्लेख गरिएको फाईल जनस्वास्थ्य प्रमुख झाले कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठलाई हस्तान्तरण गरे । माडी नगरपालिकाका र खैरहनी नगरपालिका ४र४ वटा स्वास्थ्य संस्था मध्ये तीनवटा स्वास्थ्य चौंकी र १ सामुदायिक स्वास्थ्य इकाई केन्द्र नगरपालिकालाई हस्तान्तरण गरिएको छ । जिल्लाको एक मात्रै गाउँपालिका इच्छाकामना अन्तर्गत पर्ने ५ वटा स्वास्थ्य चौंकी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य मन्त्रालयको नयाँ संरचना यस्तो छ
Next article पुनर्वासमा पाठेघर र स्तन क्यान्सर शिविर सञ्चालन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132300
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web