• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रजनन स्वास्थ्यसम्बन्धी विधेयक संसद्मा चाँडै पेश हुने

April 10th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रजनन स्वास्थ्यसम्बन्धी विधेयक संसद्मा चाँडै पेश हुने

काठमाडौँ, २७ चैत : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले प्रजनन स्वास्थ्यसम्बन्धी ऐन महिलाको जीवनोपयोगी हुने गरी बनाइने बताउनुभएको छ । महिला, कानून र विकास मञ्चले आज यहाँ आयोजना गरेको ‘प्रजनन स्वास्थ्यसम्बन्धी विधेयक’ माथि छलफल कार्यक्रममा उहाँले महिलाको प्रजनन अधिकारलाई ऐनले अझ बढी संरक्षण गर्ने बताउनुभयो । उहाँले विधेयकको मस्यौदा चाँडै बनाउन निर्देशन दिएको भन्दै अब संसद् चल्नेबित्तिकै पेश गर्ने बताउनुभयो ।कार्यक्रममा मन्त्रालयका निमित्त सचिव सुशील प्याकुरेलले महिलाका प्रजनन अधिकारलाई बढी सुनिश्चित हुने तरिकाले विधेयक तयार भइरहेको र सबैको सुझावका आधारमा विधेयकको मस्यौदालाई अन्तिम रुप दिन थालिएको जानकारी दिनुभयो ।

महिला, बालबालिका तथा ज्येष्ठ मन्त्रालयका उपसचिव विनिता भट्टराईले सुरक्षित गर्भपतन र मातृत्व तथा परिवार नियोजनको अधिकारलाई स्थापित गराउने गरी विधेयक बनाइनुपर्ने बताउनुभयो । मञ्चका अध्यक्ष मीरा ढुंगानाले महिलालाई उचित क्षतिपूर्तिका साथ विधेयक बनाउनुपर्ने बताउनुभयो ।संविधानको धारा ३८ को २ ले महिलाको प्रजनन स्वास्थ्य अधिकारलाई मौलिक अधिकारका रुपमा लिएको छ । विधेयकमा प्रजनन अधिकार हनन भएको अवस्थामा क्षतिपूर्तिसमेतको व्यवस्था समेट्न थालिएको छ ।(रासस)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रदेश स्तरीय स्वास्थ्य मन्त्रालय हुनुपर्नेमा राज्य मन्त्रीको जोड
Next article निःशुल्कऔषधि अभाव हुँदा बिरामी मर्कामा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132302
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web