• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 27th, 2021
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

औलोका कारण मृत्यु हुनेमा पाँच वर्षमुनिका धेरै

May 1st, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
औलोका कारण मृत्यु हुनेमा पाँच वर्षमुनिका धेरै

हेल्थ टुडे,
नवलपरासी, १८ वैशाखः पश्चिम नवलपरासीमा तीन र पूर्वी नवलपरासीमा १८ जना गरी कुल २१ जनामा औलो रोग देखा परेको जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ । गत आर्थिक वर्षको पहिलो नौ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोहि अबधिमा १० जनामा उक्त रोग बढी देखिएको छ । गत आर्थिक वर्षको पहिलो नौ महिनामा जिल्लामा ११ जना औलो रोगी भेटिएका थिए । तीमध्ये पश्चिम नवलपरासीमा सात र पूर्वी नवलपरासीमा चार जना रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्षमा साविकको पक्लिहवा गाविसमा सबैभन्दा बढी तीन जनामा औँलो रोग देखिएको थियो भने चालु आर्थिक वर्षको हालसम्ममा पूर्वी नवलपरासी साविकको रतनपुर गाविसमा सात जनामा औलो रोग देखिएको हो । उक्त क्षेत्र सीमसार क्षेत्र भएकाले बढी औलो प्रभावित क्षेत्र भएको जिल्ला जनस्वास्थ्य प्रमुख अरुण कुमार महतोले जानकारी दिनुभयो ।
विश्व औँलो दिवसका अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीले ‘औलो विरुद्धको अभियान हामी सबै सहभागी बनौँ’ भन्ने नाराका साथ अभियान चलाएको थियो । विश्व स्वास्थ्य संगठनको एक तथ्यांक अनुसार औलो रोगबाट प्रत्येक वर्ष विश्वमा करीब ५० हजार मानिस प्रभावित हुने गर्छन् । जसमध्ये करीब २७ प्रतिशतको मृत्यु औलो रोगकै कारण हुनेगर्छ । औलो रोगका कारण मृत्यु हुनेमा पाँच वर्षमुनिका बालबालिका धेरै छन् ।
‘एनोफिलिज’ नामक लामखुट्टेको टोकाइका कारण औलो (मलेरिया) रोग फैलिने गर्छ । औलो फैलाउने लामखुट्टे प्रायः फोहर तथा दूषित पानीमा बस्छ । सन् २०१६ मा विश्वका करीब ९१ वटा देशका २ करोड १६ लाख व्यक्ति औलोबाट प्रभावित भएका थिए । करीब चार लाख ४५ हजार मानिसको मृत्यु औलो सम्बन्धी रोगका कारण भएको थियो ।
नेपालमा पनि औलो रोगका कारण गत वर्ष ५४१ जना प्रभावित भएका थिए । विशेषगरी, खुला सिमनाका कारण झण्डै ४५ प्रतिशतको हाराहारीमा भारतबाट भित्रिने यो रोग संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डोल्पाका ३० प्रतिशत भन्दा धेरै महिलामा पाठेघरको समस्या
Next article सुरेन्द्र मानन्धरको नेतृत्वमा फेनक्यानको नयाँ कार्यसमिति

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
Feb 27th 7:51 AM
समाचार

कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा सामान्य सुधार, शरीरको दाहिने भाग चल्न थालेको डा. झाको भनाई

Feb 21st 10:49 AM
समाचार

भारतबाट किनेको १० लाख डोज कोभिड १९ विरुद्धको खोप आइपुग्यो,पालैपालो सबैलाई खोप

Feb 17th 11:42 AM
समाचार

डाक्टरको फि बढ्यो, कस्को कति ?

Feb 14th 1:22 AM
समाचार

बाग्मती प्रदेशले क्यान्सर विरामीलाई थप ५० हजार उपचार खर्च दिने

Feb 14th 1:13 AM
समाचार

ताप्लेजुङबाहेक प्रदेश १ का १३ जिल्लामा लागु भयो स्वास्थ्य विमा, विमा गराउनेको संख्या ११ लाख

Feb 10th 7:50 AM
समाचार

कोरोना चीनको प्रयोगशालाबाट फैलिएको देखिएन : डब्लूएचओ’

Jan 30th 2:30 PM
समाचार

देउराली जनताको ३० औं बार्षिकोत्सव

Jan 27th 9:23 AM
समाचार

कोरोनाविरुद्धको खोप अभियान सुरु

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1023
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

11
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

8
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

14
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2020. All rights reserved.
Designed & Developed By : Nepsol Web