• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 28th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सुरेन्द्र मानन्धरको नेतृत्वमा फेनक्यानको नयाँ कार्यसमिति

May 1st, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सुरेन्द्र मानन्धरको नेतृत्वमा फेनक्यानको नयाँ कार्यसमिति

हेल्थ टुडे,

काठमाडौं, १८ बैसाख : फूड सप्लिमेन्ट्स व्यवसायीहरुको छाता संगठन नेपाल खाद्य, आयुर्वेदिक, न्यूट्रास्यिूटिकल तथा कस्मास्युटिकल समाज ( फेनक्यान) को राजधानीमा सम्पन्न महाधिवेशनले सुरेन्द्र मानन्धरको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ । समाजको उपाध्यक्ष मुकुन्द राजभण्डारी, सचिव शम्भु यादव, सहसचिव लक्ष्मीकान्त पाण्डे, कोषाध्यक्ष प्रदीपकुमार महतो र सहकोषाध्यक्षमा आनन्द श्रेष्ठ सर्वसम्मत रुपमा चुनिएका छन । केन्द्रिय सदस्यहरुमा प्रतिमा श्रेष्ठ, विजय उपाध्याय, रविन्द्र श्रेष्ठ, रामदिन साहु र शुर्य बुढाथोकी रहेका छन् ।

तिन वर्ष पहिले स्थापना भएको फूड सप्लिमेन्ट्स व्यवसायीको संगठन फेनक्यानले यस व्यवसायमा संलग्न व्यवसायीहरुको हक,अधिकार संरक्षणका लागि आवाव उठाउदै आइरहेको छ । राजधानीको अन्नपूर्ण होटेलमा आयोजित कार्यक्रम समापन कार्यक्रममा औषधि व्यवसायीहरुले फूड सप्लिमेन्ट्सहरुलाई निर्वाध रुपमा विक्रीबितरण गर्न पाउनु पर्नेमा जोड दिएका छन् । नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले औषधि व्यवस्था विभागले कुपोषणबाट बच्नकालागि विक्रीबितरण हुने फूड सप्लिमेन्ट्समा अवरोध सिर्जना गरेर दुख दिने काम तत्काल बन्द हुनु पर्ने बताए । फूड सप्लिमेन्ट खाद्य पदार्थको परिपूरकको रुपमा प्रयोग हुने भएकाले यसको विक्रीबितरणमा औषधि व्यवस्थाविभागले हस्तक्षेप गर्न नहुने बताउदै श्रेष्ठले वाणिज्य विभागमा व्यवसाय दर्ता गरेर व्यवसाय गर्न पाउनु पर्नेमा जोड दिए । खाद्य तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अधिकृत विमल दाहालले खाद्य नियमावली पास भएपछि अहिलेका समस्या हल हुने दावी गर्दै उक्त नियमावली चाडै पास हुने अवस्थामा रहेको जानकारी दिए । 

कार्यक्रममा नेपाल औषधि आयातकर्ता संघका अध्यक्ष अञ्जन पुडासैनी, महासचिव पवन आचार्य, पीनका अध्यक्ष सुरजित दत्ता, पिडानका अध्यक्ष शिव बास्कोटा, एमआर एसोसिएसनका अनुप पाण्डे लगायतका औषधि व्यवसायसंग सम्बन्धित पदाधिकारीहरुले औषधि व्यवस्था विभागका क्रियाकलापप्रति असहमती जनाउदै आवश्यक परे अधिकार रक्षाका लागि संघर्षमा उत्रन समेत पछि नपर्ने चेतावनी दिएका थिए । फेनक्यानका नव निर्वाचित अध्यक्ष मानन्धरले सबै पक्षको सहयोग र सहकार्यका साथ नेतृत्व अगाडि बढ्ने बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. उपेन्द्र देवकोटालाई प्रत्यक्ष भेट्न नसकिने, आफ्नै अस्पतालमा उपचार हुदै
Next article औलोका कारण मृत्यु हुनेमा पाँच वर्षमुनिका धेरै

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 28th 12:02 PM
समाचार

आन्दोलनरत चिकित्सकको माग तत्काल सम्बोधन गर्न कांग्रेसको आग्रह

Jul 27th 1:35 PM
समाचार

औषधिपुरकको परिभाषाप्रति फ्यानक्यानको आपत्ति, सरोकारवालासँग थप छलफल गर्न सरकार तयार

Jul 25th 7:19 AM
समाचार

चर्को विरोधपछि डा.गोविन्द केसी अनसन छोडेर सेती प्रादेशिक अस्पताल भर्ना

Jul 24th 7:43 AM
समाचार

डा. केसीविरुद्ध सुदूरपश्चिममा विरोध चर्कियो, संघर्ष समितिले दियो प्रतिअनशनको चेतावनी

Jul 23rd 10:28 AM
समाचार

५ बुँदे माग राख्दै धनगढीबाट डा. गोविन्द केसीले सुरु गरे अनसन

Jul 21st 6:22 AM
समाचार

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार

Jul 20th 9:05 AM
समाचार

भारतीय बजार मूल्यलाई आधार बनाएर औषधिको मूल्य समायोजन गरिने

Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133639
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

127
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

126
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web