• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 25th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डब्लूएचओद्वारा नेपालसँगको पाँच वर्षे रणनीति सार्वजनिक

May 2nd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डब्लूएचओद्वारा नेपालसँगको पाँच वर्षे रणनीति सार्वजनिक

हेल्थ टुडे,

काठमाडौं, १९ बैसाख :  विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपालसँग मिलेर स्वास्थ्य क्षेत्र सुधारका लागि गर्नु पर्ने प्राथमिकता किटान गरेर पाँच वर्षे रणनीति सार्वजनिक गरेको छ । राजधानीमा बुधबार आयोजित बिशेष कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री पद्मा आर्याल, स्वास्थ्य सचिव डा. पुष्पा चौधरी, डब्लूएचओका सहायक महानिर्देशक डा. रेन मेङ्गुई र डब्लूएचओका नेपाल प्रतिनिधि डा. जोस भेन्डेलियरले संयुक्त रुपमा उक्त रणनीति सार्वजनिक गरेका हुन् ।

चार वटा क्षेत्रलाई बिशेष प्राथमिकता दिएर अगाडि बढ्ने रणनीतिमा उल्लेख गरिएको छ । संघिय संरचना अनुसार सबै जनतालाई स्वास्थ्य सेवा पहूच पुर्याउने, परिणाममूखी स्वास्थ्य सेवा प्रवाह गर्ने, स्वास्थ्य सुरक्षा, संभावित दैबीप्रकोपका बिषयमा तयारी र बहुपक्षिय सहकार्यका माध्यमबाट स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने कुरालाई रणनीतिले प्राथमिकतामा राखेको छ । डब्लूएचओका नेपाल प्रतिनिधि डा. जोस भेन्डेलियरले स्थानियस्तरसम्म आधारभूत स्वास्थ्य सेवाको प्रत्याभूति, क्षयरोग नियन्त्रण, औलो उन्मुलन, नयाँ खोप उत्पादन, नसर्ने रोगको संक्रमण घटाउने र वातावरणीय स्वास्थ्यलाई  रणनीतिले उच्च प्राथमिकता दिएको बताए ।

कार्यक्रममा स्वास्थ्य राज्य मन्त्री पद्मा आर्यालले नेपालको स्वास्थ्य सधारमा बिगत ६४ वर्षदेखि डब्लूएचओले गरिरहेको निरन्तर सहयोग र सहकार्यको लागि धन्यवाद दिदै रणनीतिले दिशानिर्देश गर्ने बताइन । उनले स्वास्थ्य क्षेत्रमा पछिल्ला वर्षमा दाताहरुको सहयोग घट्दै गएर २५ प्रतिसत मात्र सिमित रहेको जानकारी दिदै अव उनीहरुबाट सिप र अनुभवमात्र लिने रणनीति सरकारको रहेको बताइन । स्वास्थ्य सचिव डा. चौधरीले नेपालको स्वास्थ्य सुधारका लागि दातृ निकायको सहयोग र सहकार्य सधै आवश्यक रहेको र त्यसैकै परिणाम स्वरुप नेपालले स्वास्थ्यका क्षेत्रमा उल्लेखनिय प्रगति गरेको दाबी गरिन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पहिलोपटक राष्ट्रिय क्षयरोग प्रिभिलेन्स सर्वेक्षण चितवनबाट सुरु
Next article गर्मीमा छालाको चिन्ता छ? यसो गर्नुस्

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 25th 7:19 AM
समाचार

चर्को विरोधपछि डा.गोविन्द केसी अनसन छोडेर सेती प्रादेशिक अस्पताल भर्ना

Jul 24th 7:43 AM
समाचार

डा. केसीविरुद्ध सुदूरपश्चिममा विरोध चर्कियो, संघर्ष समितिले दियो प्रतिअनशनको चेतावनी

Jul 23rd 10:28 AM
समाचार

५ बुँदे माग राख्दै धनगढीबाट डा. गोविन्द केसीले सुरु गरे अनसन

Jul 21st 6:22 AM
समाचार

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार

Jul 20th 9:05 AM
समाचार

भारतीय बजार मूल्यलाई आधार बनाएर औषधिको मूल्य समायोजन गरिने

Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133553
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

118
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

114
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web