• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 21st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

देशकै जेठो वीर अस्पतालले फेर्दैछ आफ्नो रुप

May 11th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
देशकै जेठो वीर अस्पतालले फेर्दैछ आफ्नो रुप

हेल्थ टुडे,
२८ वैशाख, काठमाडौः सरकारी अस्पतालको शौचालय भन्ने बित्तिकै डुङडुङति गन्हाउने, खुट्टै टेक्न सकस लाग्ने अवस्थाको कल्पना गरिन्छ । केही दिन अघिसम्म देशकै जेठो वीर अस्पतालको हालत पनि योभन्दा फरक थिएन । तर हिजोआज वीरको शौचालय टेक्नेहरु आश्चर्य चकित हुन थालेका छन् । शौचालयबाट दुर्गन्ध बेपत्ता भएको छ नाक थुन्दै भित्र पस्नुपर्ने अवस्था अन्त्य भएको छ भने दिसापिसाब गर्ने प्यान कमोडहरु टिलिक्क टल्किएका छन् ।
शौचालयबाट सुरु गरेर वीर अस्पतालले चाँडै नै आफ्नो रुपरंग फेर्ने तयारी गरिरहेको छ । यहाँ सरसफाइदेखि रंग रोगनका कामहरु धमाधम भइरहेका छन जसको संयोजन गरेका छन् हास्यकलाकार सिताराम कट्टेल धुर्मुसले । उनी २४ सै घन्टा अस्पतालमै अड्डा जमाएर सरसफाइ र रंगरोगनमा जुटिरहेका देखिन्छन् ।

वीर अस्पतालको इएनटी विभागमा कार्यरत नर्स शारदा भट्टराईले भन्दै थिइन, ‘धुर्मुस सुन्तलीले अस्पताल सफा गरिरहेको छ भन्ने सुनेर माथि आएको । नभन्दै दुलही जस्तै बन्न लागेको रहेछ ।’ कतै यहा पनि मोदी आउने रहेछन् कि भन्ने सोच्नेहरुलाई यो कडा जवाफ भएको छ । स्वास्थ्य मन्त्रालयको खेम्स क्लिनिङ्ग र धुर्मुस सुन्तली फाउण्डेशनले वीर अस्पतालको सफाइ अभियान सुरु गरेका थिए ।
सफाइ मात्र गरेर चित्त नबुझेर धुर्मुसले रंगरोगन समेत गर्ने प्रस्ताव गरे । अस्पताल व्यवस्थापन सहमत भएपछि उनले आफ्नै २ लाख रुपैयाँबाट रंग किनेर काम सुरु गरिहाले । परिवर्तनका लागि धुर्मुस सुन्तली फाउन्डेशनलाई खेम्स क्लिनिङ, बागमति सफाई अभियानका अभियन्ता, टेलिसिरियल भद्रगोलको टिम, सिस्नोपानी समूह, मह जोडी लगायतले सघाउँदै आएका छन् ।
अहिले वीर अस्पतालमा रङ्गरोगनको काम २४ अ‍ै घण्टा सञ्चालन भइरहेको छ । अस्पतालका झ्याल तथा भित्ताहरु पहेलो र निलो रङ्गले पोतिन थालेको छ । भित्ताहरुमा असरल्ल फैलिएको तारलाई लिस्टीले बाध्ने काम भइरहेको छ । बिरामी तथा अगन्तुकको चापका कारण सरसफाइको काम भने राती आठ बजेदेखि बिहान तीन बजेसम्म गरिन्छ । यसको लागि अस्पतालको तर्फबाट दश कर्मचारी तथा अभियन्ताका तर्फबाट १५ स्वयंसेवी गरी जम्मा २५ जनाको समूहलाई चार बेग्लाबेग्लै समूहमा विभाजन गरिएको छ । त्यसमा अन्य स्वयंसेवीहरुले पनि बेला बेलामा सघाउँदै आएका छन् ।
अस्पतालमा हुन लागेको परिवर्तनले सेवाग्राहीहरुलाई खुशी त बनाएको छ नै अस्पतालका कर्मचारीहरुलाई समेत उत्साहीत बनाएको छ ।
अस्पतालको सामाजिक सेवा इकाईकी सम्झना लामिछाने भन्छिन्,’यहाँका कर्मचारीले दिनमा दुईदेखि तीन पटकसम्म सरसफाइ गर्दै आएका थिए । तर, धुर्मुस सुन्तलीले अभियानमा साथ दिनासाथ अस्पतालको रुप अर्कै भएको छ ।’
धुर्मुसले १५ दिनमा वीर अस्पतालको सरसफाई र रंगरोगन सक्ने लक्ष्य लिएको बताए । त्यसपछि सरसफाइलाई निरन्तरता दिने जिम्मेवारी अस्पतालकै कामदारहरुलाई हस्तान्तरण गरिनेछ । वीरपछि ट्रमा सेन्टरको सरसफाइमा जुट्ने धुर्मुसको भनाइ छ ।
‘देशकै नमूना अस्पताल बनाउने सोचका साथ स्वास्थ्य राज्यमन्त्रीज्यूको पहलमा यो कामको थालनी भएको हो,’ उनले भने, ‘यो काम नसकेसम्म मैले आफ्नो सम्पूर्ण समय अस्पताललाई नै दिनेछु । मरिमेटेर लागेपछि परिवर्तन असम्भव हुँदैन ।’

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article रुकुमका झुम्लाबाङका स्थानीयले आफ्नै लगानीमा स्थापना गरे अस्पताल
Next article नर्स सुन्दरीको जवरजस्त स्वास्थ्य सल्लाह  

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 19th 8:15 AM
समाचार

आयुर्वेद विभागद्वारा बालबालिकाका लागि ’स्वर्णप्रासन’ थोपा खुवाउने कार्यक्रम प्रारम्भ

Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

Aug 12th 4:13 PM
समाचार

कोटेश्वर क्याम्पसको आयोजनामा ब्रम्हखेलमा एक दिने नि : शुल्क स्वास्थ्य सिविर र रक्तदान सम्पन्न

Aug 7th 11:04 AM
समाचार

नसर्ने रोगबाट हुने मृत्यु घटाउन जनचेतना फैलाउनु पर्नेमा सरोकारवालाको जोड

Jul 27th 8:00 AM
समाचार

बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : जलवायु प्रमुख मुद्दा

Aug 4th 9:00 AM
समाचार

नेपाल औषधी उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित

Jul 23rd 7:49 AM
समाचार

कालीमाटी तरकारी बजार भित्रिने रायो सागमा ८० प्रतिसत भन्दा बढी विषादी भेट्टियो

Jul 21st 12:33 AM
समाचार

भक्तपुरको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा सुरु भयो सीटी स्क्यान सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131767
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

17
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web