• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 10th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

४०० जनाले निःशुल्क स्वास्थ्य जाँच गराए

May 20th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
४०० जनाले निःशुल्क स्वास्थ्य जाँच गराए

हेल्थ टुडे,
काठमाडौँ, ६ जेठः काठमाडौँको उत्तरी क्षेत्रका जनताको स्वास्थ्यलाई ध्यानमा राखेर टोखा नगरपालिका–३ मा धनेश्वरमा धनेश्वर स्वास्थ्य सेवा केन्द्र तथा पोलिक्निक सञ्चालनमा आएको छ । लामो समयदेखि टोखामा बसोबास गर्दै आउनुभएका १५ चिकित्सक तथा परिचरको लगानीमा आजदेखि धनेश्वर स्वास्थ्य सेवा केन्द्र तथा धनेश्वर पोलिक्निक सञ्चालनमा आएको हो ।
नवनिर्मित स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर नगरपालिकाले चाँडै अस्पताल स्थापना गर्न लागेको जानकारी दिनुभयो । टोखा नगरपालिका–३ का वडाध्यक्ष सिंहराज श्रेष्ठले टोखाका जनताको स्वास्थ्यलाई ध्यानमा राखेर नगरपालिकाले घरदैलो स्वास्थ्य शिविर, महिलामा हुने पाठेघर अर्बुद रोगको उपचार लगायत काम गर्दै आएको बताउनुभयो ।
अठ्ठाइस वर्षदेखि स्वास्थ्य सेवामा संलग्न डा प्रदीप ज्ञवालीको सक्रियतामा बनेको सेवा केन्द्रमा वीर, त्रिवि शिक्षण र नेपाल प्रहरी अस्पतालका चिकित्सकले सेवा दिनुहुनेछ । डा ज्ञवालीले स्थानीयवासीको साथ र सहयोग पाएमा आगामी दिनमा धनेश्वरमा १०० शैय्याको सुविधा सम्पन्न अस्पताल बनाइने बताउनुभएको छ ।
गँगबु, मनमैजु, बानियाँटार, धनेश्वर, साङ्ला, फुटुङ, टोखा, झोर लगायत क्षेत्रका जनतालाई सेवा दिने उद्देश्यले स्थापना भएको केन्द्रमा स्थापनाका अवसर पारेर आज ४०० जनाले निःशुल्क स्वास्थ्य जाँच समेत गरेका छन् ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article विशिष्ट ज्ञान भएका स्वास्थ्यका दरबन्दी कटौती गर्नु अन्याय
Next article नेपाल रेडक्रस सोसाइटीद्धारा स्वस्थ भक्तपुर अभियान शुरु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134328
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web