• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 2nd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नौ सयको स्वास्थ्य परीक्षणसंगै निःशुल्क औषधि वितरण

May 27th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नौ सयको स्वास्थ्य परीक्षणसंगै निःशुल्क औषधि वितरण

भक्तपुर, १३ जेठः जिल्लाको सूर्य्विनायक नगरपालिका–१ सिरुटार र दधिकोटमा शनिबार छुट्टाछुट्टै भएको स्वास्थ्य शिविरमा नौ सय जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
दधिकोटमा गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना तथा हेल्दी हार्ट क्लिनिक एण्ड मल्टिस्पेशालिटी, गठ्ठाघरको प्राविधिक सहयोगमा भएको शिविरमा ५१३ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । मुटु, प्रसूति र आँखा रोगको उपचारमा भएको शिविरमा ७ वर्षीया बालिका साकिरा सुनुवारको मुटुमा प्वाल परेको पाइएको छ ।
शहीद गंगालाल हृदयरोग केन्द्रका विशेषज्ञ एवं हेल्दी हार्ट क्लिनिकका प्रमुख डा रोशन राउतको नेतृत्वमा भएको शिविरमा मुटुरोगको परीक्षण गराएका मध्ये धेरैको उच्च रक्तचाप, मुटुको भल्भ साँघुरो भएको, मुटु सुन्निएका बिरामी पाइएको छ । मुटुको इसिजी, इको समेत निःशुल्क गरिएको शिविरमा चिनीरोग, आँखा, जनरल फिजिसियन, प्रसूति रोगको परीक्षण गर्नाका साथै निःशुल्क औषधि पनि वितरण गरिएको आयोजक संस्थाका अध्यक्ष विकास खड्काले जानकारी दिनुभयो ।
प्रसूति रोग विशेषज्ञ डा जमुना किरण पौडेलका अनुसार प्रसूति समस्या लिएर शिविरमा आएका मध्ये आङ खस्ने समस्या, फिस्टुला र अधिकांश महिलाको पाठेघरमा संक्रमण पाइएको छ ।
शिविरमा मुटुमा प्वाल परेको बालिका सुनुवारको गंगालाल हृदयरोग केन्द्रले निःशुल्क उपचार एवं शल्यक्रिया गर्ने केन्द्रका प्रशासकीय प्रमुख राम आचार्यले जानकारी दिनुभयो ।
त्यसैगरी, शनिबार नै सूनपा–१ सिरुटारमा उपयोगी महिला आयआर्जन समूहले आयोजना गरेको निःशुल्क आँखा शिविरमा ३५५ जनाको निःशुल्क आँखा परीक्षण गरिएको छ । शिविरमा ३६ जनामा मोतियाबिन्दु भएको र उनीहरुको तिलगंगा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने भएको समूहकी कोषाध्यक्ष एवं कार्यक्रम संयोजक मुना राउतले जानकारी दिनुभयो ।
तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा औषधिसमेत निःशुल्क वितरण गरिएको थियो । सोही कार्यक्रममा ग्रिन तारा नेपालले सञ्चालन गरेको निःशुल्क परिवार नियोजन सम्बन्धी परामर्श सेवामा समेत ३०० महिलाले परिवार नियोजनका बारेमा जानकारी पाएका थिए ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पानीको मुहान दूषित हुँदा महामारी फैलिएको
Next article बिरामी बोकेको एम्बुलेन्स दुर्घटना,चार घाइते

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131639
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web