• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 6th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सुविधासम्पन्न अस्पतालका रुपमा विकास गरिने

June 12th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सुविधासम्पन्न अस्पतालका रुपमा विकास गरिने

भक्तपुर, २९ जेठः नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क योङ सिकले नेपालको स्वास्थ्य सेवाको अवस्था प्रशंसायोग्य रहेको बताउनु भएको छ ।
मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री अस्पतालको नवांैँ वार्षिक उत्सवको अवसरमा उहाँले नेपालका चिकित्सक अस्पताल र सेवा विकसित मुलुकको भन्दा कम नभएको बताउँदै उहाँले नेपाल कोरियामैत्री अस्पतालले देशभरका जनतालाई सेवा दिन सक्ने गरी क्षमता विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारले ल्याएको स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन सके राज्यको आर्थिक विकासलाई समेत टेवा मिल्ने बताउनुभयो ।
कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अस्पताललाई आगामी पाँच वर्ष्भित्र ५०० श्ययाको देशकै नमूनाको अस्पताल बनाउने अठोट नगरपालिकाले लिएको बताउँदै अस्पतालले नर्सिङ कलेज सञ्चालन गर्नेदेखि कर्मचारीको सेवा, सुविधा वृद्धि गर्ने जानकारी दिनुभयो ।
त्यस अवसरमा अस्पतालका कार्यकारी निर्देशक प्रा डा ज्ञानकृष्ण कायस्थले अस्पतालले हाडजोर्नी, प्रसूति, सामान्य चिकित्सक देखि अधिकांश स्वास्थ्य सेवामा विशेषज्ञ चिकित्सक राखेर सेवा विस्तार गर्दै आएको जानकारी दिनुभयो ।
प्रदेशसभा सदस्यद्वय राजेन्द्रमान श्रेष्ठ र प्रतिमा श्रेष्ठले अस्पतालबाट सबै उपचार सेवा दिन सकिने गरी सेवा र गुणस्तरमा वृद्धि गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, नेपाली काँग्रेसका युवा नेता अष्टकुमार कवें, अस्पताल व्यवस्थापन समितिका सदस्य हरिदास प्रजापति लगायतले अस्पताललाई विशेषकृत अस्पतालका रुपमा विकास गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । सो अवसरमा ५६ रक्तदातालाई कदरपत्र प्रदान गरिएको थियो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सरकारी स्वास्थ्य संस्थामै निःशुल्क गर्भपतन सेवा शुरु भएसंगै गर्भपतन गराउनको संख्यामा बृद्धि
Next article महोत्तरीका गाउँमा सर्पको बिगबिगी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 5th 8:43 AM
समाचार

चिकित्सक संघले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने

Jul 5th 8:15 AM
समाचार

नेपाल आयुर्वेद चिकित्सक संघले मनायो २८ औं बार्षिकोत्सब

Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131648
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

19
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web