• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 10th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. अधिकारीलाई अपहरण शैलीमा गृह मन्त्रालय लगिएपछि विरोधस्वरुप ट्रमा सेन्टरले तत्काल  मेडिकल रिपोर्ट नबनाउने

July 12th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. अधिकारीलाई अपहरण शैलीमा गृह मन्त्रालय लगिएपछि विरोधस्वरुप ट्रमा सेन्टरले तत्काल  मेडिकल रिपोर्ट नबनाउने

हेल्थ टुडे,

काठमाडौं, २८ असार :  गृहमन्त्री रामबहादुर थापा ‘बादल’को आदेशमा ट्रमा सेन्टरमा कार्यरत वरिष्ठ चिकित्सक डा. भोजराज अधिकारीलाई  अपहरण शैलीमा  गृह मन्त्रालय लगेर धम्क्याएपछि अस्पतालले त्यसको विरोध गर्दै अर्को व्यवस्था नभएसम्मका लागि मेडिकल रिपोर्ट नबनाउने निर्णय गरेको छ ।

मंगलबार दिउँसो अस्पतालमा बिरामी जाँचिरहेका डा भोजराज अधिकारी अधिकारीलाई गृह मन्त्रालयकै गाडीमा लगेर गलत मेडिकल रिपोर्ट बनाउन दबाव दिएपछि अर्को व्यवस्था नभएसम्मका लागि मेडिकल रिपोर्ट नबनाउने र अपाङ्गता सिफारिस नगर्ने अस्पतालले निर्णय गरेको हो ।  डा अधिकारीलाई गृहमन्त्री थापाको आदेशमा आएका टोलीले द्वन्द्वकालका घाइतेहरुको अपांगताको रिपोर्ट उनीहरुको चाहना अनुरुप नै हुनुपर्ने, अन्यथा कारबाही गर्ने भन्दै धम्क्याएर मन्त्रालय लगेर एक कोठामा राखेर घन्टौंसम्म दुर्व्यवहार गरेका थिए ।

डा. अधिकारीलाई गृहमन्त्री थापाका सल्लाहकार सूर्य सुवेदीले एक घण्टासम्म धम्क्याएका थिए । आफूले गलत रिपोर्ट नदिने अडान डा. अधिकारीले राखेपछि उनलाई सत्ताको दुरुपयोग गर्दै मन्त्रालय लगेर धम्क्याएको हो । डा. अधिकारीले कुनै पनि हातलमा पनि गलत रिपोर्ट नदिने बताएपछि उनलाई छाडिएको थियो । विरामीको सेवामा तल्लिन भइरहने चिकित्सकलाई सुरक्षा दिनु पर्ने गृह मन्त्रालयले नै अपराधीलाई जस्तै केरकार गर्नु बिडम्बना भएको डा. अधिकारीले बताए ।  ‘ मलाई निकै तनाव दिए । प्रहरीले कैदीलाई केरकार गरेझैँ गर्यो । ’ डा अधिकारीले भने, ‘ गृहमन्त्रीको सल्लाहकारले नै मलाई हाम्रो महान् योद्धाहरुले भने अनुसारकै रिपोर्ट बनाउनुहोस् भन्दै हप्काए ।’

डा अधिकारीलाई मन्त्रालयमा बोलाइएको  सल्लाहकार सुवेदीले स्विकार गरेपनि धम्क्याएको नभई कुराकानी गरेको बताए । साथीहरुको गुनासो आएपछि के भएको रहेछ भन्ने कुरा बुझ्नका लागि आफूले मन्त्रालय बोलाएको सुवेदीले बताए  ।  डा अधिकारीलाई अपहरण शैलीमा गृह मन्त्रालय लगेर गरिएको दुर्व्यवहारप्रति सरकारी चिकित्सक संघ (गोदान) ले आपत्ति प्रकट गरेको छ । गोदानका आजीवन सदस्य रहेका डा.अधिकारीलाई ’द्वन्द्वकालका घाइतेहरुको अपांगताको रिपोर्ट उनीहरुको चाहना अनुरुप नै हुनुपर्ने, अन्यथा कारबाही गर्ने’ धम्की दिँदै मन्त्रालयमा घन्टौंसम्म दुर्व्यवहार गरिएको संघले विज्ञप्तिमा जनाएको छ ।

संघले चिकित्सा पेसामाथि धावा बोल्दै सरकारी पक्षबाटै असुरक्षित महसुस भएको उल्लेख गर्दै घटनाका दोषीमाथि कडा कारबाहीको माग समेत गरेको छ । दोषीमाथि कडा कारवाहीको माग समेत गोदानले गरेको छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बढ्दो गर्भपतन रोक्न महिलालाई परिवार नियोजन सम्बन्धि परामर्श दिनुपर्ने
Next article चिकित्सकमाथि दुव्यवहार गर्ने गृहमन्त्रीका सल्लाहकारलाई कारवाहीको माग

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132297
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web