• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 11th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा केसीको मागका सम्बन्धमा अनौपचारिक संवाद शुरु

July 24th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा केसीको मागका सम्बन्धमा अनौपचारिक संवाद शुरु

काठमाडौँ, ८ साउनः अनशनरत चिकित्सक प्रा डा गोविन्द केसीको माग सम्बोधन गर्ने विषयमा अनौपचारिक संवाद शुरु भएको छ । सरकारको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले संवाद प्रक्रिया शुरु गर्नुभएको हो ।
उपनेता नेम्वाङले डा केसीको वार्ता टोली र सरकारी पक्षसँग आज विभिन्न चरणमा छलफल गर्नुभयो । उहाँले डा केसीका मागका विषयमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बाँस्कोटासँग र माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमासँग पनि छलफल गर्नुभएको थियो ।
नेकपाको संसदीय दलको कार्यालयमा भएको छलफल अत्यन्त सकारात्मक बनेको नेता नेम्वाङले राससलाई जानकारी दिनुभयो ।
नेता नेम्वाङले संविधान, कानून र स्थापित अभ्यासलाई भत्कन नदिन संसद्मा दर्ता भएको विधेयक उपर छलफल, समायोजन र परिमार्जन गरी डा केसीका मागमा लचिलो ढंगले सम्बोधन गर्न सरकार तयार रहेको प्रतिबद्धता दिलाउनुभएको थियो ।
सरकारको उक्त धारणा प्रति डा केसी पक्षका वार्ता टोलीले सकारात्मक प्रतिक्रिया जनाउँदै विधेयक माथिका टिप्पणी र संशोधनसम्बन्धी विषय समेटिएको लिखित प्रतिवेदन नेता नेम्वाङलाई दिएको थियो ।
हिजो विधेयक नै फिर्ता लिनुपर्ने अडानमा रहेको डा केसी पक्ष आजको छलफलमा विधेयकलाई समायोजन परिमार्जन गरेर जान सहमत हुनु सकारात्मक प्रगति भएको नेता नेम्वाङले बताउनुभयो । उहाँले डा केसी पक्षसँग भएको छलफललगत्तै सरकारी वार्ता टोलीलाई संसदीय दलको कार्यालयमै बोलाएर छलफलमा उठेका विषय र योजनाबारे जानकारी गराएको र सोही आधारमा सरकार र केसी पक्षबीच वार्ताले सार्थकता पाउनेमा विश्वास व्यक्त गर्नुभयो ।
यसअघि दिउँसो नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग डा केसी पक्षसँग भएको छलफल र अनसन कसरी सुल्झाउन सकिन्न भनेर ‘ब्रिफिङ’ गर्नुभएको थियो ।
यसैबीच प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डले दिउँसो डा केसीका माग सम्बोधनबारे माथेमा र डा बाँस्कोटालाई बालुवाटारमै बोलाएर चिकित्सा शिक्षाको सुधारबारे छलफल गर्नुभएको थियो ।
चिकित्सा क्षेत्रको सुधारको माग राखी डा केसी २५ दिनदेखि अनशनमा हुनुहुनछ ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article दाँतमा किरा किन लाग्छ ? समाधानका लागि यसो गर्नुस्
Next article डा केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन अत्यन्तै जटिल बन्दै

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132300
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web