• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 22nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

१२९ औं वर्षमा वीर अस्पताल, सेवा सुविधा थपिदै

July 28th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
१२९ औं वर्षमा वीर अस्पताल, सेवा सुविधा थपिदै

हेल्थ टुडे,

काठमाडौं, १२ साउन : वीर अस्पताल आजबाट १२९ औं वर्षमा प्रवेश गरेको छ । देशकै ठूलो र पुरानो यो सरकारी अस्पतालले कयौं आरोव अवरोह पारगर्दै अहिलेको अवस्थामा आईपुगेको हो । सर्वसाधारण जनताका लागि भनेर  श्री ३ वीर शमशेरले १९४६ साल साउन १२ गते सर्वसाधारणका लागि वीर अस्पतालको स्थापना गरेका थिए । देशका सबै जिल्लाबाट उपचारका लागि आउने विरामीलाई सक्दो सेवा दिइरहेको वीर अस्पतालले पछिल्ला वर्ष सेवा सुविधा बढाउदै गइरहेको छ । ६ सय बेडको अत्याधुनिक अस्पताल भवन निर्माणसमेत शुरु भएको अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले बताए । आफु निर्देशक भएपछि अत्याधुनिक प्रविधि  विस्तार तथा सेवा पनि विस्तार भएको र वीरमा छाती, बाथ रोग र हेमाटोलोजीसम्बन्धी विशेषज्ञ सेवा शुरु भएको उनले बताए ।

उनका अनुसार इमर्जेन्सी विस्तार कार्य भइरहेको छ भने इमजेन्सीलाई पेपरलेस बनाउने प्रक्रिया पनि अगाडि बढेको छ । रक्तक्यान्सर सेवा, क्यान्सर स्क्यानिङ सेवा, २४ घण्टा नै हेमोडाइलाइसिस सेवा र एचाईभी तथा हेपाटाइटिस पोजेटिभ बिरामीको पनि डाइलोसिस सेवा शुरु भएको बस्नेतले जानकारी दिए । पछिल्लो समय वीर अस्पतालको टिकट काउन्टरलाई डिजिटलाइज गराइएको छ भने रिफर भएर आउने बिरामीको लागि छुट्टै विशेषज्ञ टिकटको व्यवस्था पनि गरिएको छ । दुईवटा सिटीस्क्यान मेसिन जडान भइसकेको छ । त्यस्तै एमआरआई सेवा सञ्चालनमा आएको छ । एबीजी सेवा, इमर्जेन्सीमा अत्याधुनिक मेसिन जडान भएको  अस्पतालले जनाएको छ । नेपालमा नै नभएको ग्याँस्टो.मेडिसिनको एलास्ट्रोग्राफी, आन्द्रा तथा खाना नलीको रोग पत्ता लगाउने म्यामोम्याट्री, कलेजोको कडापन पत्ता लगाउने फाइब्रोस्क्यान, फोक्सोमा मेसिन घुसाएर भिडियो एक्सरे गर्ने इबस सेवा पनि वीरमा शुरु भएका छन् ।

 

त्यसैगरी वीरले क्यान्सर रेडियसन थेरापीका लागि अत्याधुनिक कोबाल्ट मेसिन खरिद प्रक्रिया अगाडि बढाएको अस्पतालले जनाएको छ । मुलुकभर स्वास्थ्य बीमा लागू भएसँगै वीरले पनि स्वस्थ्य वीमा सेवा लागू गरेको छ । वीरले आफ्नै अत्याधुनिक २४ घण्टे औषधि पसल पनि शुरु गरेको छ । वीर अस्पतालको इमर्जेन्सी कक्षको अगाडि पुरानो नर्सिङ क्याम्पस भएको स्थानमा १७ रोपनी जग्गामा ६५० शैयाको अन्तराष्टिय मापदण्डको भवन निर्माण शुरु भइसकेको छ भने भक्तपुरको दुवाकोटमा रहेको ५७० रोपनी जग्गामा १००० शैयाको अस्पताल निर्माणका लागि प्रक्रिया अगाडि बढेको छ ।

जापान सरकारको सहयोगमा पुरानो आईसीयू पछाडि अत्याधुनिक सेवा प्रदान गर्नका लागि १०० शैयाको छ्ट्टै भवन निर्माण भइरहेको छ । उक्त निर्माण कार्यको ४० प्रतिशत काम समाप्त भएको छ । उक्त भवनमा ३०–४० वेडको आईसीयू निर्माण हुने हुँदा आईसीयूको समस्या केही हदसम्म भए पनि कम हुने देखिन्छ ।

आर्थिक वर्ष ०७२÷०७३ मा तीन लाख १० हजार एक सय छ विरामीले वीरबाट उपचार सेवा पाएकोमा ०७३÷०७४ तीन लाख ८३ हजार छ सय ८३ विरामीले सेवा पाएका थिए । त्यसैगरी गएको आर्थिक वर्ष २०७४÷०७५ मा भने वीरबाट चार लाख एक हजार दुई सय नौ जनाले उपचार सेवा पाएको अस्पतालले जानकारी दिएको छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिकित्सा शिक्षा विधेयक, २०७५ संसदमा प्रस्तुत
Next article नेपालमा पहिलोपटक भित्रियो गुणस्तर मापन प्रविधि

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133132
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

38
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

37
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web