• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

भरतपुर अस्पताललाई देशकै नमूना बनाउने तयारी

July 31st, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
भरतपुर अस्पताललाई देशकै नमूना बनाउने तयारी

चितवन, १५ साउनः सुविधा सम्पन्न भएर पनि जिल्ला तहको अस्पतालको रुपमा रहेको भरतपुर अस्पताललाई केन्द्रीय तहको बनाउन पहल थालिएको छ ।
नेपाल सरकारको तीन सय शैय्या र अस्पताल विकास समितिको तीन सय शैय्या गरी हाल अस्पतालमा छ सय शैय्या सञ्चालनमा छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रबिन खड्काका अनुसार राजनैतिक दलका प्रतिनिधि, संघ र प्रदेशका सांसद, स्थानीय जनप्रतिनिधि, अस्पतालका विभागीय प्रमुख लगायतको सर्वपक्षीय भेलाले अस्पताललाई केन्द्रीय तहको बनाउने र शैक्षिक प्रतिष्ठानको रुपमा विकास गर्न पहल गर्ने निर्णय गरेको छ ।
मुलुकको मध्यभागमा रहेको भरतपुर अस्पतालमा दैनिक एक हजारदेखि एक हजार पाँच सयसम्म बिरामी बहिरंग सेवाका लागि आउने गरेका छन् । अस्पतालले चितवन सहित वरपरका २२ जिल्लाका ४० लाख नागरिकलाई सेवा दिएको तथ्यांक छ । अस्पतालमा गत आर्थिक वर्षमा एक लाख ७२ हजार ६०६ बिरामीको उपचार गरिएको थियो ।
काठमाडौँको प्रसुतिगृहपछि बढी प्रसुति गराउने भरतपुर अस्पताल हो । गत आर्थिक वर्षमा १६ हजार २४३ गर्ववतीको प्रसुति गराइएको थियो । तीन हजार दुई सय ६३ सुत्केरीको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।
मेडिकल सुपरिटेण्डेन्ट खड्काका अनुसार १४ वटा विभाग मार्फत अस्पतालले सेवा दिँदै आएको छ । राजधानी बाहिर अन्य अस्पतालले सो परिमाणमा सेवा दिन नसकेको उहाँको दाबी छ ।
अस्पतालमा सघन उपचारकक्ष, बाल सघन उपचारकक्ष, शल्यक्रियाका लागि छ वटा अत्याधुनिक टेवल, न्यूरो सर्जरी उपकरण, डायलसिस सेवा, जोर्नी प्रत्यारोपण सेवा, सिटिस्क्यान लगायत सेवा उपलब्ध छ ।
अस्पताल विकास समितिका पूर्वअध्यक्ष बिजय सुबेदीले अस्पताललाई कम पूर्वाधार विकास गरेर पनि सुविधा सम्पन्न बनाउन सकिने भएकाले भरतपुर अस्पताललाई केन्द्रीय तहको अस्पताल बनाउनुपर्ने बताउनुभयो । प्रकोपका बेला नागरिकलाई छिटो छरितो सेवा दिन सक्ने गरी देशकै नमूना अस्पताल भरतपुरलाई बनाउन आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।
अस्पतालको आफ्नै नाममा ३१ बिगाहा ११ कट्ठा जग्गा रहेको छ । अस्पतालमा हाल प्रविणता प्रमाणपत्र तह र स्नातक तहको नर्सिङ पढाई भइरहेको छ । अस्पतालमा सरकारी र विकास समिति तर्फ गरी ६७२ कर्मचारी कार्यरत छन् । एक सय २३ चिकित्सक मात्र कार्यरत छन् ।
अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष राजकुमार राजभण्डारी यस क्षेत्रका २२÷२३ जिल्लाका बिरामीलाई सेवा दिने अस्पताल केन्द्रीय तहको अस्पताल हुनुपर्ने बताउनुहुन्छ । यसका लागि सरकारले नीतिगत निर्णय गरेर आवश्यक भौतिक पूर्वाधार थप गरी देशकै उत्कृष्ट अस्पताल बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article १५ दिनदेखि एक्सरे, एम्बुलेन्स सेवा ठप्प
Next article राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संशोधन–के छ सहमतिमा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132851
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web