• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 25th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मेडिकल टुरिजम एशिया एक्स्पो सम्पन्न

August 9th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मेडिकल टुरिजम एशिया एक्स्पो सम्पन्न

 

हेल्थ टुडे,

काठमाडौं : स्वास्थ्य पर्यटनको विकास गर्ने उद्देश्यका साथ पहिलो पटक आयोजना गरिएको ‘मेडिकल टुरिजम एशिया एक्स्पो’ सम्पन्न भएको छ । एक्स्प्लोर प्रोडक्टिभ चेम्बर अफ कमर्श नेपालको आयोजनामा यही साउन २१ र २२ गते राजधानीको कार्की बैंक्वटमा आयोजना भएको एक्स्पोमा नेपालसहित भारत, बंगालादेश, सिंगापुर,थाइल्याण्डका अस्पताल र  औषधि कम्पनीहरुले आफ्नो सेवा र उत्पादन सम्बन्धी स्टल राखेका थिए ।  एक्स्पोको दोश्रो दिन नेपालमा स्वास्थ्य पर्यटनका बिषयमा सरोकारवालाहरुबिच वृहत छलफल गरिएको थियो । कार्यक्रममा स्वदेश र विदेशका विज्ञहरुले विभिन्न कार्यपत्र प्रस्तुत गरेका थिए । समापन कार्यक्रममा बोल्दै नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्ती श्रेष्ठले उपचारका लागि विदेश जानु पर्ने अवस्था सदाका लागि बन्द हुनु पर्नेमा जोड दिए ।

नेपाल मेडिसिटी हस्पिटलका अध्यक्ष उपेन्द्र महतोले स्वदेशमै गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने अभियानका साथ आफू लागिपरेको दाबी गर्दै यस किसिकमा एक्स्पोले नेपालका विरामी विदेश जान अभिप्रेरित गर्न नहुने बताए । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपणकेन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले सबैको सहयोग र सहकार्य भए प्रत्यारोपण मार्फत नेपाललाई स्वास्थ्य पर्यटनको केन्द्र बनाउन सकिने बताए । आयोजक एक्स्प्लोर प्रोडक्टिभ चेम्बर अफ कमर्श नेपालका अध्यक्ष कृष्ण पाण्डेले एक्स्पोले भविश्यमा पनि निरन्तरता पाउने बताए । एक्स्पोका प्रबन्धक अर्जुन चन्दले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै भविश्यमा पनि सहयोग र सहकार्यको लागि आग्रह गरेका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article टिचिङमा मिर्गौला प्रत्यारोपणमा योगदान गर्ने सम्मानित
Next article डा. भगवान कोइरालाको आत्मकथा दसैं अगाडि नै

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133146
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

39
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web