• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

जाजरकोट घटनाको छानबिन गर्न प्रदेश सरकारले बनायो छुट्टै कार्यदल

August 12th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जाजरकोट घटनाको छानबिन गर्न प्रदेश सरकारले बनायो छुट्टै कार्यदल

सुर्खेत, २७ साउनः जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको घटनाको छानबिन गर्न कर्णाली प्रदेश सरकारले छुट्टै कार्यदल बनाएको छ। घटना भएको २६ दिनपछि शनिबार घटनाको छानबिनका लागि कार्यदल बनाइएको छ ।
प्रतिष्ठानमा अनसन बसेका डा गोविन्द केसीलाई काठमाडौं लैजान खोज्दा साउन ३ गते प्रहरी र केसीका समर्थक बीच झडप भएको थियो। अस्पतालमा प्रहरीले लाठीचार्जसँगै अश्रुग्यास प्रहार गर्दा डाक्टर तथा विद्यार्थी घाइते भएका थिए। सोही घटनाको छानबिन गरी सत्यतथ्य पत्ता लगाउन प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषद् बैठकले तीन सदस्यीय कार्यदल गठन गरेको हो ।
समितिलाई एक हप्ताभित्र प्रतिवेदन पेस गर्नेगरी कार्यादेश दिइएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री एवं प्रदेश सरकारका प्रवक्ता विमला केसीले जानकारी दिनुभयो । शनिबार राति सम्पन्न बैठकले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव कलानिधि पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।
सो कार्यदलको सदस्यमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव भक्तबहादुर कार्की र सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखाकाका प्रमुख वृषबहादुर शाहीको पनि उपस्थिति छ ।
यसअघि नेपाल प्रहरीका डिआइजी सुरेन्द्र विक्रम शाह, एसपी केदार रजौरे र डिएसपी चूडामणि बुढाथोकी सम्मिलित तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो । उक्त टोलीले जुम्ला पुगेर घटनाको अध्ययन समेत गरेको थियो। यता प्रदेश सरकारले भने घटना भएको तीन साताभन्दा ढिलो गरी छानबिनका लागि कार्यदल बनाएको हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अस्पताललाई सुविधा युक्त बनाउन सरकारको पूर्ण सहयोग–स्वास्थ्यमन्त्री
Next article जटिल प्रसूति सेवा बन्द

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132302
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web