• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 6th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

क्यान्सर पीडितलाई काठमाडौँ धाउनुपर्ने अवस्थाको अन्त्य

August 20th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
क्यान्सर पीडितलाई काठमाडौँ धाउनुपर्ने अवस्थाको अन्त्य

हेल्थ टुडे,
महोत्तरी, ४ भदौः महोत्तरीको रामगोपालपुरमा विनयतारा फाउन्डेशनले अर्बुद रोगको उपचार गर्न थालेको छ । अमेरिका स्थित विनयतारा फाउण्डेशन, विनयतारा क्यान्सर ट्रष्ट नेपाल र रामगोपालपुर नगरपालिकाको सहकार्यमा ‘क्यान्सर स्क्रिनिङ’ सेवा शुरु गरेको अस्पतालले केही वर्षमै सुविधा सम्पन्न अर्बुद रोग उपचार केन्द्र पनि निर्माण गर्ने लक्ष्य लिएको छ ।
पूर्वी नेपालमा अर्बुद रोगको उपचार नभएका कारण उक्त अस्पतालबाट सो सेवा शुरुवात गरिएको ट्रष्टका अध्यक्ष डा राकेश साहले बताउनुभयो । अब क्यान्सर पीडितलाई काठमाडौँ वा भरतपुर धाउनुपर्ने अवस्था अन्त्य हुने उल्लेख गर्दै उहाँले सामुदायिक अर्बुद अस्पतालको परिकल्पना गरेर सेवाको शुरुवात गरिएको बताउनुभयो ।
हाल भाडाको घरबाट ओपिडी सेवा थालिए पनि केही वर्षमै सुविधा सम्पन्न अस्पताल बनाउने योजना अघि सारिएको र यसका लागि नगरपालिकाले ५२ रोपनी जग्गा उपलब्ध गराएको छ । भवन निर्माण र अर्बुद रोगको उपचारका लागि आवश्यक उपकरणको जिम्मा फाउन्डेशन र ट्रष्टले लिएका छन् ।
चार वर्षमा पूर्वाधार निर्माण र उपकरण राख्ने काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ । त्यसअघि भने अर्बुदको ओपिडी सञ्चालनमा रहनेछ । फाउन्डेशनका अनुसार सेन्टरका लागि रु ७० करोड भन्दा बढी लाग्ने अनुमान छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article आयुर्वेद उपचार पद्धति भरपर्दो
Next article अनुसन्धानका आधारमा नीति र योजना बनाउनु पर्छ : यादव

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 5th 8:43 AM
समाचार

चिकित्सक संघले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने

Jul 5th 8:15 AM
समाचार

नेपाल आयुर्वेद चिकित्सक संघले मनायो २८ औं बार्षिकोत्सब

Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131648
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

19
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web