• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रसूति केन्द्र नहुँदा सुरक्षित प्रसूतिमा समस्या

September 18th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रसूति केन्द्र नहुँदा सुरक्षित प्रसूतिमा समस्या

होम साउद
अछाम, २ असोजः कमलबजार नगरपालिका–३ बयालाकी ३० वर्षीया जमुना बिष्टले तीन सन्तानलाई घरमै जन्म दिनुभयो । उहाँको एक छोरी भारतमा जन्मिइन् भने पाँचौ सन्तानलाई उहाँले मङ्गलसेन स्थित जिल्ला अस्पताल पुगेर जन्माउनुप¥यो ।
गाउँको स्वास्थ्य संस्थामा प्रसूति केन्द्र नहुँदा उहाँजस्तै बयालाका अधिकांश महिलालाई बच्चा जन्माउन कि त तीन÷चार घण्टा हिँडेर छिमेकी गाउँको स्वास्थ्यचौकी जानुपर्छ नभए रु पाँचदेखि सात हजारमा जीप भाडामा लिएर मङ्गलसेन पुग्नुपर्ने बाध्यता छ ।
यहाँका महिला प्रसूति हुन स्वास्थ्य संस्थामा जानुपर्छ भन्ने कुरामा जानकार छन तर नजिकै प्रसूतिगृह नहँुदा उनीहरूलाई घरमै सुत्केरी हुनुपर्ने बाध्यता छ ।
बिष्टले नजिकै स्वास्थ्य संस्थामा प्रसूति सेवा भए त कति सजिलो हुन्थ्यो, सुत्केरी हुन टाढा जानुपर्दा हामीलाई निकै दुःख रहेको बताउनुभयो । यो समस्या समाधानका लागि कसैले पहल नगरेको उहाँको गुनासो छ ।
सुत्केरी व्यथा लागेर अप्ठ्यारो अवस्था आएको खण्डमा मात्रै बयालाका महिला छिमेकी गाउँका स्वास्थ्य संस्था, सदरमुकाम मङ्गलसेन र छिमेकी जिल्ला दैलेखको राकम बजार पुग्ने गरेको स्थानीय महिला स्वास्थ्यस्वयंसेवीका दुर्गा बिक बताउनुहुन्छ ।
धेरैजसो महिलाले घरमै सुत्केरी हुने गरेका छन । अधिकांशका श्रीमान घरमा हुँदैनन् । कतिलाई त स्वास्थ्य संस्था लैजाँदै गर्दा बाटोमै सुत्केरी हुनुपरेको छ । गाउँमा दुई वर्ष अघिदेखि बर्थिङ सेन्टर निर्माण शुरु भए पनि काम सम्पन्न नभएकाले महिलाले दुःख पाउनुपरेको स्वास्थ्यस्वयंसेवीका बिकको भनाइ छ ।
बयाला स्वास्थ्यचौकी इन्चार्ज प्रेम बिष्टले अब लामो समयदेखि आफूले कठिन समस्याका बाबजुद पनि सेवा दिइरहेको बताउनुभयो । अब बन्न लागेको भवनले केही राहत हुने उहाँले आशा व्यक्त गर्नुभयो । गाउँमा प्रभावकारी स्वास्थ्य सेवा नहुँदा र बर्थिङ सेन्टर नहुँदा स्थानीय सरोकारवालालाई पनि अप्ठ्यारो महसुस भएको छ ।
साविक ७५ गाविस रहेको अछाममा अहिले १० स्थानीय तह र ९१ वडा रहेका छन् । तर सुरक्षित प्रसूतिका लागि जिल्लाभर ६५ प्रसूतिकेन्द्र मात्रै सञ्चालनमा रहेको जिल्ला स्वास्थ्यको तथ्याङ्क छ । भूगोल, जनसङ्ख्या र बिकटताका कारण अझै कतिपय ठाउँमा प्रसूतिगृह नहँुदा सुत्केरी हुने महिला जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य निरीक्षक झपटराज ढुङ्गानाको भनाइ छ ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कर्णाली प्रदेश स्वास्थ्य परामर्श समिति गठन
Next article डेन्टल एशोसिएसनमा डा.अधिकारी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134354
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web