• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 17th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रसूति केन्द्र नहुँदा सुरक्षित प्रसूतिमा समस्या

September 18th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रसूति केन्द्र नहुँदा सुरक्षित प्रसूतिमा समस्या

होम साउद
अछाम, २ असोजः कमलबजार नगरपालिका–३ बयालाकी ३० वर्षीया जमुना बिष्टले तीन सन्तानलाई घरमै जन्म दिनुभयो । उहाँको एक छोरी भारतमा जन्मिइन् भने पाँचौ सन्तानलाई उहाँले मङ्गलसेन स्थित जिल्ला अस्पताल पुगेर जन्माउनुप¥यो ।
गाउँको स्वास्थ्य संस्थामा प्रसूति केन्द्र नहुँदा उहाँजस्तै बयालाका अधिकांश महिलालाई बच्चा जन्माउन कि त तीन÷चार घण्टा हिँडेर छिमेकी गाउँको स्वास्थ्यचौकी जानुपर्छ नभए रु पाँचदेखि सात हजारमा जीप भाडामा लिएर मङ्गलसेन पुग्नुपर्ने बाध्यता छ ।
यहाँका महिला प्रसूति हुन स्वास्थ्य संस्थामा जानुपर्छ भन्ने कुरामा जानकार छन तर नजिकै प्रसूतिगृह नहँुदा उनीहरूलाई घरमै सुत्केरी हुनुपर्ने बाध्यता छ ।
बिष्टले नजिकै स्वास्थ्य संस्थामा प्रसूति सेवा भए त कति सजिलो हुन्थ्यो, सुत्केरी हुन टाढा जानुपर्दा हामीलाई निकै दुःख रहेको बताउनुभयो । यो समस्या समाधानका लागि कसैले पहल नगरेको उहाँको गुनासो छ ।
सुत्केरी व्यथा लागेर अप्ठ्यारो अवस्था आएको खण्डमा मात्रै बयालाका महिला छिमेकी गाउँका स्वास्थ्य संस्था, सदरमुकाम मङ्गलसेन र छिमेकी जिल्ला दैलेखको राकम बजार पुग्ने गरेको स्थानीय महिला स्वास्थ्यस्वयंसेवीका दुर्गा बिक बताउनुहुन्छ ।
धेरैजसो महिलाले घरमै सुत्केरी हुने गरेका छन । अधिकांशका श्रीमान घरमा हुँदैनन् । कतिलाई त स्वास्थ्य संस्था लैजाँदै गर्दा बाटोमै सुत्केरी हुनुपरेको छ । गाउँमा दुई वर्ष अघिदेखि बर्थिङ सेन्टर निर्माण शुरु भए पनि काम सम्पन्न नभएकाले महिलाले दुःख पाउनुपरेको स्वास्थ्यस्वयंसेवीका बिकको भनाइ छ ।
बयाला स्वास्थ्यचौकी इन्चार्ज प्रेम बिष्टले अब लामो समयदेखि आफूले कठिन समस्याका बाबजुद पनि सेवा दिइरहेको बताउनुभयो । अब बन्न लागेको भवनले केही राहत हुने उहाँले आशा व्यक्त गर्नुभयो । गाउँमा प्रभावकारी स्वास्थ्य सेवा नहुँदा र बर्थिङ सेन्टर नहुँदा स्थानीय सरोकारवालालाई पनि अप्ठ्यारो महसुस भएको छ ।
साविक ७५ गाविस रहेको अछाममा अहिले १० स्थानीय तह र ९१ वडा रहेका छन् । तर सुरक्षित प्रसूतिका लागि जिल्लाभर ६५ प्रसूतिकेन्द्र मात्रै सञ्चालनमा रहेको जिल्ला स्वास्थ्यको तथ्याङ्क छ । भूगोल, जनसङ्ख्या र बिकटताका कारण अझै कतिपय ठाउँमा प्रसूतिगृह नहँुदा सुत्केरी हुने महिला जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य निरीक्षक झपटराज ढुङ्गानाको भनाइ छ ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डेन्टल एशोसिएसनमा डा.अधिकारी
Next article कर्णाली प्रदेश स्वास्थ्य परामर्श समिति गठन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

Sep 16th 10:06 AM
स्वास्थ्य विशेष

जनस्वास्थ्यमाथि धनस्वास्थ्यको दबदबा

Sep 16th 8:59 AM
समाचार

मन्त्री बनाउन होइन, आँखा जाँचका लागि प्रधानमन्त्री कार्की तिलगंगा

Sep 14th 3:09 PM
समाचार

औषधि व्यवस्था विभागको सेवा आईतबारदेखि सुचारु

Sep 14th 5:45 AM
समाचार

जलेर खरानी भएपछि ‘एनएचआरसी ’ मा शरणार्थी बन्यो स्वास्थ्य मन्त्रालय

Sep 8th 1:42 AM
समाचार

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विकास समितिको अध्यक्षमा डा. केशर ढकाल नियुक्त

Sep 8th 1:31 AM
समाचार

डा. पुकारको नेतत्वमा नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

Aug 27th 5:00 PM
समाचार

अखाद्य वस्तु भेटिएपछि धरहरा टपरी मःमका सञ्चालकलाई दुई लाख जरिवाना

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131849
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web