• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 9th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सरकारी चिकित्सक पनि नयाँ स्वास्थ्य सचिवको विरोधमा

December 11th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सरकारी चिकित्सक पनि नयाँ स्वास्थ्य सचिवको विरोधमा

हेल्थ टुडे,

काठमाडौं, २५ मंसिर :  सरकारले राजनीतिक भागबण्डा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नियम बिपरित प्रशासन तर्फको सचिव नियुक्त गरेकोमा सरकारी चिकित्सक संघ नेपाल ( गोदान) ले पनि विरोध गर्दै उक्त निर्णय तत्काल सच्याउन माग गरेको छ । स्वास्थ्य जस्तो प्राविधिक विषयमा योग्य अनुभवी स्वास्थ्यकर्मी हुदाहुदै भागबण्डाका आधारमा प्रशासनको कर्मचारीलाई सचिवको जिम्मेवारी दिदै स्वास्थ्य क्षेत्र नै तहसनहस हुने भन्दै संघले निर्णय नसच्याए आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ । संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले हस्तक्षरित गरेको  विज्ञप्तिमा भनिएको छ, स्वास्थ्यमा आजिवन अनुभव भएका कुशल सचिव हुन योग्य स्वास्थ्यकर्मी हुदाहुदै उहाँको योगदान, अनुभव र दूरदर्शितालाई पाखा लगाउदै केवल राजनीतिक भागबण्डाको आधारमा सचिव नियुक्त गर्दा सम्पूर्ण स्वास्थ्यकर्मी निरास हुनुका साथै स्वास्थ्य क्षेत्र नै धरासायी हुने छ । ’ 

मन्त्रीपरिषद्ले गत सोमबार प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सरुवा गरेको थियो । अधिकारीले एक हप्तापछि सोमबार पद बहाली गरेका छन् । उनले पद बहाली गरेसँगै देश भरिका चिकित्सक र स्वास्थ्यकर्मी आन्दालिन भएका छन् । देश भरिका चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले सोमबार नै विज्ञप्ति प्रकाशित गरि नियम बिपरित प्रशासनको कर्मचारीलाई सचिव नियुक्त गरिएकोमा विरोध गर्दै निर्णय सच्याउन सरकारलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीको गत असोज २८ गते प्रधानमन्त्री कार्यालय सरुवा गरेपछि निमित्त स्वास्थ्य सचिवको जिम्मेवारी प्रमुख विशेषज्ञ डा. शुशिलनाथ प्याकुरेलले सम्हालै आएका छन् । प्रधानमन्त्री कार्यालयका सचिव अधिकारीलाई स्वास्थ्यमा सरुवा गरेको सूचना ६ दिनपछि बल्ल बाहिर आएको थियो । स्वास्थ्यमा प्राविधिक र प्रशासनका गरि दुई सचिव राख्ने निर्णय गरेको हो वा प्रशासन तर्फको एक जना सचिवले मात्र मन्त्रालयको नेतृत्व गर्ने हो त्यो अझैसम्म पनि सार्वजनिक गरेको छैन । नियम अनुसार स्वास्थ्यमा प्रशासन तर्फको कर्मचारीले सचिव हुन पाउदैन ।

यो भन्दा पहिले डा. चौधरी, डा. किरण रेग्मी, डा. सेनेन्द्र उप्रेति, डा. सुधा शर्मा, डा. प्रविण मिश्र, डा. दीर्घसिंह बम, डा. निराकारमान श्रेष्ठ लगायतका चिकित्सकले सचिवको जिम्मेवारी सम्हालिसकेका छन । स्वास्थ्य मन्त्रालय मातहत करिव ३७ हजार कर्मचारी छन । ती मध्ये ठूलो संख्यामा स्वास्थ्यकर्मी छन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article केदारबहादुर अधिकारीलाई स्वास्थ्य सचिवबाट फिर्ता गर्न चिकित्सक संघको माग
Next article जैविक विविधता संरक्षण र प्रजनन शिक्षा सँगसँगै

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133082
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

63
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

60
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

67
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web