• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 10th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कलेजो प्रत्यारोपणको तयारीमा नर्भिक

December 26th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कलेजो प्रत्यारोपणको तयारीमा नर्भिक

हेल्थ टुडे,

काठमाडौं, ११ पुस  : नर्भिक इन्टरनेशनल हस्पिटलले निकट भविश्यमा कलेजो प्रत्यारोपण सेवा सुरु गर्ने भएको छ । कलेजो प्रत्यारोपणका लागि पूर्वाधार निर्माण, लाइसेन्स लिने काम र आवश्यक विज्ञ चिकित्सक सहित स्वास्थ्यकर्मीको टीम बनाउनमा अस्पताल लागिरहेको छ । नर्भिकसँग आवद्ध कलेजो प्रत्यारोपण सम्बन्धी तालीमप्राप्त एवं अनुभवी विशेषज्ञ शल्यचिकित्सक र चिकित्सकहरुमा डा. जयन्तकुमार साह, डा. सञ्जयकुमार यादव, डा. सुजितकुमार साह र डा. अनिषा तिवारी  (शल्यचिकित्सक), डा. सागर पौडेल (प्रत्यारोपण विशेषज्ञ कलेजोरोग चिकित्सक), डा. बिरेन्द्रकुमार राउत, डा. किरण अधिकारी र डा. बालचन्द्र कार्की (विशेषज्ञ एनेस्थेसियोलोजी ), डा. विवेक साह (विशेषज्ञ रेडियोलोजिष्ट), डा. सुशीलराम श्रेष्ठ (विशेषज्ञ प्याथोलोजिष्ट) र डा. रञ्जित साह (विशेषज्ञ इन्फेक्सीयस डिजिज) आदि रहेको अस्पतालले जनाएको छ ।

अस्पताल कलेजो प्रत्यारोपणको तयारीमा रहेको जानकारी गराएपनि कति समयसम्म प्रत्यारोपण सेवा सुरु गर्ने भन्ने कुनै समयसिमा अस्पतालले उल्लेख गरेको छैन । कलेजो प्रत्यारोपण सेवा निकै महंगो र संवेदनशिल सेवा मध्येको एक हो । नेपालमा सरकारी अस्पताल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले मात्र दुई जनाको कलेजो प्रत्यारोपण गरेको छ । निजी क्षेत्रका कुनै पनि अस्पतालले नेपालमा कलेजो प्रत्यारोपया सेवा सुरु गर्न सकेका छैनन् । त्रिवि शिक्षण अस्पतालले यसै बर्षदेखि कलेजो प्रत्यारोपण सेवा सुरु गर्ने तयारी गरिसकेको भएपनि अझै सुरु हुन सकेको छैन ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्टार हस्पिटल र नबिल बैंकबिच सम्झौता
Next article नेपालमा पहिलो पटक औषधिको गुणस्तर मानिसमा परीक्षण हुँदै

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132106
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

41
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

14
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web