• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

हरेक स्थानिय तहसम्म आयुर्वेदको दरबन्दी सिर्जना गर्न माग

December 30th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
हरेक स्थानिय तहसम्म आयुर्वेदको दरबन्दी सिर्जना गर्न माग

हेल्थ टुडे,

काठमाडौं, १५ पुष : हरेक स्थानिय तहसम्म कम्तिमा पनि एक जना आयुर्वेद तथा वैकपल्पिक चिकित्सा स्वास्थ्यकर्मीको दरबन्दी सिर्जना गर्न सरोकारवालाले सरकारसँग माग गरेको छ । उनीहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव र राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई छुट्टा छुट्टै भेटेर आफ्ना माग अगाडि सारेका हुन । आयुर्वेद स्वास्थ्यकर्मी समाज, नेपाल आयुर्वेद चिकित्सक संघ र सिभिल आयुर्वेद संघले स्वास्थ्यको वर्तमान पुनसंरचित दरबन्दीमा आयुर्वेदको दरवन्दीमा आँखा चिम्लिएकोमा उनीहरुको आपत्ती रहेको छ ।

उनीहरुले स्वास्थ्य मन्त्री र स्वास्थ्य राज्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएर माग पुरा हुनु पर्ने माग गरेका छन् । उनीहरुले हरेक गाउपालिका र नगरपालिकामा कम्तिमा पनि एक जना आयुर्वेद स्वास्थ्यकर्मी, उपमहानगरपालिका र महानगरपालिकामा दुई जना आयुर्वेद स्वास्थ्यकर्मीको दरबन्दी हुनु पर्ने माग उनीहरुको छ । देशभरिका ७५३ स्थानियतहमध्ये २५४ तहमा मात्र आयुर्वेदको दरबन्दी रहेको जानकारी दिदै ४ सय ९९ वटा स्थानिय तहमा पनि अनिवार्य रुपमा कम्तिमा एक एक वटा दरबन्दी सिर्जना हुनु पर्ने उनीहरुको माग छ । त्यसका साथै हरेक प्रदेशका समाजिक विकास मन्त्रालयमा कटौती भएको आयुर्वेदको दरबन्दी थप्नु पर्ने र स्वास्थ्य मन्त्रालयमा ११ औं तहको आयुर्वेद विज्ञको दरबन्दी सिर्जना हुनु पर्ने माग उनीहरुको छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article एभरेष्ट पेरेन्टेरल्सले इन्जेक्टेबल औषधि उत्पादन गर्ने
Next article नयाँ स्वास्थ्य नीति ल्याउँदैछौं :  स्वास्थ्य मन्त्री यादव

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134433
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

41
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web