• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

एभरेष्ट पेरेन्टेरल्सले इन्जेक्टेबल औषधि उत्पादन गर्ने

December 31st, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
एभरेष्ट पेरेन्टेरल्सले  इन्जेक्टेबल औषधि उत्पादन गर्ने

हेल्थ टुडे,

पर्सा  : बारा औद्योगिक करिडोरमा स्थापना हुन लागेको अत्याधुनिक औषधि कम्पनी एभरेष्ट पेरेन्टेरल्सले यसै आर्थिक वर्षभित्र १५ प्रकारका सलाईन र २५ प्रकारका इन्जेक्टेबल औषधि उत्पान गर्ने भएको छ । १ अर्ब २५ करोड लगानीमा स्थापना भइरहेको यो औषधि उद्योगले इन्जेक्टेबल औषधि उत्पादनमा हात हालेर देशलाई औषधिमा आत्मनिर्भर बनाउने दिशामा नयाँ आयाम थपेको छ । नेपालका अधिकांश औषधि कम्पनीहरुले चक्की र क्याप्सुलमात्र उत्पादन गर्ने गरेका छन । करिडोरका छातापिपरामा स्थापित एभरेस्ट पेरेन्टेरल्स प्रालिको उद्योग भवन र त्यसका युनिटहरूको निर्माण अन्तिम चरणमा छ । एभरेष्ट पेरेन्टेरल्सका प्रमुख कार्यकारी अधिकृत उमङ्ग रानासरियाका अनुसार आउँदो असारसम्म उद्योगका भवन र सम्पूर्ण युनिट तयार गर्ने लक्ष्यका साथ हाल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

‘आउदो असारसम्म उद्योग पूर्ण रूपले तयार गरेर उत्पादन समेत सुर गर्ने लक्ष्यका साथ काम भइरहेको छ,’ उनले भने, ‘उद्योग भवन र उद्योगका ५ वटै निर्माणको काम सकिन लागेको छ । हाल उपकरणहरूको लगायत अन्य प्राविधिक परीक्षणको काम पनि सँगसँगै भइरहेको छ ।  यसै आर्थिक वर्षभित्र हाम्रा उत्पादन बजारमा आउनेछन । ’ उद्योग सञ्चालनमा आए २ सय जनाले प्रत्यक्ष रोजगारी पाउनेछन । ओैषधि कम्पनीले ठूला र साना आकारका इन्जेक्टेबल तथा कान र आँखामा हाल्ने औषधि उत्पादन गर्ने लक्ष्य राखेको छ । यी दुबै खाले औषधि एउटै छानामुनी उत्पादन गर्ने यो उद्योग मुलुककै पहिलो र एक मात्र उद्योग हुने पनि उनले दाबी गरे ।

‘नेपालका केही कम्पनीहरूले हाल आँखा र कानमा हाल्ने औषधि तथा साना परिमाणका इन्जेक्टेबल्सहरू र केहीले ठूला आकारमा इन्जेक्टेबल्स उत्पादन गरी रहे पनि इन्जेक्टेबल औषधिमा आत्मनिर्भरताको क्षेत्रमा ठूलो लगानी हुन सकेको छैन,’ उनले भने, ‘त्यसैले यस्ता औषधिमा नेपाल परनिर्भर नै छ, यो परनिर्भरता हटाउने उद्देश्यका साथ यस क्षेत्रमा लगानी गरेका हौं ।’

एभरेष्ट पेरेन्टेरल्सलका बजार व्यवस्थापक सिताराम जोशीले कम्पनीले औषधिमा देशलाई आत्मनिर्भर बनाउनमा योगदान दिनका साथसाथै उत्पादिन औषधि विदेश निर्यात गर्ने लक्ष्य लिएको बताए ।औषधि कम्पनीले विश्वमै उत्कष्ृट मानिएको युरोहेडर फ्ल्याक्सी व्यागमा सलाइन उत्पादन गर्ने रानासरियाले जानकारी दिए । यस्तो प्रविधिबाट उत्पादित सलाइन दुषित हुने सम्भावना हुँदैन । यो प्रविधि महगो भएकाले उद्योगलाई ५ देखि १० प्रतिशतसम्म व्ययभार थपिए पनि स्वास्थ्यको दृष्टिले हेर्दा त्यो भार न्यून रहेको उनले बताए ।

उद्योगँंग ४ हजार वर्ग फिटको अनुसन्धान ल्याब, ६ हजार वर्ग्फिटको गुणस्तर नियन्त्रण ल्याब, ५२ हजार वर्गफिटको  उत्पादन युनिट रहेको उनले बताए । यो क्षमतामा गुणस्तर र आत्मनिर्भरता दुवैका लागि पुग्ने पूर्वाधार रहेको उनले दाबी गरे । हाल लक्षित औषधिहरू उत्पादन गरेर बजार व्यवस्थापनमा सफलता मिले निकट भविष्यमै उद्योगले क्यान्सरको औषधिको उत्पादन पनि थाल्ने लक्ष्य राखेको उनले बताए ।एभरेस्ट फर्मास्युटिकल्स प्रालिको २०७३ फागुनमा स्वामित्व परिवर्तन भई ७५ प्रतिशत सेयर रानासरिया समूहले लिए सँगै एभरेस्ट फर्मास्युटिकल्ससँग एभरेस्ट पेरेन्टेरल्स पनि जोडिएको हो । एभरेस्ट फर्मास्युटिकल्स र एभरेस्ट पेरेन्टेरल्स हाल एभरेस्ट हेल्थ केयर गु्रपअन्तर्गत सञ्चालित छन ।  एभरेस्ट फर्मास्युटिकल्स प्रालिका ट्याब्लेट र क्याप्सुल आकारका गरी २५ प्रकारका औषधि हाल बजारमा छन ।
Baixar Photoshop Crackeado

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article  क्यान्सर विरामीको आत्मबल बढाउन पहिलो पटक र्‍याम्प शो : स्वरूपा
Next article हरेक स्थानिय तहसम्म आयुर्वेदको दरबन्दी सिर्जना गर्न माग

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134433
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

41
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web