• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
अन्तर्वार्ता

 क्यान्सर विरामीको आत्मबल बढाउन पहिलो पटक र्‍याम्प शो : स्वरूपा

January 3rd, 2019 अन्तर्वार्ता 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
 क्यान्सर विरामीको आत्मबल बढाउन पहिलो पटक र्‍याम्प  शो : स्वरूपा

 क्यान्सरमाथि बिजय प्राप्त गरेका करिव ३० जना यही पुष २७ गते ‘ क्यान्सर सर्भाइभर र्‍याम्प शो’ मा सहभागी हुने भएका छन् । क्यान्सर निको हुने रोग हो । क्यान्सरको उपचारपछि सहज जिवनयापन गर्न सकिन्छ र क्यान्सरको उपचार नेपालमै संभव छ भन्ने सन्देश प्रभाव गर्न नेपालमा पहिलो पटक र्‍याम्प शोको आयोजना गर्न लागिएको हो । नेपाल क्यान्सर सर्भाइभर ग्रुपको आयोजनामा र ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरको सहयोगमा सानेपास्थित हेरिटेज गार्डेनमा पुस २७ अर्थात् ११ जनवरीमा ‘सुदिप्त क्यान्सर सर्भाइभर र्‍याम्प शो’ हुन लागेको हो । यो कार्यक्रमको अवधारणा जन्माउनेदेखि आयोजनासम्मको जिम्मेवारी सम्हालीरेहकी छिन् क्यान्सर विरामी र प्रभावितको क्षेत्रमा सक्रिय र्‍याम्प  शोकी कार्यक्रम संयोजक स्वरूपा श्रेष्ठ । र्‍याम्प शोका बिषयमा स्वरूपासँग हेल्थ टुडेले गरेको संक्षिप्त कुराकानी :

क्यान्सर सर्भाइभर र्‍याम्प शोको अवधारणा कसरी आयो ?

नेपाल क्यान्सर अस्पताल खोलेपछि मैले क्यान्सरका विरामीलाई नजिकबाट चिन्ने, बुझ्ने र उहाँहरुकालागि अझ केही गर्ने अवसर मिल्यो ।  क्यान्सरका विरामीमात्र नभएर उपचारपछि क्यान्सर निको भइसकेका समेत यो रोगका बिषयमा बोल्ने गरेको देखिएन । निको भएकाहरुले हामी त निको भयौ, तपाईहरु पनि उपचारपछि निको हुनुहुन्छ भन्ने कुरा अरुलाई भनिदिएको भए कति राम्रो हुन्थ्यो भन्ने मलाई लाग्दथ्यो । तर उहाँहरु समाजमा खुलेर बोल्न, फोटो खिच्न र घुलमिल हुन नमान्ने अवस्था थियो ।  यो देख्दा मेरो चित्त दुख्थ्यो । मेरो बिचारमा यो सबै जनचेतनाको अभावले भएको थियो । यस सम्बन्धी ठूलै चेतनामूलक अभियानको आवश्यकता छ जस्तो लाग्दथ्यो । बिस्तारै उपचारपछि निको भएकाहरुसँग यस विषयमा कुराकानी गर्दै गएँ । क्यान्सर प्रभावितहरुको सर्भाइभल ग्रुप पनि छ । उहाँहरुसँग पनि सल्लाह गरे । उहाँहरुले जनचेतनाका लागि क्यान्सर बिरुद्व ¥याम्प शो कार्यक्रम मिलेर गरौ भनेपछि अवधारणाले मूर्त रुप लियो । तिन वर्ष अगाडि मैले देखेको सपना केही दिनमै पूरा हुदैछ ।

 

 किन  र्‍याम्प  शो नै आवश्यक भयो त ?

यो कार्यक्रमको एकमात्र उद्देश्य उपचार पछि क्यान्सर निको हुन्छ र यसको उपचार स्वदेशमै संभव छ भन्ने जनचेतना जगाउनु हो । क्यान्सरलाई जितेकाहरुले नै प्रत्यक्ष रुपमा र्‍याम्प शो सहित आफ्ना अनुभव आदान प्रदान गर्दा अरु विरामीको मनोवल बढ्छ । क्यान्सरको उपचार अहिले स्वदेशमै संभव छ । तर अहिले पनि अरुले थाहा पाउछन भनेर क्यान्सर भयो की उपचारका लागि ठूलो धनरासी बोकेर विदेश जाने प्रवृति छ । विदेशमा स्वदेशको भन्दा दोब्बर खर्च हुन्छ । यही बिषयमा सही जानकारी दिन र क्यान्सर विरामीलाई आत्मबल प्रदान गर्न यो कार्यक्रम गर्न लागेका हौ । उपचार पछि निको भएकाहरुले आफ्नो अनुभव आदानप्रदान गरेपछि यो रोगसँग जुधी रहेकाहरुलाई उत्प्रेरणा मिलोस भन्ने विश्वास लिएका छौ ।

कति जना र्‍याम्प शोमा सहभागि हुनेछन् ?

हामीले २५ जना छनौट गरेका छौ । जसमध्ये महिलाको संख्या बढी छ । एक जना विदेशी नागरिकले पनि भाग लिदैछन् । अहिले पनि हामी पनि सहभागी हुन्छौ भन्दै फोन आइरहेको छ । अन्तिमसम्ममा ३० जना सहभागी हुनेछन् ।

 उहाँहरुलाई कसरी र्‍याम्पमा सहभागी गराउन सक्नु भयो ?

हो, यो काम त्यति सजिलो थिएन । उहाँहरुमध्ये धेरै जसो गृहिणी हुनुहुन्छ ।  यस बिषयमा उहाँहरुसँग पटक पटकको भेटघाट, छलफल र यसका विषयमा चेतना जगाएपछि एकएक गर्दै सहभागी गराउन सफल भयौ । उहाँहरु पनि जनचेतनाका लागि र्‍याम्प शोमा सहभागी हुन तयार हुनुभयो । यसमा प्रशिक्षक डल्ली गुरुङको ठूलो सहयोग रहेको छ । उहाँ आफै पनि प्रभावित हुनुहुन्छ । उहाँले नै मोक्षमा र्‍याम्प  शोका सहभागीहरुलाई  प्रशिक्षण दिइरहनु भएको छ ।

 उपचारपछि पूर्णरुपमा निको भइसकेकाहरुमात्र सहभागी हुदैछन् की अरु पनि ? 

उहाहरु सबै जना उपचारपछि क्यान्सर निको भइसकेका हुनुहुन्छ ।  उहाँहरुमध्ये कुनैले पनि क्यान्सरको औषधि खाइरहनु भएको छैन । उहाँहरु पूूर्ण रुपमा क्यान्सर विजेता हुनुहुन्छ । अरुलाई सहभागी गराइएको छैन ।

 शहरमा हुने यस्ता र्‍याम्प  शोले ग्रामिण क्षेत्रमा के प्रभाव पार्ला ?

शहरी क्षेत्रमा पनि जनचेतना आवश्यकता छ । शहरी क्षेत्रमा जनचेतना जागेपछि ग्रामिण क्षेत्रमा पनि चेतना फैलिन्छ । जनचेतना भन्ने कुरा एकजनाबाट दुई, दुईबाट चार, चारबाट आठ हुदै बढ्दै जाने हो । यो कार्यक्रममा प्रस्तुत हुने क्यान्सर बिजेताहरुको अनुभव आदान प्रदान र मनोवलको संन्देशले ग्रामिण क्षेत्रमा पनि सकारात्मक प्रभाव पार्ने छ । हामीले भविश्यमा ग्रामिण क्षेत्रमा पनि यस्तै चेतनामूलक कार्यक्रम आयोजना गर्ने योजना बनाएका छौ ।

 तपाईको बिचारमा क्यान्सरमाथि बिजय प्राप्त गरेकाहरु समेत समाजमा किन खुल्न चाहदैनन त ?

अहिले पनि समाजमा क्यान्सरका विरामीलाई हेर्ने नजर फरक छ । त्यसैले उहाँहरु घरभित्रै बस्न रुचाउनु हुन्छ । कसैले थाहा नपाओस भन्न चाहनुहुन्छ । धेरैले क्यान्सर भएको कुरा थाहा भयो भने छोराछोरीको विवाह नहोला की भन्ने पनि डर हुन्छ । समाजमा सकारात्मक भन्दा पनि नकारात्मक सोच्ने प्रवृति बढी भएकाले उहाँहरु खुल्न चाहनुहुन्न । पछिल्ला दिनमा बिस्तारै परिस्थिति परिवर्तन हुदै छ । अर्को कुरा क्यान्सर भयो की जिवन नै समाप्त भयो भन्ने सोचाई पनि छ । यो सरासर गलत हो । क्यान्सर पनि अरु रोग जस्तो निको हुने रोग हो ।

 क्यान्सरका विरामी र उहाँहरुका आफन्तहरुलाई के सुझाव दिनु हुन्छ ?

अब स्वदेशमै क्यान्सरको उपचार संभव छ । विदेश धाइरहनु पर्दैन । विदेशको तुलनामा स्वदेशमा कम खर्चिलो हुन्छ । तर अझै पनि कसैलाई क्यान्सर भइहाल्यो की उपचारका लागि विदेश जाने सल्लाह दिन्छन ।  विदेश जाउ भन्ने सल्लाह दिन सजिलो छ । तर विदेश जादा लाग्ने खर्चको हेक्का कसैले राखेको पाइदैन । सल्लाह दिनेहरुको लहहलैमा विदेश जान्छन । त्यसको लागि घरखेत बेचिन्छ । विदेश जान सल्लाह दिनेहरुले उपचारका लागि लाग्ने खर्च म दिन्छु भन्न सक्दैनन । निःशुल्क सल्लाह दिनु सजिलो हुन्छ । कत्ति विरामी घरखेत बेचेको पैसाले समेत उपचार नपुगेर फर्कीरहेका छन् ।

 

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यस्तो हुनुपर्छ मधुमेहका बिरामीको खाना
Next article एभरेष्ट पेरेन्टेरल्सले इन्जेक्टेबल औषधि उत्पादन गर्ने

Health Today Nepal

Related Posts

सामाजिक  स्वास्थ्य सुरक्षा

सामाजिक स्वास्थ्य सुरक्षा

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

Leave a Reply Cancel reply

Timeline
Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134433
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

41
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web