• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 5th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कैलालीमा एचआईभीका कारण ७ जनाको ज्यान गयो  

February 1st, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कैलालीमा एचआईभीका कारण ७ जनाको ज्यान गयो  

सलिना सेठ्ठी ,     

धनगढी, माघ १८ :  केही बर्ष यता सुदुरपश्चिम प्रदेशमा एचआइभी संक्रमण घटे पनि संक्रमितको वेवास्ताका कारण ज्यान गुमाउनको संख्या भने बढेको छ । चालु आर्थिक बर्षको ६ महिनामै एचआईभीका कारण ७ जनाको ज्यान गएको छ । नियमित औषधि सेवनको अभाव र एचआइभी संक्रमितसँग खुलेर आउने वातावरणको सिर्जना हुन नसक्दा ज्यान जानेको संख्यामा वृद्धि भएको हो । नियमित औषधिको सेवन नगर्दा र निकै पछि जाँचका लागि आएका कारण धेरैको मृत्यु भएको छ । कैलालीको सेती अञ्चल अस्पतालमा सन् २००६ देखी हालसम्म २८ सयको हाराहारीमा संक्रमित फेला परेकोमा ७८० जनाले नियमत एआरटी सेवा लिइरहेको र २ सय ४ जनाको ज्यान गईसकेको सेति अञ्चल अस्पतालमा रहेको एआरटि सेन्टरका प्रमुख लोकराज पनेरुले जानकारी दिए ।

‘ज्यान गुमाउनेमध्ये अधिकांश संक्रमितको औषधी सेवन नगरेकै कारण मृत्यु हुने गरेको छ,’ पनेरुले भने, उपचारको पहुँचमा आएकाहरु पनि नियमित औषधि सेवन गरिरहेका छैनन् ।’ कैलालीमा आर्थिक बर्ष २०७२ । ०७३ मा १०४ जना संक्रमित फेला परेका थिए । ०७३ । ०७४ मा १७ र सन् २०१७ मा १३ जनाको मृत्यु भएको थियो । नेपालमा ३१ हजार भन्दा बढि एचआइभी संक्रमित रहेको तथ्याङ्क छ । अझै पनि संक्रमितलाई समाजमा खुलेर आउने बातावरण सृजना हुन नसकेको संक्रमितहरुको गुनासो छ । यति मात्रै होइन, संक्रमितलाई आफ्नो भावी सन्ततीको भविष्यप्रति अझ बढि चिन्ता छ ।

स्वदेशमा रोजगारीको अवसर नपाएर भारत जाने र त्यहाँ असुरक्षित यौन सम्पर्क गरेर संक्रमित हुने गरेको एकजना सहजकर्ता जयलक्ष्मी नेपालीले बताईन् । यसतर्फ स्वयम् सचेत हुन जरुरी रहेको उनले बताईन् । कैलालीको धनगढी, टिकापुर र मालाखेतीबाट १ हजार बढि एचआइभी संक्रमितहरुले नियमित रुपमा औषधि सेवन गरिरहेका छन् नेपाल र भारतको खुल्ला सिमा अनि मौसमी कामका लागी भारत तथा वैदेशिक रोजगारीका लागि जाने यूवाहरुका कारण एचआईभी संक्रमितको संत्रास रोकिन सकेको छैन । सुदूरपश्चिममा एचआइभी संक्रमितहरु सबैभन्दा बढी कैलाली, अछाम र डोटीमा छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कम्तिमा १०० प्रकारका औषधीको खुल्ला आयात बन्द गरौ : शर्मा
Next article रिदम न्यूरोसाइकियाट्रीको तेश्रो वार्षिकोत्सव सम्पन्न

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 5th 8:43 AM
समाचार

चिकित्सक संघले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने

Jul 5th 8:15 AM
समाचार

नेपाल आयुर्वेद चिकित्सक संघले मनायो २८ औं बार्षिकोत्सब

Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131648
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

19
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web