• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 6th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

क्यान्सररोगीलाई आवश्यक पर्ने झोला स्वदेशमै उत्पादन गर्न माग

February 21st, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
क्यान्सररोगीलाई आवश्यक पर्ने झोला स्वदेशमै उत्पादन गर्न माग

चितवन,फागुन । मूत्रनली र मलद्वारको क्यान्सरको शल्यक्रियापछि बिरामीलाई प्रयोग गर्नुपर्ने प्लाष्टिकको झोला (कोलोेस्टोमी र युरोस्टोमी ब्याग) को अभाव देखिएको छ । कोलोेस्टोमी र युरोस्टोमी ब्याग नेपालमा उत्पादन नहुँदा महँगो मूल्यमा खरीद गर्नुपर्ने बाध्यता एकातिर छदैछ भने अर्को तिर महंगो मुल्य तिर्दा पनि सहज उपलब्ध हुँदैन ।

ती दुई क्यान्सरको शल्यक्रियापछि उपचार गराइरहेका देशभरका बिरामीको बुधबार चितवनमा सम्पन्न भेलाले स्वदेशमै कोलोेस्टोमी र युरोस्टोमी ब्याग उत्पादन गर्न माग गरेका छन् । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका उपनिर्देशक एवं मूत्ररोग विशेषज्ञ डा. निर्मल लामिछानेका अनुसार एउटा झोला खरीद गर्न बिरामीले रु एक हजार ५०० हाराहारी तिर्नुपर्ने हुन्छ । अस्पतालले दाता खोजेर स्टोमा सेवा समाजमार्फत न्यून शुल्कमा दिँदै आएको भए पनि सधैँ सबैले पाउने अवस्था छैन ।

लामिछानेले स्वदेशमै झोला उत्पादन गर्न सके बिरामीले सस्तो मूल्यमा सहजरूपमा पाउन सक्ने बताए । सबै बिरामीको अपेक्षा रहेको भन्दै उनले मूत्रथैलीको शल्यक्रिया गरेकामध्ये ३० प्रतिशत हाराहारीलाई र मलद्वारको शल्यक्रिया गरेकामध्ये २० प्रतिशतलाई यो झोला अनिवार्य हुने बताए । दिसापिसाबको प्राकृतिक बाटो परिवर्तन गरी कृत्रिमरूपमा दिसापिसाब त्याग गर्न झोला प्रयोग गरिन्छ ।

एउटा बिरामीलाई न्यूनतम सात दिनमा झोला फेर्नु पर्दछ । जटिल समस्या देखिएमा दैनिकजसो प्रयोग गर्नुपर्ने बाध्यता हुने गरेको छ । कोलोेस्टोमी र युरोस्टोमी झोला अहिले नेपालमा उत्पादन नहुँदा र समय–समयमा नपाउँदा बिरामीलाई समस्या पर्ने गरेको छ । अस्पतालले अहिले एउटा झोलाको रु २० का दरले वितरण गर्दै आएको छ । तर,अस्पतालले पनि प्रयाप्त मात्रामा वितरण गर्न नसक्दा बिरामीले बाहिर गएर महँगोमा खरीद गर्नुपर्ने बाध्यता छ ।

अस्टोमेट एशोसिएसन अमेरिकाले वार्षिक रु चार करोड बराबरको झोला सहयोग गर्दै आएको छ । तर,यो प्रयाप्त छैन् । आर्थिक अवस्था कमजोर रहेका बिरामीलाई दाताले दिएको झोला प्रयोग गर्न दिएर सक्षमले खरीद गरिदिएमा सहज हुने डा.लामिछाने बताए । नेपालमा हुने क्यान्सर रोगमध्ये मलद्वारको क्यान्सर छैटौँमा पर्दछ भने पिसाब थैलीको क्यान्सर सातौँमा पर्दछ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मोबाइल फोनको रेडियस मानव स्वास्थ्यका लागि हानिकारक
Next article धेरै रिसाउने मानिसलाई हृदयघातको जोखिम उच्च

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
Dec 3rd 2:48 PM
समाचार

साइमनको १५ औं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न

Dec 3rd 2:32 PM
समाचार

वीर अस्पतालको निमित्त निर्देशकमा डा. श्रवण कुमार थापा नियुक्त

Nov 27th 3:22 PM
समाचार

एनएमए तेश्रो स्वास्थ्य सम्मेलन सम्पन्न, १६ बुँदे घोषणापत्र जारी

Nov 27th 6:14 AM
समाचार

कोरोनाबाट पहिलो मृत्यु भएकी सावित्रीको छोरालाई स्वास्थ्यमन्त्री बस्नेतले पढाईदिने

Nov 24th 4:16 PM
समाचार

एनएमए नेशनल हेल्थ समिट मंसिर १० देखि, तयारी पुरा

Nov 10th 11:25 AM
समाचार

न्याम्स र ससस्त्र प्रहरी अस्पतालबिच शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी

Nov 9th 7:11 AM
समाचार

सर्वोच्चले भन्यो, आयुर्वेदिक औषधिमा पनि डब्लुएचओ जीएमपी अनिवार्य

Nov 9th 6:53 AM
समाचार

यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी परिवार नियोजन संघको अभिमुखीकरण सम्पन्न

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

2386
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

11
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

8
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web