• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

१५ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान सुरु हुँदै,७८ लाखलाई औषधि खुवाउने लक्ष्य

February 24th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
१५ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान सुरु हुँदै,७८ लाखलाई औषधि खुवाउने लक्ष्य

काठमाडौ,१२ फागुन । सरकारले यही फागुन १५ गतेदेखि हात्तिपाइले रोगको जोखिम रहेका मुलुकका १५ जिल्लामा हात्तिपाइले रोगबिरुद्धको औषधि सेवन अभियान सुरु गर्दैछ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यही फागुन १५ गतेदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने जनाएको हो ।

महाशाखाले फागुन १५ देखि पाचँथर, इलाम, झापा, मोरङ, बारा, लमजुङ, पर्वत, बागलुङ, कपिलबस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर गरी १५ जिल्लाका ७८ लाख ४९ हजारलाई औषधि खुवाउने लक्ष्य लिएको जनाएको छ । कार्यक्रमका लागि ६ हजार २ सय ५ जना स्वास्थ्यकर्मी परिचालन गरिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

सरकारले यस वर्षको कार्यक्रमलाई २० करोड ६० लाख ७० हजार रकम विनियोजन गरेको छ । महाशाखाले देशभरका ३४ अस्पतालमा ४ हजार १ सय ७० जनाको दरले हाईड्रोशिल सर्जरीको लागि बजेट छुट्याईएको र अहिलेसम्म ६ हजार तीन सय २६ जना हाइड्रोशिलका बिरामीको निःशुल्क शल्यक्रिया भैसकेको जनाएको छ ।

हातीपाइले रोग विरुद्धको औषधि ६ वर्षसम्म लगातार खाएमा यो रोग नलाग्ने चिकित्सकहरु बताउँछन्। सरकारले सन् २००३ देखि यस रोग विरुद्धको औषधि वितरण गर्न सुरु गरेको हो । सरकारले हात्तीपाइले रोग सन् २०२० सम्ममा एक प्रतिशतमा झार्ने लक्ष्य लिएको छ। हात्तीपाइले रोगको जोखिममा रहेका देशहरुबाट हात्तीपाइले रोग निवारण गर्ने संयुक्त राष्ट्रसंघको प्रस्तावअनुसार नेपालले पनि सन् २०२० सम्ममा नेपालबाट हात्तीपाइले रोग निवारण गर्ने प्रतिवद्धता जनाएको छ ।

‘क्युलेक्स’ नामक लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइले रोगबाट हाल ३० हजार मानिस प्रभावित रहेको महाशाखाले जनाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेककुमार लालले औषधि सेवन गरेका ४८ जिल्लाका मानिसमा हात्तीपाइले रोगको समस्या नदेखिएको र वर्षको एकपटकको दरले ६ वर्षसम्म औषधि सेवन गर्दा रोग निवारण गर्न सकिने दावी गरे ।

गर्भवती, सुत्केरी तथा दुई वर्ष कम उमेरका बालबालिकाले, कुपोषण भएका ५ वर्षमुनिका बालबालिकाले भने यो औषधि सेवन गर्नुहुँदैन । यस्तै, क्यान्सर, मुटुरोगीलगायत दीर्घरोगको औषधि सेवन गरेका बिरामीले समेत हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्नुहुँदैन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article विषाक्त मदिरा सेवनबाट एक सय जनाभन्दा बढीको मृत्यु,करिब २०० जना अस्पताल भर्ना
Next article पहिलोपटक आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ६१५ जना लाभान्वित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

Jul 9th 12:04 PM
समाचार

छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त, न्याम्समा डा. विवेक

Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133308
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

32
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

44
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web