• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

झण्डै तीन करोड जनताको लागि १४ सय मात्रै डाक्टर ?

March 12th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
झण्डै तीन करोड जनताको लागि १४ सय मात्रै डाक्टर ?

हेल्थ टुडे,
काठमाडौ,२८ फागुनः विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नेपालमा जनसंख्याको अनुपातमा चिकित्सकको संख्या अत्यन्त न्यून देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सरकारी स्वास्थ्य संस्थामा १ हजार ४ सय चिकित्सक कार्यरत छन् । नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा.दिलीप शर्माका अनुसार हालसम्म नेपालमा २३ हजार ५ सय चिकित्सक उत्पादन भएका छन् । तर, तीमध्ये थुप्रैको मृत्यु भइसकेको छ भने धेरैजसो रोजगारीका लागि विदेशमा छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकको संख्या करिब ३ हजार छ । सरकारी र निजी तवरमा कार्यरत चिकित्सकको संख्या जम्मा ४ हजार ४ सय छ । श्रेष्ठले दुवै क्षेत्रमा ठूलो संख्यामा चिकित्सक अभाव रहेको बताए । ‘उत्पादनको अनुपातलाई आधार मान्दा चिकित्सक अभाव छैन,’ उनले भने,‘तर धेरैजसो बिदेसिएका कारण सानो संख्या मात्रै सेवामा छन् । यसले गर्दा चिकित्सक र जनसंख्याको ग्याप फराकिलो हुन पुगेको छ ।’

खोप तथा र गाउँघर क्लिनिकसमेत गरी नेपालमा ३२ हजार ९ सय १४ स्वास्थ्य संस्था छन् । स्वास्थ्यसम्बन्धी जनशक्ति ३५ हजार ५ सय ४४ छ भने ५२ हजार स्वयंसेविका छन् । हालसम्म ५३ हजार २ सय ७८ नर्स उत्पादन भएका छन् ।

बिरामीलाई ५ मिनेट समय

नेपाल मेडिकल काउन्सिलका अनुसार चिकित्सकले एकजना बिरामीलाई कम्तीमा २० देखि ३० मिनेटको समय दिनुपर्ने हुन्छ । तर, उपत्यकाभित्र काम गर्ने चिकित्सकले दैनिक १ सय ५० जनासम्म बिरामी हेर्दै आएका छन् । नेपाल मेडिकल काउन्सिल, आचारसंहिता समितिका संयोजक तथा नेपाल मेडिकल एसोसिएसनका वरिष्ठ उपाध्यक्ष डा. ढुण्डीराज पौडेल बिरामीलाई चिकित्सकले कति समय दिने भन्ने कुरा रोगको प्रकृतिमा निर्भर हुने बताउँछन् ।‘बिरामीलाई समयभन्दा पनि सन्तुष्ट पार्नेकाम चिकित्सकले गर्नुपर्छ,’ उनी भन्छन्,‘‘चिकित्सकले ८ घन्टा बिरामी हेर्दा नेपालमा बिरामीले ५ मिनेट समय पाउन पनि कठिन छ ।’

विश्व स्वास्थ्य संगठनका अनुसार एकजना चिकित्सकले बिरामीलाई हेरेर विवेकसम्मत निर्णय लिन र अनुसन्धान गर्न एक दिनमा ३० जनाभन्दा बढी बिरामी हेर्नु उपयुक्त हुँदैन ।

–विश्व स्वास्थ्य संगठन भन्छः एक हजार जनसंख्याबराबर कम्तीमा एक डाक्टर हुनुपर्छ
– तर, नेपालमा १४ सय सरकारीसहित जम्मा ४४ सय डाक्टर कार्यरत छन् अर्थात् एक डाक्टरको भरमा ६७५० जनता पर्छन्
– नेपाल मेडिकल काउन्सिल भन्छ,‘एक डाक्टरले एक बिरामीलाई २० मिनेट दिनुपर्छ’ तर बिरामीले औसतमा पाँच मिनेट पाउँछन्
– सहरमा ६२.९५ प्रतिशत र गाउँमा ३७.०५ प्रतिशत बासिन्दा छन्, तर डाक्टर सहरमा ८० प्रतिशत र गाउँमा २० प्रतिशत मात्र छन् ।(नयाँ पत्रिका दैनिकबाट)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रसव भिडियो हेरेर बच्चा जन्माउन प्रयास गर्दा आमा र बच्चाको मृत्यु
Next article समायोजनमा चिकित्साकर्मीका जटिलता

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132493
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

37
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web