• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चिकित्सकको आन्दोलनका कारण बिरामीको बिचल्ली,समस्याप्रति सरकार उदासिन

April 10th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिकित्सकको आन्दोलनका कारण बिरामीको बिचल्ली,समस्याप्रति सरकार उदासिन

हेल्थ टुडे,
काठमाडौ,२७ चैतः कर्मचारी समायोजनप्रति बिरोध जनाउँदै सरकारी चिकित्सकले आकस्मिकबाहेकका सेवा बहिष्कार गरेको पाँच दिन बितिसक्दा पनि समस्या समाधानको सरकार पक्षबाट कुनै पहल भएको छैन् । आन्दोलनरत चिकित्सकहरुले जुनसुकै बेला समस्या समाधानका लागि वार्तामा जान तयार रहेको जनाएपनि सरकारले भने समस्या समाधानको लागि मंगलबारसम्म कुनै पहल गरेको छ । चिकित्सकको हडतालले सरकारी अस्पतालका सेवा बन्द भएपछि बिरामी अलपत्र परेका छन् ।
सबैलाई संघीय सरकारअन्तर्गत राखेर प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने मुख्य मागसहित शुक्रबारदेखि सरकारी चिकित्सकहरू देशव्यापी रूपमा आन्दोलित छन् । उनीहरू अवैज्ञानिक र असमान ढंगले समायोजन गरेको, स्थानीय तहमा कनिष्ठ कर्मचारीमातहत राख्ने व्यवस्था गरिएको, चिकित्सकको अध्ययन वृत्ति–विकासमा अप्रत्यक्ष अवरोध गरेको जस्ता कारण देखाउँदै आन्दोलनमा उत्रिएका हुन् ।
चिकित्सकहरूको छाता संगठन, नेपाल चिकित्सक संघले मंगलबार सरकारी चिकित्सकको समस्याबारे उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग छलफल गरे पनि निष्कर्ष निस्केन ।

सरकार भने वार्ताको माध्यमबाट समस्या गर्नुको सट्टा आन्दोलनरत चिकित्सकहरुलाई कारबाही गर्ने चेतावनी दिईरहेको छ । चिकित्सकले मंगलबारसम्ममा आन्दोलन जारी राखेमा आवश्यक सेवा सञ्चालन ऐन र अन्य प्रचलित कानुनको अधिनमा रही कारबाही प्रक्रिया अघि बढाउने स्वास्थ्य मन्त्रालयले चेतावनी दिएको छ । तर चिकित्सकहरु भने आफुहरुको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने अडान राख्दै आएका छन् ।

समायोजनले चिकित्सकलाई मात्र होइन जनतालाई समेत असर गरेको आन्दोलनरत चिकित्सकहरुले बताएका छन् । उनीहरुले समायोजनलाई नसच्याए कर्णाली र सुदूरपश्चिममा सबैभन्दा धेरै चिकित्सक अभाव हुने जिकिर गरेका छन् । सरकारले माग पूरा नगरे सामूहिक राजीनामा दिन तयार रहेको आन्दोलनरत चिकित्सकहरुले चेतावनी दिएका छन् । यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले चिकित्सकको मागका विषयमा अनौपचारिक छलफल भईरहेको जानकारी दिएका छन् ।

सरकारी अस्पतालको सेवा ठप्प भएपछि विभिन्न जिल्लाबाट रिफर भएर आएका बिरामीको विचल्ली भएको छ । सरकारी चिकित्सक संघ(गोदान) को आह्वानमा भएको उक्त आन्दोलनमा नेपाल चिकित्सक संघले समेत ऐक्यबद्धता जनाएको छ । चिकित्सकहरुको आन्दोलनले देशभर दैनिक ५० हजारभन्दा बढी बिरामीहरु प्रभावित हुने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै काठमाडौंका वीर, ट्रमा सेन्टर, कान्ती, शुक्रराजलगायतका अस्पतालमा शल्यक्रियाका लागि पालो कुरेर बसेका बिरामी पनि सेवा पाउनबाट बञ्चित भएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article भक्तपुरमा बर्ड फ्लूको संक्रमणः १३ सय कुखुरा नष्ट
Next article स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको पाँचौ सम्मेलन बुधबारदेखि

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 21st 6:22 AM
समाचार

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार

Jul 20th 9:05 AM
समाचार

भारतीय बजार मूल्यलाई आधार बनाएर औषधिको मूल्य समायोजन गरिने

Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 18th 7:59 AM
समाचार

स्वास्थ्य मन्त्रीको सचिवालय अव ५ सदस्यीय हुने

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

Jul 17th 9:12 AM
समाचार

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133411
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

76
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

63
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web