• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

के हो झाडापखाला ? यी हुन् झाडापखालाबाट बच्ने उपाय….

June 3rd, 2019 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
के हो झाडापखाला ? यी हुन् झाडापखालाबाट बच्ने उपाय….

हेल्थ टुडे,
काठमाडौ,जेठः गर्मीयामको समयमा पानी पर्ने मौसम जेठदेखि भदौ महिनासम्म झाडापखालाको जोखिम बढी हुन्छ । झाडापखालाबाट बालबालिका तथा वृद्धावृद्धहरुमा धेरै जोखिममा हुन्छन् । गर्मी मौसम सुरु भएसंगै झाडापखालाको बिरामी पनि बढ्दै जाने गर्छन् । प्रत्येक वर्ष झाडापखालाले नेपालको कुनै न कुनै ठाउँमा माहामारीको रुप लिने गरेको छ । झाडापखाला, हैजा जस्ता सरुवा रोगबाट नेपालमा वर्षेनी धेरै नागरिकको ज्यान जाने गरेको छ । झाडापखालाको जोखिममा बालबालिका र बृद्धबृद्धा पर्ने गरेका छन् ।

दिनमा तीन चारपटक भन्दा बढी छिटोछिटो पातलो दिसा जानु लाई झाडापखाला भनिन्छ । विशेषगरी ब्याक्टेरिया र भाइरसको संक्रमणले गर्दा झाडापखाला लाग्छ । दूषित खाना, पानी र फोहोर हातको माध्यमबाट झाडापखालाका कीटाणु फैलिन्छन् । भिब्रियो कोलेरा, जुकाहरू (हेलमेन्थ) जस्ता ब्याक्टेरियाको संक्रमणले मानिसमा झाडापखला लाग्छ । एकदेखि दुई पटक दिसा हुँदा सामान्य मानिन्छ । दिसामा चिप्लो पदार्थ सिगान जस्तै मिसिएको छ अथाव पानी÷पानी मात्रै छ भने झाडापखाला लागेको भन्ने बुझ्नुपर्छ ।
झाडापखाला लाग्ने कारण
१. झाडापखाला लाग्ने मुख्य कारण पानी हो । फाहोर खानेपानीमा विभिन्न ब्याक्टेरिया, भाइरसहरु मिसिएको हुन्छ । विना फिल्टर र नउमाली पानी पिउँदा झाडापखाला लाग्ने सम्भावना उच्च हुन्छ ।
२. खाने कुराहरुबाट पनि झाडापखाला लाग्न सक्छ । नेपालीले खाने खानेकुराहरु मिश्रण भएको पाइन्छन् । यति मात्रै होइन विभिन्न खानेकुराहरुमा केमिकल पनि राखिएको हुन्छ जुन मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यस्ता खाने कुराले झाडापखाला लाग्छ ।
३.गर्मी मौसममा पानीपुरी खाने चलन छ । सेकुवा खाइन्छ र केक पनि खाइन्छ । यस्ता कुराहरुले गर्मी समयमा झाडापखाला लाग्ने सम्भावना बढी हुन्छ ।
४. गर्मी मौसममा शरीरमा रोगसँग लड्न सक्ने क्षमता कम हुन्छ । जसले गर्दा सामान्य कुरामा ध्यान नदिँदा (जस्तै धुलो धुवाँ,फोहोरको कारणले) झाडापखाला लाग्ने जोखिम हुन्छ ।

झाडापखाला लागेपछि उपचार गर्नुभन्दा लाग्नै नदिनु उत्तम उपाय हो । हामीले सामान्य कुरालाई ध्यान दिन सकेको खण्डमा झाडापखाला लाग्नबाट बच्न सकिन्छ । बाहिरको काम सकेर घर फर्किँदा, शौचालय गएपछि, फोहोर बस्तु छोएपछि साबुन पानीले हातखुट्टा मिचिमिची धुने गर्नुपर्छ । खुल्ला ठाउँमा दिशापिसाव नगर्ने, सफा पानी पिउने, सकेसम्म पानी उमालेर पिउने गर्दा रोगबाट बच्न सकिन्छ ।

झाडापखाला लागेपछि जीवनजल पानी खुवाउनु पर्छ । यदि जीवनजल नभएको खण्डमा एक चिम्टी नून, एक मुठी चिनी र एक लिटर पानी घोलेर खुवाउने हो भने पनि केही हदसम्म झाडापखालालाई रोक्न सकिन्छ । झाडापखाला लागेपछि जीवनजल पानीसँगै अरु झोलिलो खानेकुराहरु दाल, फ्रेस जुस ,नरम खाना खानुपर्छ । पानी उमालेर खाने बानीको विकास गर्नुपर्छ ।
झाडापखालाबाट बच्न के गर्ने ?
१.सरसफाईमा ध्यान दिने ,घरको वरिपरी फोहोर नबनाउने
२.पानी उमालेर खाने बानी बसाल्ने । उमाल्न नसकेको खण्डमा सफा पानी (जस्तै घाममा राखेर वा फिल्टर गरेर) खाने
३.बाहिरको खानेकुरा नखाने
४.बाहिरको सडेगलेको खानेकुरा नखाने
५.हरियो सागसब्जी राम्रोसँग पखालेरमात्र खाने
६.बासी र झिँगा भन्केका खानेकुरा नखाने
७. खुल्ला ठाउँमा दिशापिसाब नगर्ने
८.खाना खानुअघि र पछि राम्ररी साबुनपानीले हात धुने ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपालमा उत्पादित औषधिको मूल्य १० प्रतिशतले बढ्ने
Next article डेंगु ज्वरोको प्रकोप नियन्त्रण बाहिरः केन्द्रबाट पठाईयो सात सय किट

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132290
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

26
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web