• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सरकारी अस्पतालमा आईसीयू पाउनै मुस्किल, बिरामी निजीमा जान बाध्य

June 6th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सरकारी अस्पतालमा आईसीयू पाउनै मुस्किल, बिरामी निजीमा जान बाध्य

हेल्थ टुडे,
काठमाडौ,२३ जेठः सरकारी अस्पतालहरुमा आईसीयू पाउन नसकेपछि सिकित्स विरामीहरु निजी अस्पतालमा जान बाध्य छन् । सरकारी अस्पतालहरु आईसीयू खाली नभएको भन्दै बिरामीलाई अन्यत्र अस्पतालमा पठाउने गरेका छन् । दुर्घटनामा परेर घाईते भएका विरामीलाई उपचारका लागि ल्याउने ट्रमा सेन्टरको अवस्था झन् दयनिय छ । यहाँ आईसीयू पाउन त लगभग असम्भव जस्तै मानिन्छ । दुईसय शैया रहेको ट्रमा सेन्टरमा कम्तीमा पनि आईसीयूको ५० शैया आवश्यक पर्छ ।

आईसीयू खाली नभएको भन्दै ट्रमा सेन्टरले गेटबाटै निजी अस्पताल फर्काएको कयौँ उदाहरण छन् । महाराजगञ्जस्थित शिक्षण अस्पतालको अवस्था पनि उस्तै छ । उपचारका लागि ल्याएपछि आईसीयूमा राख्नुपर्ने बिरामीलाई आईसीयू खाली नभएकोले त्यहाँबाट फर्काइएका धेरै घटना छन् । आईसीयूमा राखेर उपचार गर्नुपर्ने कैयौं बिरामीले सरकारी अस्पतालमा आईसीयू पाउनै कठिन छ । ट्रमा सेन्टरमा हाल १० वटा आईसीयूमध्ये पाँचवटा मात्र सञ्चालनमा छ । सेन्टरमा छ वटा आईसीयू अवश्यक उपकरण बिग्रिएर बसेका छन् ।

ट्रमा सेन्टरका निर्देशक डा.प्रमोदकुमार यादवले छवटा आईसीयू व्यवस्थित नभएकोले सेवा दिन नसकिएको बताए । उनले भनेः‘दुर्घटना भएर उपचारका लागि आउने सेन्टर भएकोले हामीकहाँ तत्काल ५० शैयाको आईसीयू आवश्यक पर्छ, तर अहिले हामीसँग भएको १० वटामात्र शैया छ, त्यसमा छ वटा मात्र चालु अवस्थामा छन् ।’ डा.यादवले शल्यक्रियापछि भेन्टिलेटरसहितको थप आईसीयू व्यवस्थाका लागि स्वास्थ्य मन्त्रालयमा माग गरिएको जानकारी दिए । सेन्टरमा शल्यक्रियापछि राखिने आईसीयू पनि दुईवटा बिग्रिएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार कुल शैयाको १० देखि १५ प्रतिशत आईसीयू शैया चाहिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले सरकारी अस्पतालमा आईसीयूको कमी रहेको जानकारी दिँदै यो वर्ष सरकारी अस्पताललाई आईसीयूका लागि छुट्टै बजेटको व्यवस्था गरिएको जानकारी दिए । निजी अस्पतालमा अत्यन्त महँगो हुने भएकोले सरकारी अस्पतालमा आईसीयूको माग बढी भईरहेको छ ।

यस्तै पहुँच नपुगेका बिरामीको अस्पताल भनेर चिनिएको वीर अस्पतालमा पनि आईसीयूको समस्या उस्तै छ । बीसवटा आईसीयूको शैयामध्ये ११ वटामात्र सञ्चालनमा छन् । जबकी वीर अस्पतालमा दैनिक बिरामी दुई हजारदेखि २५ सयसम्म आउने गर्दछन् । यो अनुपातमा वीरमा सञ्चालित आईसीयू संख्या अत्यन्तै कम हो । वीरमा आईसीयू पाउन नेता तथा पहुँच भएका व्यक्ति पनि पालो कुरेर बस्नुपर्ने हुन्छ । वीर अस्पतालमा ४६० शैयामध्ये हाल ३६० शैया मात्र सञ्चालनमा रहेका छन् । यस्तै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको हालत पनि त्यस्तै छ । छ सय ६३ शैयामा हाल आईसीयू ११ शैया मात्र सञ्चालनमा रहेका छन् ।

यस्तै, कान्तिबाल अस्पतालमा पनि नर्स अभावकै कारण ५२ मध्ये ३२ शैयामात्र आईसीयू सञ्चालनमा रहेका छन् । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हाल आईसीयू शैया १० वटा सञ्चालनमा छन् । शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रमा भने विश्व स्वास्थ्य संगठनको अनुपातमा आईसीयू रहेको छ । केन्द्रमा एकसय शैयाको अस्पतालमा १० वटा आईसीयू रहेका छन् । सरकारी अस्पतालमा आईसीयूको अभावका कारण आईसीयूमा राखेर उपचार गर्नुपर्ने बिरामीहरु निजी अस्पतालमा गई चर्को मुल्य तिरेर उपचार गर्न बाध्य छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कर्णाली प्रदेशमा ‘एक निर्वाचन क्षेत्र, एक टेलिमेडिसिन सेवा’ सुरु गरिने
Next article मेडिकल कलेज सञ्चालकद्वारा शुल्क बढाउन दबाब,सम्बन्धन खारेज गर्न निर्देशन दिने सांसदको चेतावनी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134334
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web