• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 22nd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

दूषित पानी पिउनुहुन्छ ? निम्त्याउँछ यस्ता समस्या….

June 8th, 2019 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
दूषित पानी पिउनुहुन्छ ? निम्त्याउँछ यस्ता समस्या….

हेल्थ टुडे,
काठमाडौ,जेठः मानिसको जीवनका लागि पानी अत्यावश्यक छ । स्वस्थ जीवनका लागि शुद्ध पिउने पानी अनिवार्य छ । यद्यपि, काठमाडौं लगायत केही सहरका अधिकांश बासिन्दाले अझै पनि शुद्ध पानी खान पाएका छैनन् । उपत्यकामा शुद्ध भन्दै बिक्री–वितरण गरिने पानी पनि दूषित हुने गरेको पाईएको छ ।
दुषित पानीले लाग्ने रोग–
–विश्व स्वास्थ्य संगठनले गरेको एक अध्ययनले पनि बजारमा सहजै उपलब्ध करिब ६० प्रतिशत‘मिनरल वाटर’ दूषित भएको बताएको थियो ।
– खोलाको पानी प्रशोधन नगरी सीधै प्रयोगमा समेत ल्याउने गरिएको छ । जसलाई हामी जार र ट्यांकरको पानी भन्दै नउमालिकन खाने गर्छौं  ।  यस्तो दूषित पानीले मानव स्वास्थ्यमा असर पुगेको हुन्छ । झाडापखाला, कमलपित्त (जन्डिस), टाइफाइड, फुड पोइजनिङजस्ता समस्याको जोखिम बढाउँछ ।
–पिउनका लागि विकल्पका रूपमा ट्यांकर र इनारको पानी प्रयोग गरिन्छ । यद्यपि, यस्ता पानी पिउनका लागि शतप्रतिशत शुद्ध हुँदैनन् ।
– जार तथा बोतलको पानीमा केमिकलमेत पाइने गरेको छ । यदि, पानीमा केमिकलको उच्च मात्रा भएमा दाँत बिग्रिनेसँगै पेटसम्बन्धी विभिन्न रोग लाग्ने सम्भावना अत्यधिक हुन्छ ।
–दूषित पानीमा पाइनो इकोली नामक ब्याक्टरिया स्वास्थ्यका दृष्टिकोणले निकै घातक मानिन्छ । त्यस्तै, प्यारासाइटजस्ता ब्याक्टेरियाले मौसमी रुघाखोकी (भाइरल इन्फ्लुएन्जा) जस्ता रोगको जोखिम उच्च गराउँछ । धेरै दिनसम्म जमेको पानीमा लामखुट्टे र विभिन्न ब्याक्टेरिया जन्मिने भएकाले इन्सेफलाइटिस, औलो र हैजाजस्ता महामारी फैलन सक्छ ।
– तरकारीबाली तथा अन्य कृषि क्षेत्रमा प्रयोग गरिने फोहोर पानीले समेत स्वास्थ्यमा नकारात्मक असर पार्छ ।
–कमजोर स्वास्थ्य भएका व्यक्तिमा दूषित हावा, पानी र प्रदूषण मिसिएमा रुघाखोकी, ज्वरो, दम, निमोनियाजस्ता श्वासप्रश्वास तथा छातीसम्बन्धी समस्या देखा पर्छन् ।
कसरी बच्ने ?
– ट्यांकर, जार र बोतलको पानीसमेत शतप्रतिशत शुद्ध नहुने भएकाले उमालेर वा फिल्टर गरेर मात्र पिउने गर्नुपर्छ ।
–लामो समयसम्म प्रयोगमा नल्याइएको इनारको पानी सीधै उपयोगमा ल्याउनुहुँदैन । इनारको पानी सकेसम्म छानेर मात्र प्रयोगमा ल्याउनुपर्छ ।
– पिउने मात्र नभएर फलफूल, तरकारी आदि पखाल्ने पानी पनि शुद्ध हुन आवश्यक छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चौबिसै घण्टा सेवा दिने गरी बर्थिङ सेन्टर सञ्चालन
Next article पर्याप्त नसुत्दा विद्यार्थीमा मानसिक समस्याः अध्ययन प्रतिवेदन

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132236
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web