• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 26th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चिकित्सकको चरम लापरवाहीः पत्थरी निकाल्दा आन्द्रा काटेपछि बिरामीको मृत्यु

June 14th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिकित्सकको चरम लापरवाहीः पत्थरी निकाल्दा आन्द्रा काटेपछि बिरामीको मृत्यु

हेल्थ टुडे,
काठमाडौ,३१ जेठः चाबहिलस्थित ओम अस्पतालमा पित्तथैलीको पत्थरी निकाल्ने क्रममा सानो आन्द्रा काटिएपछि बिरामीको मृत्यु भएको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० की ५० वर्षीया रामप्यारी थापामगरको बिहीबार बिहान मृत्यु भएको हो  । मगरको गत शुक्रबार शल्यक्रिया गरिएको थियो ।

डा.रविन कोइरालाको टिमले पत्थरी निकाल्ने क्रममा काटिएको आन्द्रा नजोड्दा शरीरमा संक्रमण फैलिएर मृत्यु भएको आफन्तको आरोप छ । अप्रेसनका क्रममा काटिएको आन्द्रा त्यत्तिकै छाडेर बाहिर छाला मात्रै जोड्दा संक्रमण भएर ज्यान गएको आफन्तले बताएका छन् । मृतकका बैनीज्वाइँ खड्ग श्रेष्ठ भने ‘शनिबार स्वास्थ्य गम्भीर बन्दै गएपछि चिकित्सकले पुनः खोलेर भित्र हेरे । त्यसपछि मात्रै बिरामीको डेढ मिटर आन्द्रा काटिएको जानकारी दिए । दिदीलाई आइसियूमा राखे । आइतबार फेरि शल्यक्रिया गरे । एकैचोटि बिहीबार बिहान ७ बजे मृत्युको जानकारी गराए । आन्द्रा काटिएका कारण दिशाबाट शरीरभर संक्रमण फैलिएर ज्यान गएको रहेछ ।’

अस्पतालका मेडिकल डाइरेक्टर डा. केपी देवकोटाले उपचारका क्रममा कुनै लापरबाही नभएको बताए। उनले भनेः‘ अस्पतालले उहाँलाई सकेसम्म बचाउने र राम्रो उपचार सेवा दिएको हो, तर दुर्भाग्य डाक्टरहरुले प्रयास गर्दा पनि बचाउन सकेनन्।’ बिरामीका आफन्तले घटनाको विषयमा उचित छानबिन गर्दै दोषीलाई कारबाही र क्षतिपूर्तीको माग गरेका छन्।

ओम अस्पतालमा यसअघि पनि सामान्य उपचारका क्रममा बिरामीको ज्यान गएका थुप्रै घटना छन् । यस्ता गल्तीका कारण अस्पताल पटक–पटक विवादमा आउने गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य टोली सवार बस दुर्घटना,२ जनाको मृत्यु
Next article सुत्केरीको मृत्युपछि डडेल्धुरा अस्पतालमा प्रहरी र आफन्तबीच झडप

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132248
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

14
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web