• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 24th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बिपी स्वास्थ्य प्रतिष्ठानका पूर्वउपकुलपतिसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

July 16th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बिपी स्वास्थ्य प्रतिष्ठानका पूर्वउपकुलपतिसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

हेल्थ टुडे,
धरान,३१ असारः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति बलभद्रप्रसाद दाससहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले उनीहरुबिरुद्ध अदालतमा १५ करोड ७७ लाखभन्दा माथिको बिगोसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

ठेकेदारसँग मिलेर महँगो दररेटको स्वास्थ्यसम्बन्धी सामग्री खरिद गरेको आरोपमा तत्कालीन उपकुलपति दाससहित आठजनाविरुद्ध अख्तियारले सोमबार विशेष अदालतमा बिगोसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो । उपकुलपति दाससहित अस्पतालका निर्देशक अरविन्दकुमार सिन्हा, तत्कालीन रजिस्ट्रार नन्दकुमार थापा र रजिस्ट्रार तुलबहादुर श्रेष्ठ, लेखा प्रमुख दिनेशराज दाहाल र डेपुटी मेनेजर अमित श्रीवास्तवविरुद्ध मुद्दा दायर भएको हो ।

उपकरण सप्लायर्स प्रोसिजन मेडिकल प्रालि र वायोमेड इन्टरनेसनल प्रालिका प्रोप्राइटर चेतन अग्रवाल र उपकरण सप्लायर्स सर्जिकेम डिस्ट्रिब्युटर्सका प्रोप्राइटर उमेश अग्रवालविरुद्धसमेत मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
आयोगले बोलपत्रसम्बन्धी कागजमा उल्लेखित प्राविधिक स्पेसिफिकेसन र सोही कागजमा संलग्न खरिद सम्झौताका सर्तअनुरूप बोलपत्र सारभूत रूपमा प्रभावग्राही भए वा नभएको स्पष्ट खुलाउनुपर्ने व्यवस्था उल्लंघन गरी भ्रष्टाचार गरेको जनाएको छ ।

आयोगले तत्कालीन उपकुलपति दासलाई चार करोड आठ लाख ९८ हजार १९ रुपैयाँ, तत्कालीन अस्पतालका निर्देशक सिन्हालाई तीन करोड ७५ लाख ३० हजार ६ सय १९, तत्कालीन रजिस्ट्रार थापालाई एक करोड ९६ लाख नौ हजार आठ सय ८० रुपैयाँ, रजिस्ट्रार श्रेष्ठलाई ५६ लाख ७७ हजार चार सय पाँच रुपैयाँ बिगोदाबी गरी मुद्दा दायर गरिएको छ ।

प्रतिष्ठानका लेखा प्रमुख दिनेशराज दाहाललाई दुई करोड ३४ लाख, ८१ हजार आठ सय १९ तथा डेपुटी मेनेजर अमित श्रीवास्तवसँग एक करोड ७४ लाख १६ हजार दुई सय रुपैयाँ बिगो लिइएको छ । उनीहरूलाई बिगो असुल गरी बिगोबराबर जरिवाना र तीन वर्षसम्म कैद सजाय माग गरिएको छ ।(नयाँ पत्रिका दैनिकबाट)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article १० महिनादेखि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अध्यक्ष विहीन
Next article बाढी प्रभावित क्षेत्रमा सङ्क्रमणजन्य रोग फैलिएको छैनः स्वास्थ्य मन्त्रालय

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 22nd 4:30 PM
समाचार

जोखिममा परेका गर्भवती तथा सुत्केरीको शतप्रतिशत हवाई उद्धार गरिने

Aug 21st 8:55 AM
समाचार

सुदूरपश्चिमको धनगढीबाट सुरु भयो स्वर्णप्राशन थोपा अभियान

Aug 19th 8:15 AM
समाचार

आयुर्वेद विभागद्वारा बालबालिकाका लागि ’स्वर्णप्रासन’ थोपा खुवाउने कार्यक्रम प्रारम्भ

Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

Aug 12th 4:13 PM
समाचार

कोटेश्वर क्याम्पसको आयोजनामा ब्रम्हखेलमा एक दिने नि : शुल्क स्वास्थ्य सिविर र रक्तदान सम्पन्न

Aug 7th 11:04 AM
समाचार

नसर्ने रोगबाट हुने मृत्यु घटाउन जनचेतना फैलाउनु पर्नेमा सरोकारवालाको जोड

Jul 27th 8:00 AM
समाचार

बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : जलवायु प्रमुख मुद्दा

Aug 4th 9:00 AM
समाचार

नेपाल औषधी उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131777
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

15
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web