• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 5th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

तत्काल मेडिकल कलेजको शुल्क घटाउन शिक्षा तथा स्वास्थ्य समितिको निर्देशन

August 10th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
तत्काल मेडिकल कलेजको शुल्क घटाउन शिक्षा तथा स्वास्थ्य समितिको निर्देशन

हेल्थ टुडे,
काठमाडौ,२५ साउनः प्रतिनिधिसभा अन्र्तगतको शिक्षा तथा स्वास्थ्य समितिले तत्काल मेडिकल कलेजहरुको शुल्क घटाउन सरकारलाई निर्देशन दिएको छ । समितिले मेडिकल कलेजहरुको शुल्कसम्बन्धि विवाद समाधान गर्न गठित उपसमितिले दिएको सुझावको आधारमा तत्काल शुल्क घटाउन सरकारलाई निर्देशन दिएको हो । समितिले मेडिकल कलेजहरुको पाठ्यक्रम र शैक्षिक क्यालेन्डरमा एक रुपता ल्याउन समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

त्यसैगरी गरिव, जेहेन्दार, द्वन्द्व पीडित परिवारका सदस्यलाई चिकित्सा शिक्षा अध्ययनका लागि ऋण उपलब्ध गराउने विशेष व्यवस्था गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ । बैठकमा उपसमितिले जेहेन्दार विद्यार्थीहरु खर्चको अभावमा चिकित्सा शिक्षा अध्ययन गर्नबाट बञ्चित हुने गरेकाले उनीहरुलाई ऋण उपलब्ध गराएर भएपनि सरकारले अध्ययन गर्ने विशेष व्यवस्था गर्नुपर्ने प्रस्ताव पेश गरेको थियो ।

बैठकमा समितिका सदस्यहरुले राष्ट्रिय चिकित्सा शिक्षा आयोग गठन गर्न ढिलाइ नगर्न सरकारलाई सचेत गराएका छन् । समितिका सदस्य एवम् पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले आयोग गठन गरी चिकित्सा शिक्षा अध्ययनमा सबैको पहुँच पुर्याउने काममा सरकारले ढिलाइ गर्न नहुने बताए । यस्तै, समितिले सबै मेडिकल कलेजहरुको भर्ना प्रक्रियालाई समान ढंगले अघि बढाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

यसैबीच, समितिले एमबिबिएसका विद्यार्थीलाई समान शुल्क कायम गर्न सरकारलाई निर्देशन दिएको छ । शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षामा विश्वविद्यालय–प्रतिष्ठानबीच समान शुल्क कायम गर्न संसदीय समितिले सरोकारवालालाई निर्देशन दिएको हो । शुक्रबार बसेको समितिको बैठकले शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय र चिकित्सा शिक्षा आयोगलाई चिकित्सा शिक्षाको शुल्क, पाठ्यक्रम, क्यालेन्डर र प्रवेश परीक्षामा देखिएका विसंगति हटाएर समान नीतिगत व्यवस्था लागू गर्न निर्देशन दिने निर्णय गरेको हो ।

निर्देशनपत्र सम्बन्धित निकायमा आइतबार पठाइने समिति सचिवालयले जनाएको छ । शुल्क, सिटसंख्या र छात्रवृत्ति तोक्ने चिकित्सा शिक्षा आयोगले पूर्णता नपाउँदै मेडिकल कलेजले भने भर्ना प्रक्रिया सुरु गरिसकेका छन् । सार्वजनिक मेडिकल कलेजले ७५ प्रतिशत विद्यार्थीलाई निःशुल्क पढाउनुपर्छ, तोकिएको शुल्कभन्दा बढी लिन पाइँदैन । तर, त्यसलाई छलेर मेडिकल कलेजले भर्ना खुलाउन थालेपछि समितिले शुल्क नियन्त्रण गर्न सरकारलाई निर्देशन दिन लागेको हो ।

२८ असोज ०७५ को मन्त्रिपरिषद् बैठकले एमबिबिएस तहका लागि काठमाडौं उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार रकम तोकेको थियो । मन्त्रालयका अनुसार अहिले देशैभरि २२ वटा मेडिकल कलेजमा एमबिबिएस कार्यक्रम सञ्चालनमा छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article संखुवासभाको होक्सेमा झाडापखालाको प्रकोप, २८ जना बिरामी
Next article डेङ्गु नियन्त्रणको लागि हेटौडामा ‘खोज र नस्ट गर’ अभियान सुरु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132095
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web