• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 16th, 2019
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रधानमन्त्री ओलीको आईतबार चौथो पटक डायलासिस सम्पन्न

November 25th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रधानमन्त्री ओलीको आईतबार चौथो पटक डायलासिस सम्पन्न

हेल्थ टुडे,
काठमाडौ,९ मंसिरः मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको चौथो पटक आइतबार ग्रान्डी इन्टरनेसनल अस्पतालमा डायलासिस गरिएको छ । ग्रान्डी अस्पताल स्रोतले आइतबार अपराह्न अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीलाई डायलासिसपछि डिस्चार्ज गरिएको जनाएको छ। अस्पताल स्रोतले भन्योः‘ प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणपछि चौथो पटक डायलासिस भएको छ, उहाँले आराम महसुस गरेपछि अस्पतालबाट डिस्चार्ज गरेका छौँ ।’

ओलीको यसअघि कार्तिक १३, १४ र ३० गते गरी तीन पटक सोही अस्पतालमा डायलासिस गरिएको थियो । प्रधानमन्त्री ओलीको अहिले नियमित डायलासिस गरिराखिएको भएपनि यो उपयुक्त विकल्प नभएको चिकित्सकले बताएका छन् । चिकित्सकहरुले मिर्गौला प्रत्यारोपण नै उपयुक्त हुने सुझाव दिएका छन् । उपचारमा संलग्न एक चिकित्सकले पनि दीर्घकालीन समस्या समाधानका लागि प्रत्यारोपण गर्नुपर्ने धारणा राखे ।
१२ वर्ष अघि प्रत्यारोपित मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि ओलीले नियमित डायलासिस गर्नु पर्ने अवस्था आएको छ। गत भदौँ पाँच गते दोस्रो पटक सिंगापुर गएर प्रधानमन्त्री ओलीले आफ्नो उपचार गरेका थिए । त्यतिबेला उनको मिर्गौला सम्बन्धी ‘एन्टिबडी’ ‘प्लाज्मा फेरेसिस’ पद्दतीबाट निकालिएको थियो । त्यो बेला नै प्रधानमन्त्री ओलीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने चर्चा चलेपनि उनले खान सुरु गरेको औषधिको प्रतिअसरको प्रतिक्षा गर्नु पर्ने भएको र दोस्रो पटक मिर्गौला प्रत्यारोपणबारे थप परामर्श आवश्यक परेपछि उनी स्वदेश फर्किएका थिए ।
ग्रान्डी अस्पतालमा दोस्रो पटक डायलासिस गरिसकेपछि प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण अमेरिकामा हुने चर्चा चलेको थियो। तर अमेरिकाको कानुनी झन्झटले गर्दा ओलीले नेपालमै दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न सक्ने बताइएको छ । यद्धपि प्रत्यारोपण कहाँ गर्ने भन्ने बारे निर्णय भईसकेको छैन । कतिपय चिकित्सकले उनलाई नेपालमै त्यो उपचार गर्न सुझाएका छन् ।
भारत, अमेरिका लगायत मुलुकमा प्रत्यारोपण गर्ने कि नेपालमै गर्ने भन्नेबारे छलफल भईरहेको जनाइएको छ । मंसिर १४ को उपनिर्वाचन सकिएपछि उपचारका लागि तय हुने प्रधानमन्त्री ओलीको सचिवालय स्रोतले जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article असुरक्षित भएको भन्दै होस्टेलबाट बाहिरिए चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थी
Next article अतिरिक्त शुल्क फिर्ता गर्न अटेर गर्ने मेडिकल कलेज सञ्चालकलाई ठगी मुद्दा लगाउने तयारी

Health Today Nepal

Related Posts

त्रिविका विद्यार्थीले सात वटा अस्पतालमा एक लाखसम्म उपचार खर्च पाउने

त्रिविका विद्यार्थीले सात वटा अस्पतालमा एक लाखसम्म उपचार खर्च पाउने

विदेश जाने कार्यक्रम कसैको पुर्खेउली पेसा होइन : स्वास्थ्य मन्त्री ढकाल

विदेश जाने कार्यक्रम कसैको पुर्खेउली पेसा होइन : स्वास्थ्य मन्त्री ढकाल

बुढानिलकण्ठमा स्तन तथा पाठेघरको मुखको क्यान्सर पूर्वपरिक्षण सिविर

बुढानिलकण्ठमा स्तन तथा पाठेघरको मुखको क्यान्सर पूर्वपरिक्षण सिविर

Leave a Reply Cancel reply

Timeline
Dec 8th 6:46 AM
समाचार

त्रिविका विद्यार्थीले सात वटा अस्पतालमा एक लाखसम्म उपचार खर्च पाउने

Dec 4th 12:52 PM
समाचार

विदेश जाने कार्यक्रम कसैको पुर्खेउली पेसा होइन : स्वास्थ्य मन्त्री ढकाल

Dec 3rd 11:36 AM
स्वास्थ्य विशेष

मुख धुवाउछन् अनि फोक्सो कुहाउछन्

Dec 3rd 11:05 AM
समाचार

बुढानिलकण्ठमा स्तन तथा पाठेघरको मुखको क्यान्सर पूर्वपरिक्षण सिविर

Dec 1st 11:01 AM
समाचार

परिमल डेन्टल केयरको नवौं वार्षिकोत्सब

Dec 1st 10:57 AM
समाचार

सागमा कान्तिपुर डेन्टलको उपचार सहित अत्याधुनिक भ्यान

Nov 30th 3:11 AM
स्वास्थ्य विशेष

गर्मी मौसमको तुलनामा जाडोमा दोब्बर बढ्छ दम रोग,कसरी बच्ने ?

Nov 30th 2:13 AM
समाचार

सर्लाही जिल्ला अस्पतालमा आगलागी,७ लाख रुपैँया बराबरको क्षति

ताजा समाचार
त्रिविका विद्यार्थीले सात वटा अस्पतालमा एक लाखसम्म उपचार खर्च पाउने
समाचार

त्रिविका विद्यार्थीले सात वटा अस्पतालमा एक लाखसम्म उपचार खर्च पाउने

89
विदेश जाने कार्यक्रम कसैको पुर्खेउली पेसा होइन : स्वास्थ्य मन्त्री ढकाल
समाचार

विदेश जाने कार्यक्रम कसैको पुर्खेउली पेसा होइन : स्वास्थ्य मन्त्री ढकाल

25
मुख धुवाउछन् अनि फोक्सो कुहाउछन्
स्वास्थ्य विशेष

मुख धुवाउछन् अनि फोक्सो कुहाउछन्

33
बुढानिलकण्ठमा स्तन तथा पाठेघरको मुखको क्यान्सर पूर्वपरिक्षण सिविर
समाचार

बुढानिलकण्ठमा स्तन तथा पाठेघरको मुखको क्यान्सर पूर्वपरिक्षण सिविर

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

वरिष्ठ समाचारदाता
तुलसा घिमिरे

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2020. All rights reserved.
Designed & Developed By : Nepsol Web