• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 5th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चिकित्सक संघको अध्यक्षमा डा. लोचन कार्कीको जित, औपचारिक घोषणा मत गणना सकिएपछि भोली

February 10th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिकित्सक संघको अध्यक्षमा डा. लोचन कार्कीको जित, औपचारिक घोषणा मत गणना सकिएपछि भोली

हेल्थ टुडे,
काठमाडौं, २७ माघ : नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. लोचन कार्कीको जित भएको छ । कुल खसेको मतको ५० प्रतिशतभन्दा बढी मत डा.कार्कीले प्राप्त गरिसकेकाले उनको जित निश्चित भएको हो । यसको औपचारिक घोषणा भने भोली मतगणना सम्पन्न भएपछि गरिने छ । अहिले पनि मत गणना जारी छ । संघको नयाँ नेतृत्वका लागि देशभरिबाट कुल ६ हजार एकसय ५२ मत खसेको थियो । दुई जना मात्र अध्यक्षमा प्रत्यासी रहेकाले ३ हजार ७६ मत प्राप्त गर्नेले बियज हुने अवस्था थियो । करिव १४ सय मत गणना हुन बाकी छदै डा लोचनले जितका लागि आवश्यक भन्दा बढी मत प्राप्त गरिसकेकाले उनको जित शुनिश्चित भएको हो ।
प्रमुख निर्वाचन आयुक्त डा. बाबुराम मरासिनीले ४ हजार ७ सय ८५ मत गणना हुँदा डा. कार्कीले ३ हजार १ सय ९८ मत प्राप्त गरेको र यो खसेको मतको ५० प्रतिशतभन्दा बढी मत भएको बताए ।
उनका प्रतिद्वन्द्वी प्रगतिशिल समूहका डा.पुष्पमणि खरालले १ हजार ५ सय ३५ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्ष डा. अनिलविक्रम कार्कीले पनि आधाभन्दा बढी ३०८५ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी डा. रञ्जीतकुमार झाले १५२४ मत प्राप्त गरेका छन् ।
यो २८ औं कार्यकारिणी समितिको निर्वाचनमा डा. कार्की लगायत सबै पदाधिकारी र अधिकांश सदस्यहरु उनकै प्यानलबाट अग्रता लिइरहेका छन् । मत गणना भोलीसम्म सकिने निर्वाचन मण्डलका सदस्यहरुले जानकारी दिएका छन् । डा. कार्की चिकित्सक संघका महासचिव हुन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा.लोचनको लिए दोब्बर अग्रता
Next article स्वास्थ्य सचिव बरालमाथि चिकित्सकलाई दुरव्यवहार गरेको आरोप

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
Dec 3rd 2:48 PM
समाचार

साइमनको १५ औं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न

Dec 3rd 2:32 PM
समाचार

वीर अस्पतालको निमित्त निर्देशकमा डा. श्रवण कुमार थापा नियुक्त

Nov 27th 3:22 PM
समाचार

एनएमए तेश्रो स्वास्थ्य सम्मेलन सम्पन्न, १६ बुँदे घोषणापत्र जारी

Nov 27th 6:14 AM
समाचार

कोरोनाबाट पहिलो मृत्यु भएकी सावित्रीको छोरालाई स्वास्थ्यमन्त्री बस्नेतले पढाईदिने

Nov 24th 4:16 PM
समाचार

एनएमए नेशनल हेल्थ समिट मंसिर १० देखि, तयारी पुरा

Nov 10th 11:25 AM
समाचार

न्याम्स र ससस्त्र प्रहरी अस्पतालबिच शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी

Nov 9th 7:11 AM
समाचार

सर्वोच्चले भन्यो, आयुर्वेदिक औषधिमा पनि डब्लुएचओ जीएमपी अनिवार्य

Nov 9th 6:53 AM
समाचार

यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी परिवार नियोजन संघको अभिमुखीकरण सम्पन्न

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

2383
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

10
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

9
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web