• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 20th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपालमा संक्रमितको संख्या ३० पुग्यो, एकै दिन १४ जनामा कोरोना पुष्टि

April 17th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपालमा  संक्रमितको संख्या ३० पुग्यो, एकै दिन १४ जनामा कोरोना पुष्टि

हेल्थ टुडे,
काठमाडौं, ५ बैसाख : नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३० पुगेको छ । शुक्रबार एकै दिन १४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रयोगशाला परिक्षणबाट उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये १२ जना उदयपुरमा रहेका हुन् भने दुईजना चितवनका रहेका छन् ।
उदयपुरमा कोरोना पुष्टि भएका १२ जना पुरुष हुन्। मन्त्रालयका अनुसार कोरोना पुष्टि हुने पुरुषमा २०, २२, २५, २६, ३४ र ४० वर्षीय पुरुष एक(एकजना, २९ वर्षीय दुईजना र २८ वर्षीय पुरुष चारजना रहेका छन् । कोरोना पुष्टि हुने अधिकांश भारतीय नागरिक हुन्। त्यसैगरी चितवमा २७ वर्षीय र ६३ वर्षीया दुईजनामा कोरोना देखिएको हो। उदयपुरका नयाँ संक्रमित सबैलाई विराटनगरस्थित कोरोना अस्पताल ल्याइएको छ ।
यसअघि नेपालमा १६ जनामा मात्र कोरोना पुष्टि भएको थियो। जसमध्ये एकजना निको भएर डिस्चार्ज भएका छन् । अन्य १५ जनाको विभिन्न अस्पतालमा उपचार भइराखेको छ । मन्त्रालयका अनुसार पाँच जनाको कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइराखेको छ भने चार जनाको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइराखेको छ । अन्य ६ जनाको भने शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकु, पाटन अस्पताल, लगनखेल र धौलागिरी अस्पताल, बागलुङमा दुईदुई जनाको उपचार हुँदैछ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article टिचिङका डाक्टरहरुमाथि कुटपिट गर्ने महाराजगञ्ज प्रहरी वृतका डिएसपी लम्साल जिम्मेवारीबाट हटाइए, अन्य प्रहरीलाई पनि कारवाही
Next article कोरोना जितेर टेकु अस्पतालबाट २७ दिनपछि डिस्चार्ज भइन् प्रसिद्धि

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133127
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

38
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

33
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web