• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 8th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

धुम्रपानका कारण नेपालमा बर्षिनी २७ हजारको मृत्यु ,सूर्तिजन्य पदार्थको सेवन गर्नेहरुमा कोभिड १९ को संक्रमण गम्भिर

May 31st, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
धुम्रपानका कारण नेपालमा बर्षिनी २७ हजारको मृत्यु ,सूर्तिजन्य पदार्थको सेवन गर्नेहरुमा कोभिड १९ को संक्रमण गम्भिर

हेल्थ टुडे,
काठमाडौं, १८ जेठ : नेपालमा धुम्रपान सेवनका कारण बर्षेनी २७ हजारको ज्यान जाने गरेको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययन अनुसार धुम्रपान सेवनकै कारण २७ हजार नेपालील अकालमा ज्यान गुमाइरहेका छन् । नेपालमा ३ जनामध्ये एक जना धुम्रपानका अम्मली रहेको परिषद्को अध्ययनमा उल्लेख छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्व भरि ८० लाख मानिसको मृत्यु धुम्रपान र सुर्तिजन्य पदार्थ सेवनका कारणले हुने गरेको छ । त्यसमध्ये ७० लाख प्रत्यक्ष सेवनकर्ता हुन भने १० लाख भने अममलीसँगै बस्ने छन । आज मे ३१ विश्व धुम्रपान रहित दिवस । नेपाल लगायत विश्व भरि नै यो दिवस मनाइदै छ । यो वर्ष धुम्रपान दिवसको नारा ‘ सूर्तिजन्य उद्योगहरुले गर्ने छलकपटपूर्ण प्रवर्धनबाट युवाहरुलाई बचाऔ र उनीहरुलाई धुम्रपान तथा निकोटिनबाट हुने असरहरुको रोकथाम गरौ ’ भन्ने रहेको छ ।
विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार सूर्तिजन्य पदार्थको सेवन गर्नेहरुमा कोभिड १९ को संक्रमण गम्भिर देखिएको छ । सूर्तिजन्य पदार्थको सेवन गर्नेहरुको फोक्सोमा पहिले नै क्षति भइसकेको हुने हुदा कोभिड १९ ले उनीहरुको फोक्सोलाई अझै बढी असर पुर्याउने दावी विश्व स्वास्थ्य संगठनको छ । धुम्रपान सेवन नसर्ने रोगहरु क्यान्सर, मुटुरोग, दम, खोकी, मधुमेहको कारण रहेको विज्ञहरु बताउछन । फोक्सो क्यान्सर रोग विज्ञ डा. अम्बुज कर्णका अनुसार क्यान्सर हुने प्रमुख कारण मध्ये धुम्रपान हो । त्यसमा पनि फोक्सोको क्यान्सरको ८० प्रतिसत कारण धुम्रपान र सूर्तिजन्य पदार्थ सेवन रहेको उनको उनको दावी छ । सरकारले सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि कानून ल्याएको धेरै वर्ष भइसकेपनि त्यसको कार्यन्वयन हुन सकेको छैन । सार्वजनिक स्थलमा धुम्रपान गर्न नपाइने कानूनी व्यवस्था भए पनि व्यवहारमा लागु सकिरहेको छैन । सूर्तिजन्य पदार्थको बट्टामा ७५ प्रतिसत चित्र घातक रोगहरुको राख्ने प्रावधान लागु भएपनि सरकारले ९० प्रतिसत राख्ने कार्यन्वयन हुन सकिरहेको छैन । त्यसैगरि सरकारले कुनै पनि सञ्चारमाध्यममा सूर्तिजन्य पदार्थको विज्ञापन गर्न निषेध गरेको छ । तर विभिन्न बहानामा सूर्ति उद्योगहरुले वालबालिका र युवायुवतीलाई प्रलोभन दिएर अप्रत्यक्ष विज्ञापन गर्ने गरेका छन । यस्तै किसिममा प्रलोभनबाट युवा पुस्तालाई बचाउन सरकारले बिशेष अभियान चाल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बताएका छन । विश्व धुम्रपान रहित दिवसको अवसरमा मन्त्री ढकालले शुभकामना दिदै धुम्रपानको लतमा नफस्न र यसको प्रभावबाट हुने मृत्युलाई न्यून गर्न सबैले आआफ्नो ठाउबाट योगदान दिन आग्रह गरेका छन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article धुम्रपान रहित दिवस र हाम्रो वर्तमान अवस्था
Next article कृपाको अध्ययन भन्छ, ‘ अमेरिकी ग्लोबल ग्याग रुलले नेपालको प्रजनन् स्वास्थ्य क्षेत्र झनै संटकतिर धकेल्यो ’

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Feb 7th 3:21 PM
समाचार

चिकित्सक संघमा डा.कार्की नेतृत्वको लोकतान्त्रिक प्यानल बिजयी

Feb 7th 1:36 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षबाट डा. उप्रेतीको राजीनामा

Feb 5th 12:11 PM
समाचार

पहिलो पटक कर्णाली प्रदेशको सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण

Jan 31st 11:13 AM
समाचार

अत्यावश्यक औषधि नेपालमै उत्पादन हुनुपर्छ : मन्त्री गिरी

Jan 30th 9:48 AM
समाचार

सबैको पहुँचमा स्वास्थ्य सेवालाई पु¥याउन जनशक्ति र पूर्वाधार थपिने छ : स्वास्थ्य मन्त्री

Jan 29th 7:17 AM
समाचार

शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गर्ने प्रधानमन्त्रीको बाचा

Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1854
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

13
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

11
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

7
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz