• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 10th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ मन्त्रालय तानिए, डा. दीपेन्द्ररमण सिंह भए विभागको महानिर्देशक

June 4th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ मन्त्रालय तानिए, डा. दीपेन्द्ररमण सिंह भए विभागको महानिर्देशक

हेल्थ टुडे,

काठमाडौं, २२ जेठ : कोरोना संक्रमणका बेला स्वास्थ्यजन्य सामग्री खरिदमा बिबादास्पद् ओम्बी ग्रुपसँग मुछिएका स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्दप्रसाद्र श्रेष्ठ मन्त्रालय तानिएका छन् । विभागको महानिर्देशकको जिम्मा डा. दीपेन्द्ररमण सिंहलाई दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरिय निर्णय गर्दै श्रेष्ठलाई विभागको महानिर्देशकबाट हटाएर डा.सिहलाई महानिर्देशक  बनाएका हुन । कोरोना भाइरस रोकथाम र उपचारका लागि प्रयोग हुने स्वास्थ्यजन्य सामग्री खरिद गर्ने बेला गत महिना विवादास्पद् ओम्नी ग्रुपसँग स्वास्थ्य सामग्री खरिद गर्दा अस्वभाविक मूल्य बढाएर मिलेमतो गरेको आरोप महानिर्देशक श्रेष्ठमाथि लागेपछि उनी विवादमा तानिएका थिए । जनस्तरबाट समेत दवाव परेपछि श्रेष्ठले ओम्नीसंगको खरिद सम्झौता रद्द गरेका थिए ।

मन्त्री ढकालले श्रेष्ठलाई मन्त्रालय तानेर डा.सिंहलाई महानिर्देशकको जिम्मा दिएका हुन । श्रेष्ठ गत फागुन ८ गते निमित्त महानिर्देशक भएका थिए । फागुन १२ गते श्रेष्ठ १२ औं तहमा बढुवा भएपछि महानिर्देशक बनेका थिए । स्वास्थ्य सेवा विभागको महानिर्देशक हुन बाह्रौ तहको हुनु पर्ने नियम छ । अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ३ जना बाह्रौ तहका छन् । श्रेष्ठ, डा. सिंहसँगै डा. रोसन पोखरेल बाह्रौ तहका हुन । डा. पोखरेललाई विभागको महानिर्देशकबाट मन्त्रालय तानेर मन्त्री ढकालले श्रेष्ठलाई महानिर्देशक बनाएका थिए । त्यसैगरि व्यवस्थापन महासाखाको निर्देशक भोगेन्द्र डोटेललाई पनि मन्त्रालय तानिएको छ । व्यवस्थापनको जिम्मा डा. रमेश खरेललाई दिइएको छ । खरेल राष्टिय एचआईभी एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक थिए ।

त्यसैगरि प्रसूति गृहका निर्देशक डा. जोगेश्वर गौतमलाई पनि मन्त्रालय तानिएको छ । नव नियुक्त महानिर्देशक डा. सिंह विवादमा नपर्ने हाकिमका रुपमा चिनिन्छन । उनले यस अगाडि महाकाली अञ्चल अस्पतालको मेसु, राष्टिय एचआईभी एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक र मन्त्रालयका अगुगमन महासाखा लगायतका विभिन्न जिम्मेवारी सम्हाली सकेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहको पद बहाली
Next article कोरोना रोकथाम तथा नियन्त्रणमा अहिलेसम्म १० अर्ब खर्च

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

Aug 5th 9:16 AM
समाचार

बीएन्डबी अस्पतालकी नर्सिङ निर्देशक डा. रोजी विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिव नियुक्त

Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

Aug 4th 12:21 PM
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133928
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

137
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

135
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web