• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 5th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

भारतले डेढ महिना भित्रै कोरोना भ्याक्सिन ल्याउने, मूल्य मात्र २५० रुपैयाँ

August 23rd, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
भारतले डेढ महिना भित्रै कोरोना भ्याक्सिन ल्याउने, मूल्य मात्र २५० रुपैयाँ

हेल्थ टुडे,

काठमाडौं, ७ साउन : भारतको पहिलो कोरोना भ्याक्सिन कोभिशिल्ड प्रयोगका लागि डेढ महिना भित्रै बजारमा उपलब्ध हुने भएको छ । पुणेस्थित बायोटेक कम्पनी सीरम इंस्टीट्यूटले बनाइरहेको कोभिशिल्ड डेढ महिना भित्र सर्वसाधारणका लागि प्रयोगक गर्न बजारमा उपलब्ध गराउने भएको छ । नेशनल इम्यूनाइजेशन प्रोगामका रुपमा भारत सरकारले भारतीय नागरिकहरुलाई कोरोनाको भ्याक्सिन निःशुल्क लगाउने तयारी भएको भारतीय आधिकारिक सञ्चार माध्यमले जनाएका छन् ।

भ्याक्सिन तयारीको प्रक्रिया

पुणेस्थित सीरम इंस्टीट्यूट आफ इन्डियाका पदाधिकारीहरुले भने, भारत सरकारले हामीलाई विशेष निर्माण प्राथमिकता लाइसेन्स दिएको छ । यस अनुसार हामीले ट्रायल प्रोटोकलको प्रक्रिया तीव्र बनाएका छौँ, ताकि ट्रायल ५८ दिनमा पूरा होस् । यस अनुसार, शनिबार तेस्रो चरणको ट्रायलको पहिलो डोज दिइएको छ, दोस्रो डोज त्यसको २९ दिनपछि दिइनेछ । ट्रायलको अन्तिम डाटा दोस्रो डोज दिइएको १५ दिनपछि सार्वजनिक हुनेछ । त्यसपछि हामी कोभिशिल्डलाई व्यवसायिक प्रयोगका लागि बजारमा ल्याउने योजना बनाइरहेका छौँ । योभन्दा पहिलो भ्याक्सिनको ट्रायल पूरा हुन ७ देखि ८ महिना लाग्ने बताइएको थियो ।

 १७ केन्द्रमा १६ सय जनामा ट्रायल सुरु

१७ केन्द्रहरुमा १६ सय जना मानिसहरुका बीच कोभिशिल्ड भ्याक्सिनको ट्रायल २२ अगस्टबाट नै सुरु गरिएको छ । यस प्रक्रियामा प्रत्येक केन्द्रमा करिब एकसय जनामाथि कोरोना भ्याक्सिनको परीक्षण भइरहेको छ ।

 सीरम कम्पनीले एस्ट्रा जेनेकाबाट किन्यो भ्याक्सिन बनाउने राइट्स

भारतीय सञ्चार माध्यमका अनुसार, सीरम इंस्टीट्यूटले एस्ट्रा जेनेका नामक कम्पनीबाट उक्त भ्याक्सिन बनाउनका लागि अधिकार खरिद गरेको हो। यसका लागि सीरम इंस्टीट्यूटले एस्ट्रा जेनेकालाई रोयल्टी भुक्तान गर्नेछ । यसैगरी सीरम इंस्टीट्यूटले उक्त भ्याक्सिनलाई भारत र विश्वका ९२ अन्य देशहरुमा बेच्नेछ ।

 भारतीय नागरिकलाई भ्याक्सिन निःशुल्क लगाइने

भारतीय केन्द्र सरकारले सीधै सीरम इंस्टीट्यूटसँग कोभिशिल्ड भ्याक्सिन किन्ने र भारतीय नागरिकहरुलाई निःशुल्क रुपमा भ्याक्सिन लगाइने संकेत दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। भारत सरकारले जून २०२२ सम्म सीरम इंस्टीट्यूटसँग ६८ करोड भ्याक्सिन खरिद गर्नेछ । भारतको जनसंख्या हाल करिब एक अर्ब ३० करोड रहेको छ । सीरम इंस्टीट्यूटसँग ६८ करोड डोज खरिद गरेपछि भ्याक्सिनको बाँकी आवश्यकता पूरा गर्नका लागि केन्द्र सरकारले आइसीएमआर र भारत बायोटेकद्धारा संयुक्त रुपमा विकसित भइरहेको कोभाक्सिन र निजी फार्मा कम्पनी जाइदस् क्याडिला द्धारा विकसित भइरहेको जाइकोभ–डी को अर्डर दिन सक्ने बताइएको छ । यि कम्पनीहरुको कोरोना भ्याक्सिनको ट्रायल सफल भएको थियो ।

 सीरमले प्रत्येक महिना ६ करोड डोज बनाउने

सीरम इंस्टीट्यूटले कोरोना भ्याक्सिनको ६ करोड डोज बनाउने योजना अनुसार काम गरिरहेको छ । उक्त क्षमतालाई अप्रिल २०२१ सम्म १० करोड डोज प्रत्येक महिना दिइनेछ।

 विश्वको सबैभन्दा ठूलो भ्याक्सिन निर्माता सीरम

भ्याक्सिन निर्माणमा तीव्रता ल्याउनका लागि सीरमले आफ्नो प्लान्टमा परिवर्तन गरेको छ र यसका लागि मात्र २ अर्ब भारतीय रुपैयाँ खर्च गरेको छ । सीरम इंस्टीट्यूट भ्याक्सिन बनाउने विश्वको सबैभन्दा ठूलो कम्पनी हो । यो कम्पनीसँग १६५ दिनमा १ अर्ब ५० करोड भ्याक्सिन बनाउने क्षमता रहेको छ । बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशन सीरम इंस्टीट्यूटलाई ११ अर्ब २५ करोड भारु दिन सहमत भएको छ । ताकि यो कम्पनीले गरिब देशहरुलाई १० करोड भ्याक्सिनको निर्माण र आपूर्ति गर्न सकोस् । भारतीय सञ्चार माध्यमका अनुसार, यसको सहायतापछि सीरम इंस्टीट्यूटले एउटा भ्याक्सिनको मूल्य एक हजार रुपैयाँबाट घटाएर २५० रुपैयाँमा झारेको छ । ( एजेन्सीको सहयोगमा )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article निषेधाज्ञाको अवधिमा सरकारले यी काम गरोस्
Next article स्वास्थ्यकर्मीलाई सम्मानजनक व्यवहार गर्न मानव अधिकार आयोगको आग्रह

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 5th 8:43 AM
समाचार

चिकित्सक संघले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने

Jul 5th 8:15 AM
समाचार

नेपाल आयुर्वेद चिकित्सक संघले मनायो २८ औं बार्षिकोत्सब

Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131648
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

19
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web