• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 11th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

वीर अस्पताल पदाधिकारीको कार्यकक्षमा कर्मचारीले लगाए ताला, अस्पतालको सेवा प्रभावित

November 29th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
वीर अस्पताल पदाधिकारीको कार्यकक्षमा कर्मचारीले लगाए ताला, अस्पतालको सेवा प्रभावित

हेल्थ टुडे,

काठमाडौं, १४ मंसिर :  बिगत डेढ महिनादेखि आन्दोलनरत् वीर अस्पतालका कर्मचारीले आफ्ना माग पूरा नभएको भन्दै अस्पताल पधाधिकारीहरुको कार्यकक्षमा ताला लगाएका छन् । कोभिड १९ जोखिम भत्ता लगायत अन्य माग राख्दै आन्दोलनमा उत्रिएका कर्मचारीहरुले यसअघि पधाधिकारीको बाटो छेक्ने काम गरेका थिए ।

४२ दिनदेखि हरेक दिन दैनिक १ घण्टा आन्दोलन गर्दा मागको बारेमा सुनुवाई नभएपछि अस्पताल पधाधिकारी, लेखा र खरीद इकाइ कक्षमा ताला लगाइएको आन्दोलनमा सहभागी तथा नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले बताए । वीर अस्पतालमा आन्दोलन चलिरहेपनि अस्पतालको सेवा भने रोकिएको छैन ।

‘हामी यहाँ आन्दोलन गर्दा अस्पतालका कर्मचारीहरु बाहिर होटलमा गएर कागजी काम गर्ने भएकाले बाध्य भएर ताला लगाएका हौ,’ आचार्यले भने, ‘तर, सेवा अवरुद्ध गरेका छैनौं ।’ तालाबन्दीले अस्पतालको सेवा प्रभावित भएको सेवाग्राहीले बताएका छन् । वीर अस्पतालमा नेतृत्वको कमजोरीले कर्मचारीले भत्ताका लागि समेत आन्दोलनमा उत्रिनु परेको आन्दोलनरत कर्मचारीले बताएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कक्षा १२ को परीक्षा केन्द्रमा हेल्थ डेस्क अनिवार्य
Next article पोखरामा थप तीनजना कोरोना संक्रमितको मृत्यु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132300
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web