• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 10th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कोभिड–१९ विरुद्धको खोप इन्डियन एयरलाइन्सको विमानबाट आज १२ बजे काठमाडौं आइपुग्दै 

January 21st, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कोभिड–१९ विरुद्धको खोप इन्डियन एयरलाइन्सको विमानबाट आज १२ बजे काठमाडौं आइपुग्दै 

हेल्थ टुडे,

काठमाडौं, ८ माघ  : बहुप्रतिक्षित कोभिड–१९ विरुद्धको खोप कोभिसिल्ड आज भारतबाट दिउँसो १२ बजे काठमाडौं आइपुग्ने भएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख मात्रा कोभिसिल्ड इन्डियन एयरलाइन्सको विमानबाट पहिलो पटक नेपाल ल्याउन लागिएको हो ।

काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खोप  आइपुगेपछि नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गर्ने छन । त्यसपछि उक्त खोप टेकूस्थित राष्ट्रिय खोप भण्डारणमा लगिने छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले कोभिसिल्ड पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक र शव व्यवस्थापनमा संलग्न व्यक्तिलाई दिइने बताए ।

कोभिसिल्ड खोप उत्पादक सिरम इन्स्टिच्युट अफ इन्डियाका अनुसार लामो सुरक्षाका लागि यो खोपको दुई मात्रा दिन आवश्यक छ ।  यो खोप ३ महिनासम्म ९० प्रतिशत प्रभावकारी हुने बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले एक हप्ताभित्र सबै जिल्लामा खोप लगाउन सकिने गरि काम भइरहेको बताए ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कोभिसिल्ड खोप वितरणमा अझै अलमल
Next article फोक्सोको क्यान्सर बढ्नुको मुख्या कारक धूमपान

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

Aug 5th 9:16 AM
समाचार

बीएन्डबी अस्पतालकी नर्सिङ निर्देशक डा. रोजी विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिव नियुक्त

Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

Aug 4th 12:21 PM
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133928
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

138
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

135
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web