• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 19th, 2021
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

विश्व मिर्गौला दिवस सम्पन्न, प्रत्यारोपण खेलकुदमा प्रत्यारोपित ४ गोलले बिजयी

March 11th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
विश्व मिर्गौला दिवस सम्पन्न, प्रत्यारोपण खेलकुदमा प्रत्यारोपित ४ गोलले बिजयी

हेल्थ टुडे,

काठमाडौं, २६ फागुन : मिर्गौला  रोग लागे पनि राम्ररी जिउँ  भन्ने नाराका साथ  नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि विश्व मिर्गौला दिवस मनाइएको छ ।

मिर्गौला दिवसको अवसरमा स्वास्थ्य अभियान नेपालले ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघको फुटबल मैदानमा प्रत्यारोपण खेलकुद, निशुल्क मिर्गौला परिक्षण सिविर र अंगदान सिविर संचालन गरेर सफलताका साथ सम्पन्न गरेको छ । ११ औं नेपाल प्रत्यारोपण खेलकुद अन्तरगत भएको फुटबलमा मिर्गौला प्रत्यारोपितहरुको टोलीले चिकित्सकसहितको टोलीलाई ४ गोलले हराउन सफल भएको छ । चिकित्सकहरुको टोलीले एक गोल पनि गर्न सकेनन् ।

कार्यक्रममा पूर्व मन्त्री एवं सांसद पम्फा भूसाल, ललितपुर महानगरपालिकामा मेयर चिरीवावु महर्जन, पूर्व मुख्य सचिव लिलामणी पौडेल, पूर्व स्वास्थ्य सचिव डा. प्रविण मिश्र, औषधि उत्पादक संघका पूर्व अध्यक्ष दीपक दाहाल, औषधि उत्पादक संघका महासचिव विप्लब अधिकारी, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ लगायत वरिष्ठ चिकित्सक, अंग प्रत्यारोपण गरेका व्यक्तिहरु, कलाकार, पत्रकार र समाजसेवी सहभागी थिए । वरिष्ठ अंगप्रत्यारोपण सर्जन डा.पुकारचन्द्र श्रेष्ठको पहलमा बिगत ११ बर्षदेखि नेपालमा प्रत्यारोपण खेलकुदका साथै मिर्गौला सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै आइरहेका छन् । यो कार्यक्रम पनि उनकै पहलमा स्वास्थ्य अभियान नेपालको सहयोगमा भएको हो । कार्यक्रममा फुटवल र अन्य खेलकुदमा बिजयी भएका खेलाडीहरुलाई अवार्ड सहित पुरस्कृत गरिएको छ । वरिष्ठ अंगप्रत्यारोपण सर्जन डा. श्रेष्ठले मिर्गौला फेल हुने नेपालीको संख्या बर्षेनी बढीरहेकोले मिर्गौला फेल हुनबाट बच्न जनचेतना जगाउनु आवश्यक भएकाले आफूले आफ्नो स्थानबाट जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै आइरहेको बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सभामुख, मन्त्रीहरु र सांसदहरुले लगाए कोरोनाविरुद्धको खोप
Next article सेरमसँग खरिद गरेको खोप नआएपछि कोरोना खोप अभियान स्थगित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
Apr 19th 5:41 AM
समाचार

कोरोना परिक्षण गरिएका १९ प्रतिसत पोजिटिभ,सबैभन्दा बढी काठमाडौ र नेपालगन्जमा

Apr 19th 5:19 AM
समाचार

काठमाडौं उपत्यका लगायत कोभिड–१९ प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय

Apr 8th 5:53 AM
समाचार

अब ७५ वटा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम

Apr 4th 8:25 AM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा छैटौँ कलेजो प्रत्यारोपण

Apr 2nd 4:36 AM
समाचार

हात्तीपाइले रोगविरुद्धको औषधि नखाइदिँदा समस्या

Mar 29th 8:48 AM
समाचार

चीनबाट आज ८ लाख डोज कोरोनाविरुद्धको खोप आइपुग्दै

Mar 25th 9:31 AM
समाचार

राजधानी बाहिर पहिलोपटक चितवन मेडिकल कलेजमा  कलेजो प्रत्यारोपण

Mar 21st 3:18 PM
समाचार

स्वास्थ्य मन्त्रालयको आग्रह : भारतमा कोरोना बढ्यो,नेपालमा पनि सतर्क तथा सावधान रहौं

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1065
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

10
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

8
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

10
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2020. All rights reserved.
Designed & Developed By : Nepsol Web