• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुखमा प्रा. डा. गौतम नियुक्त, डा. गौतम भन्छन, ‘भोलीबाट काम सुरु हुन्छ ’

May 24th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुखमा प्रा. डा. गौतम नियुक्त, डा. गौतम भन्छन, ‘भोलीबाट काम सुरु हुन्छ ’

हेल्थ टुडे,

काठमाडौं, १० जेठ : कोरोना संक्रमण नियन्त्रण गर्नका लागि बनाइएको कोभिड –१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल ) को प्रमुखमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ स्त्री तथा प्रसूतिरोग विज्ञ प्रा. डा. जागेश्वर गौतम नियुक्त भएका छन् । डा. गौतमलाई सरकारले सोमबार नियुक्त गरिएको हो ।

वीर अस्पतालको नयाँ भवनलाई कोभिड –१९ युनिफाइड केन्द्रीय अस्पताल बनाउने सरकारले बैसाख २६ गते नै निर्णय गरेको थियो । कोभिड –१९ युनिफाइड केन्द्रीय अस्पतालले देशभरि कोरोना संक्रमितको उपचार भइरहेका १५७ अस्पतालहरुको नेतृत्व गर्ने गरि काम गर्ने छ । अस्पतालमा ५०० शैयाको कोरोना उपचार सेवा पनि सञ्चालन हुने छ । कोभिड –१९ युनिफाइड केन्द्रीय अस्पतालका नव नियुक्त प्रमुख डा.गौतमले आफुले भोली (मंगलबार) देखि नै काम सुरु गर्ने बताए ।

कोभिड –१९ युनिफाइड केन्द्रीय अस्पतालले कोराना संक्रमणको उपचारको सम्पूर्ण नेतृत्व लिने गरि काम सुरु गर्दा ३ कुरामा आफूले प्राथमिकता दिएर अगाडि अगाडि बढ्ने डा. गौतमले बताए । ‘ त्यसपछि अक्सिजन सहितको शैया र उपकरण जडान गरेर उपचार सुरु गर्ने योजना छ । ’ डा.गौतमले भने, त्यसपछि जनशक्ति व्यवस्थापनमा पनि बिशेष ध्यान दिएर अगाडि बढ्ने छु । ’ कर्मचारी नियुक्ती गर्नेदेखिका अधिकार सरकारले आफूलाई दिएको बताउदै उनले अस्पतालले कोरोना संक्रमणको उपचारमा उल्लेख्य भूमिका खेल्न बिचार व्यक्त गरे ।     आफूले पहिले पनि अस्पतालको निर्देशक भएर नेतृत्व गरिसकेको बताउदै अहिले पनि आफुलाई त्यो अवसर पाएको बताए । डा. गौतमले यो भन्दा पहिले प्रसूति गृहको निर्देशक भएर जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ४ हप्तामा कोरोना संक्रमण हट्ने स्वास्थ्य मन्त्रीको दाबी
Next article ललितपुरमा फ्रन्टलाइनरलाई कोभिशिल्डको दोस्रो डोज जेठ १२ देखि  

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132304
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

14
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web