• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 17th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपाल मेडिकल कलेजको ४९ प्रतिसत सेयर वीरगन्जको नेशनल मेडिकल कलेजले किन्यो

June 19th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपाल मेडिकल कलेजको ४९ प्रतिसत सेयर वीरगन्जको नेशनल मेडिकल कलेजले किन्यो

पदमराज जोशी,

काठमाडौं, ५ असार :  काठमाडौंको अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेजको ४९ प्रतिसत सेयर वीरगन्जको नेशनल मेडिकल कलेजले किनेको छ । नेपाल मेडिकल कलेजका अध्यक्ष डा. भोला रिजाल र नेशनल मेडिकल कलेज वीरगन्जका अध्यक्ष डा.जैनुद्दिन अन्सारीबिच शुक्रबार ४९ प्रतिसत सेयर लेनदेनको सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यही असारभित्र ४९ प्रतिसत सेयर वाफतको रकम नेपाल मेडिकल कलेजका सञ्चालकहरुलाई तिर्ने सहमतीपत्रमा हस्ताक्षर सम्पन्न भएको नेशनल मेडिकल कजेज वीरगन्जका अध्यक्ष  डा.जैनुद्दिन अन्सारीले बताए । नेपाल मेडिकल कलेजले प्रति सेयर ७०१ रुपैया (कर कट्टा गरि) का दरले १ अर्ब ७२ करोड, ५६ लाख रुपैयामा ४९ प्रतिसत सेयर नेशनल मेडिकल कलेजलाई बिक्री गरेको डा.अन्सारीले जानकारी दिए । नेपाल मेडिकल कलेजका सेयर होल्डर्सका नाममा ५० लाख २४ हजार कित्ता सेयर रहेको उनले बताए । नेशनल मेडिकल कलेजले नयाँ मेडिकल कलेज खोल्ने भन्दै काठमाडौंको घट्टेकुलोमा भवन समेत किनेको छ । डा. गोबिन्द केसीको अनसनका कारण काठमाडौं नेशनल मेडिकल कलेजले सम्बन्धन पाउने अवस्था नभएपछि वीरगन्जको नेशनल मेडिकल कलेजले नेपाल मेडिकल कलेजको झण्डै आधा हिस्सा सेयर किनेको हो ।

अहिले ४९ प्रतिसत सेयर किनेको भए पनि निकट भविश्यमै बहुसंख्यक सेयर किनेर नयाँ किसिमले नेपाल मेडिकल कलेज चलाउने योजनाका साथै आफूहरु अगाडि बढेको डा. अन्सारीले बताए । उनले भने, ‘नेपाल मेडिकल कलेजका सञ्चालकहरुको पनि मनसाय पनि मेडिकल कलेजलाई नयाँ किसिमले चलाउन सक्ने टीम होस् भन्ने थियो । हामीमा त्यो क्षमता र अनुभव देखेपछि सम्झौता भयो ।

अब नयाँ व्यवस्थापन र नयाँ योजनाका साथ मेकिडल कलेज अगाडि बढ्ने छ । ’ नेशनल मेडिकल कलेजले वीरगन्जमा ७५२ बेडको मेडिकल कलेज सञ्चालन गरिरहेको छ । गत बर्ष सिनांमगलमा रहेको काठमाडौं मेडिकल कलेजको बहुसंख्यक सेयर विराटनगरको नोवल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माले किनेका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पूर्वप्रधानमन्त्री  खनाललाई  थप उपचारका लागि आज नयाँदिल्ली लगिने
Next article स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सातौं समिट असार १७ र १८ मा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131970
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web