• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. पाण्डेलाई ‘हेल्थ रिसर्च लाइफटाइम एचिभमेन्ट अवार्ड’, स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सातौँ समिट सम्पन्न

July 3rd, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. पाण्डेलाई ‘हेल्थ रिसर्च लाइफटाइम एचिभमेन्ट अवार्ड’,  स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सातौँ समिट सम्पन्न

हेल्थ टुडे,
काठमाडौँ, १९ असार : स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सातौँ समिट शुक्रबार सम्पन्न भएको छ । समिटको समापनको अवसरमा सरुवारोग विज्ञ डा. बासुदेव पाण्डे ‘हेल्थ रिसर्च लाइफ टाइम एचिभमेन्ट अवार्ड २०२०’बाट सम्मानित भएका छन् ।        कार्यक्रममा डा. पाण्डेलाई हेल्थ रिसर्च लाइफ टाइम एचिभमेन्ट अवार्ड २०२० बाट सम्मान गरिएको हो । डा. पाण्डेले कोरोना संक्रमणको बेला गत बर्ष इपिडिमियोलोजी तथा रोग नियन्त्रण महासाखाको निर्देशक भएर जिम्मेवारी निर्वाह गरेका थिए ।

डा. पाण्डेले सरुवा रोगहरुका बिषयमा देश र विदेशमा गरि करिव १ सय भन्दा बढी अनुसन्धान प्रकाशित गरेका छन् । यस्तै, उदयनारायण यादवलाई ‘हेल्थ रिसर्च अवार्ड २०२०’बाट सम्मानित गरिएको छ । उनले धेरै अनुसन्धान नेपालीहरुको स्वास्थ्यका बारेमा राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गरेका छन् ।

यस्तै मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट योङ्ग हेल्थ रिसर्चर अवार्ड (मेडिकल डाक्टर क्याटोगोरी) तर्फको अवार्ड डा विपिन अधिकारीले पाएका छन् । मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट योङ्ग हेल्थ रिसर्चर अवार्डबाट डा विष्णु प्रसाद मरासिनीले पाएका छन् ।

‘बेस्ट पेपर अवार्ड पोस्टर’तर्फ दिक्षा न्यौपानेले पाएकी छिन्। दिक्षाले कर्णाली प्रदेशमा कोभिड केशहरुमा देखिएको लक्षण र त्यसले फैलाएको संक्रमणबारे पेपर प्रस्तुत गरेकी थिइन् । बेस्ट पेपर ओरल प्रिजेन्टेशन अवार्ड डा. निशान्त कटुवालले पाएका छन् । कटुवालले कर्णाली प्रदेशमा गरिएको कोभिड परीक्षणको आणविक विधिको तालिममा गरिएको अनुसन्धान प्रस्तुत गरेका थिए ।

यसैगरी बेस्ट डिपार्टमेन्ट अवार्ड २०२० परिषदको अनुसन्धान विभागले पाएको छ । दुर्गादेवी ज्ञवाली जेएनएचआरसी बेस्ट पेपर अवार्ड २०२० ‘इन्टेक एसेस्मेन्ट एण्ड डायग्नोस्टिक एक्युरेसी डिफिसिट हाइपरएक्टीभिटी डीस डायग्नोस्टिक स्केल बीइङ्ग डेभलप चिल्ड्रेन इन नेपाल’ भन्ने शीर्षकले पाएको छ। एनएचआरसी वेष्ट पेपर अवार्ड नर्मदा देवकोटाले पाएकी छन् ।

यस्तै यसबर्षको वेष्ट इम्प्लोई अवार्ड परिषदका सुरक्षागार्ड महेश्वर चौधरीले पाएका छन् । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठ, परिषदका अध्यक्ष प्राडा गेहनाथ बराल र सदस्यसचिव डा प्रदीप ज्ञवालीले संयुक्त रुपमा उक्त अवार्ड प्रदान गरेका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपाल आयल निगमको अत्यावश्यक जानकारी
Next article संघीय दात तथा मुख रोग अस्पताल स्थापना सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132304
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

14
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web