• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अब परिवार नियोजन संघले पनि टेष्टट्युव वेवी सेवा सञ्चालन गर्ने

September 17th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अब परिवार नियोजन संघले पनि टेष्टट्युव वेवी सेवा सञ्चालन गर्ने

पदमराज जोशी,

काठमाडौं, १ असोज : नेपाल परिवार नियोजन संघले टेष्टट्युव वेवी अर्थात  आईभीएफ (इन भर्टो फर्टिलाइजेसन) सेवा सञ्चालनमा ल्याउने भएको छ । निःसन्तान दम्पतीको आवश्यकता र चाहनालाई ध्यानमा राखेर संघले दशै लगत्तै टेष्टट्युव वेवी सेवा सहितको आईभिएफ क्लिनिक सञ्चालन गर्ने जनाएको छ ।

नेपाल परिवार नियोजन संघका कार्यकारी प्रशासक डा. नरेशप्रताप केसीले आउँदो दशै लगत्तै परिवार नियोजन संघको ललितपुरस्थित केन्द्रिय कार्यालयको क्लिनिकसँगै आईभिएफ क्लिनिक सञ्चालन गर्न लागिएको बताए । डा. केसीले भने, ‘यौन तथा प्रजनन् स्वास्थ्यका सम्पूर्ण सेवाहरु प्रदान गरिरहेको परिवार नियोजन संघले अहिलेसम्म आईभिएफ सेवा दिन नसक्दा अपुरो जस्तो थियो । अब यो सेवा पनि सञ्चालन हुने भएपछि यौन तथा प्रजनन् स्वास्थ्यका सबै सेवा दिन सक्षम हुने छौ । ’

भारतीय विज्ञहरुको सहयोगमा संघले यो सेवा सञ्चालन गर्न लागेको नेपाल परिवार नियोजन संघका परिवार नियोजन विज्ञ डा. ओम महर्जनले जानकारी दिए । सेवा सञ्चालनका लागि आवश्यक भौतिक संरचना, तालिम र अन्य तयारी भइरहेको डा. महर्जनले बताए ।

सन् १९५९ मा आफ्नो स्थापनादेखि नै संघले तिन दर्जनबढी जिल्लामार्फत परिवार नियोजन लगायत यौन तथा प्रजनन् स्वास्थ्यका क्षेत्रमा सेवा गर्दै आइरहेको छ । नेपालमा सन् २००४ जुलाई १० मा पहिलो पटक ओम हस्पिटलबाट टेष्ट ट्युव वेवी सेवा सञ्चालनमा आएको थियो । अहिले आधा दर्जन बढी अस्पतालमा यो सेवा सञ्चालनमा छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार २० प्रतिसत दम्पतीमा कुनै न कुनै किसिमको निसन्तानपनको समस्या छ ।

Ativador Windows 11

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मानव अंग प्रत्यारोपण केन्द्रको निर्देशकबाट डा.ज्ञवाली हटाइए
Next article सुखी र खुसी परिवारका लागि परिवार योजना

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132288
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

20
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web