• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 9th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेत्र ज्योति संघको पहलमा अब प्रत्येक वडामा आँखा उपचार सेवा  

October 6th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेत्र ज्योति संघको पहलमा अब प्रत्येक वडामा आँखा उपचार सेवा  

हेल्थ टुडे,

काठमाडौं, २० असोज : अब देशका सबै पालिकाका वडामा रहेका प्राथमिक स्वास्थ्य चौकीबाटै आँखाको आधारभूत उपचार सेवा उपलब्ध हुने भएको छ । नेपाल नेत्र ज्योति संघको पहलमा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्थानिय पालिकाहरुको सहकार्यमा देश भरिकै वडामा रहेका प्राथमिक स्वास्थ्य केन्द्रहरुले अब आँखाको उपचार पनि प्रदान गर्ने छन् । विश्व दृष्टि दिवसको शुभारम्भको अवसरमा बुधबार नेत्र ज्योति संघले राजधानीमा आयोजना गरेको कार्यक्रममा नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्रा. डा. चेतराज पन्तले ग्रामिण क्षेत्रका विपन्न जनताले अझै घरआँगनमा सेवा पाउन नसकिरहेकाले वडास्तरका स्वास्थ्य चौकीबाटै आँखा उपचार सेवा प्रदान गर्न लागिएको बताए ।

नेपालको आँखा उपचार विश्वमै उदाहरणिय भएको दाबी गर्दै डा. पन्तले अझै पनि नेपालमा १ लाख २० हजार जनामा अन्धोपन हुनु आँखा उपचार सेवाका लागि चुनौति भएको बताए । उनले भने, ‘ हामीले आँखा उपचारमै उदाहरणिय काम गरेकाले नै भारत लगायत सार्क देशका नागरिक पनि उपचारका लागि नेपाल आउछन् । तर अझै पनि १ लाख २० हजार जनामा अन्धोपन छ । उनीहरुलाई सेवा दिनु अहिलेको चुनौति हो । ’ नेपाल नेत्र ज्योति संघले २२ वटा आँखा अस्पताल, १२८ वटा आँखा उपचार केन्द्र र ४२ जिल्लाका जिल्ला आँखा उपचार साखा मार्फत बर्षेनी ३० लाख भन्दा बढीलाई आँखा सेवा उपलब्ध गराईरहेको डा. पन्तले जानकारी दिए ।

कार्यक्रममा नेपाल नेत्र ज्योति संघका कार्यकारी निर्देशक डा. शैलेस मिश्रले वडा स्तरमा स्थापना गरिएका स्वास्थ्य केन्द्र मार्फत आधारभूत आँखा उपचार पनि उपलब्ध गराउन स्थानिय सरकारसँग सहकार्य गरेर संघ अगाडि बढेको बताए । नेपाल सरकारको विद्यमान दरबन्दीका स्वास्थ्यकर्मीलाई नै आँखा उपचार सम्बन्धी तालिम र साधन श्रोत उपलब्ध गराउनका सहयोग गरेर वडास्तरमै सेवा उपलब्ध गराउने काम भइरहेको डा. मिश्रले जानकारी दिए । नेत्र ज्योति संघले बर्षमा कम्तिमा २ हजार भन्दा बढी आँखा सिविर मार्फत पनि हजारौको आँखाको ज्योति प्रदान गरिरहेको तथ्यांक प्रस्तुत गर्दै संघले उपचारका साथै अन्धोपन भएका व्यक्तिहरुका लागि समाजमा पुनस्र्थापनाका कार्यक्रम पनि अगाडि बढाएको डा. मिश्रले बताए ।

नेपाल नेत्र ज्योति संघका पूर्व अध्यक्ष प्रा. डा. रामप्रसाद पोखरेलले सरकारले स्कुल भर्ना हुनु भन्दा पहिले नै बच्चाको आँखा जाच गर्ने कार्यक्रम अनिवार्यताका साथ लागु गर्न आग्रह गरे ।

नेपाल नेत्र ज्योति संघका महासचिव भरतबहादुर चन्दले पैसा र पहूच नभएर कुनै पनि नेपालीले आँखाको उपचारबाट बन्चित हुनु नपरोस भनेर संघले काम गरिरहेको बताए । कार्यक्रममा नेत्र ज्योति अक्षय कोषको घोषणा गरिएको थियो । एक अर्व रुपैया पुर्याइने लक्ष्य सहित स्थापना भएको कोषमा सबभन्दा पहिले ५ हजार ५ रुपैयाको चेक हस्तान्तरण गर्दै संघका अध्यक्ष डा. पन्तले सुभारम्भ गरेका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्नायु प्रणाली सम्बन्धी खोज गरेका डेभिड र अर्डेमलाई २०२१ को चिकित्सातर्फको नोबेल पुरस्कार
Next article  आँखाको हेरचाह सम्बन्धी बिषयमा विद्यावारिधी गरेका डा. मिश्र सम्मानित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Feb 7th 3:21 PM
समाचार

चिकित्सक संघमा डा.कार्की नेतृत्वको लोकतान्त्रिक प्यानल बिजयी

Feb 7th 1:36 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षबाट डा. उप्रेतीको राजीनामा

Feb 5th 12:11 PM
समाचार

पहिलो पटक कर्णाली प्रदेशको सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण

Jan 31st 11:13 AM
समाचार

अत्यावश्यक औषधि नेपालमै उत्पादन हुनुपर्छ : मन्त्री गिरी

Jan 30th 9:48 AM
समाचार

सबैको पहुँचमा स्वास्थ्य सेवालाई पु¥याउन जनशक्ति र पूर्वाधार थपिने छ : स्वास्थ्य मन्त्री

Jan 29th 7:17 AM
समाचार

शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गर्ने प्रधानमन्त्रीको बाचा

Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1854
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

12
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

10
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz