• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 29th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
अन्तर्वार्ता

उपत्यका बाहिरका सरकारी अस्पतालमा गति लिदै मिर्गौला प्रत्यारोपण, पोखरामा एकै दिन २ जनाको प्रत्यारोपण

August 14th, 2022 अन्तर्वार्ता, समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
उपत्यका बाहिरका सरकारी अस्पतालमा गति लिदै मिर्गौला प्रत्यारोपण, पोखरामा एकै दिन २ जनाको प्रत्यारोपण

हेल्थ टुडे,

पोखरा, २९ साउन : मिर्गौला प्रत्यारोपण सेवा उपत्यका बाहिरका सरकारी अस्पतालहरुमा  गति लिन थालेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शनिबार एकै दिन २ जनाको मिर्गौला प्रत्यारोपण भएको छ ।   भक्तपुर स्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक समेत रहेका अंग प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा एकै दिन २ जनाको मिर्गौला प्रत्यारोपण  भएको हो । प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका चिकित्सक र अन्य स्वास्थ्यकर्मीको टोलीले सघाएको हो । कास्की जिल्ला रुपाकोट गाउँपालिकाका, ५३ वर्षीया पूरुष र स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका ४२ वर्षीय पुरुषको मृगौला प्रत्यारोपण गरिएको हो । दुबै जनालाई आ–आफ्नो श्रीमतीले मिर्गौला दिएकी थिइन ।

डा. पुकारको नेतृत्वमा नेतृत्वमा गत असार ९ गते पहिलो पटक प्रतिष्ठानमा एक जनाको मिर्गौला प्रत्यारोपण भएको थियो । सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने कार्यक्रम अन्तर्गत मुलुक मै पहिलो पटक गत महिना पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको र यसलाई देशका सातवटै प्रदेशबाट सुरु गर्न लागिएको डा. श्रेष्ठले बताए ।
प्रतिष्ठानका उपकुलपति प्रा.डा. डुकबहादुर क्षेत्री र निर्देशक भरत खत्रीले प्रत्यारोपण सेवाले निरन्तरता पाएकोमा खुशी व्यक्त गरे । सरकारले बजेट वक्तत्व मार्फत देशका सातवटै प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवा बिस्तार गर्ने योजना अगाडि सारेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. पदम खड्का भए निजी अस्पताल सञ्चालकहरुको संस्था अफिनको नयाँ अध्यक्ष
Next article सुर्तीजन्य पदार्थको प्याकेटको ९० प्रतिशत भाग चेतावनीमुलक रंगिन चित्रले छोप्नु पर्ने सर्बोच्चको फैसला

Health Today Nepal

Related Posts

सामाजिक  स्वास्थ्य सुरक्षा

सामाजिक स्वास्थ्य सुरक्षा

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

स्वास्थ्य व्यवसायीको लाइसेन्सिङ परीक्षा छिट्टै

स्वास्थ्य व्यवसायीको लाइसेन्सिङ परीक्षा छिट्टै

Leave a Reply Cancel reply

Timeline
Sep 29th 10:35 AM
समाचार

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

Sep 27th 12:53 PM
अन्तर्वार्ता

छलाङ मार्दै धर्मभक्त प्रत्यारोपण केन्द्र, भदौमा मात्रै २८ जनाको प्रत्यारोपण

Sep 26th 9:26 AM
समाचार

चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकको विरोध प्रदर्शन

Sep 25th 1:22 PM
समाचार

स्वास्थ्य मन्त्री बस्नेत सम्मानित

Sep 24th 1:14 PM
समाचार

चिकित्सक संघको राष्ट्रिय स्वास्थ्य सम्मेलन यही असोज १२ र १३ मा हुने

Sep 24th 12:51 PM
समाचार

स्वास्थ्य बीमा बोर्डका कार्यकारी बसौलालाई किन सोध्यो स्वास्थ्यले स्पष्टिकरण

Sep 23rd 11:37 AM
समाचार

डा.ओम मूर्तिको ‘जीवन्त सम्बन्ध’ लाई कोर्षमा राख्नु पर्ने हरिवंशको सुझाव

Sep 22nd 4:37 AM
समाचार

टिकटक प्रतियोगिता गर्दै नेत्रज्योति संघ, उत्कृष्टलाई ५० हजार पुरस्कार

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

2319
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

14
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

10
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web